हिन्दकुश हिमाली श्रृंखलाहरुमा व्यवसायिक रुपमा चौरी पालन फस्टाएको छ र उच्च हिमाली जडीबुटी खाएका चौरीहरु निरोगी हुन्छन भन्ने मान्यता राखिन्थ्यो । यहि मान्यताले हिमाली लेकहरुमा चौरकिो आलो रगत खाएमा आरोग्यता बढ्ने मिथ्या प्रचार गरेर चौरीको रगतको व्यापार पनि हुने गरेको थियो । कतिपय जानकारहरले चौरीको आलो रगतको व्यापार जनस्वास्थ्य र संस्कृतिका हिसावले गलत अभ्यास भएकाले रोकिनु पर्छ पनि भनेका थिए । तर मुस्ताङ्गको कोबाङ्ग लेकमा यो क्रियकलाप अगिल्लो महिना सम्म चलेको थियो । हालै मात्र छिमेकी जिल्ला मनाङ्गमा उच्च हिमाली चौरी गोठहरुमा भ्याकुतेरोग संक्रमण देखिएको छ । समुन्द्र सतहबाट ४३०० मिटर देखि ४६०० मिटरको उचाइका तीनवटा चौरी खर्कमा एक सातामा ३० वटा चौरीहरु भ्याकुते रोगको संक्रमणका कारण मृत्यु भएको मनाङ्गबाट पशु चिकित्शक नारायण कुसुमले जनाएका छन् ।
मनाङ्गको मनाङ्ग निश्याङ्ग गाउँपालिकाका वडा नं ३ र ५ का चौरी खर्कमा रहेका याक तथा चौरीहरु अचानक मर्न थालेपछि जिल्ला भेटेरीनरी अस्पतालका प्रविधिकहरु स्थलगत उपचारका लागि खटिएको ङावल क्षेत्रको चौरी खर्कबाट विज्ञ केन्द्र प्रमुख समेत रहेका नारायण कुशुमले जनाएका छन् ।
प्रारम्भिक रुपमा चौरीहरुको रगत तथा बोनम्यारोको प्राप्त नमुना परिक्षणबाट भ्याकुते रोगको पुष्टी हुन नसकेले दोस्रो पटक नमुना संकलन गरि केन्द्रीय पशुरोग प्रयोगशाला त्रिपुरेश्वर पठाइएको थियो । तिजको लगत्तै गरिएको प्रयोगशाला परिक्षणबाट भ्याकुते रोग नै पुष्टि भएको पशुरोग प्रयोगशाला पोखराका प्रमुख केदारराज पाण्डेले जनाएका छन् । चौरीहरुमा देखिएको लक्षणका आधारमा किसान र प्राविधिकहरुले भ्याकुते रोगको आशंका गरेर एन्टी वायोटिक औषधी सल्फा ३३३ चलाउन सहजीकरण गरेको समेत पाण्डेले जनाएका छन् । विरामी चौरहिरुमा एन्टीवायोटिक चलाइउको र अन्यलाई भ्याकुतेरोग प्रतिरोधी खोप लगाइएकोले हाल चौरीको मृत्यु रोकिएको भेटेरीनरी अस्पताल प्रमुख तथा पशुसेवा विज्ञ केन्द्र मनाङ्गका प्रमुख नारायाण कुशुमले जनाएका छन् । जिल्लामा पूर्ण खोप अभियान चलाउने तयारी भइरहेका बेला चौरीहरुमा देखिएको समस्याले खोप अभियानको खाँचो देखिउको र लेकहरुमा खोप अभियान चलाइएको पनि कुसुमले जनाएका छन् । भ्याकुते रोगको संक्रमण देखिएका मनाङ्गका उच्च हिमाली लेकका ति तीन चौरी खर्कहरुमा रहेका कुल पशु संख्या ७२२ मा ४२ वटा विरामी भएका र ३० वटा मरेको जनाइएको छ ।
पशु रोग प्राविधिकहरुको सक्रियतामा भाद्र ११ देखि पशुहरु नमरेको र पुस्टी हुनु भन्दा पहिले नै भ्ययागुते रोगको आशंका गरे अनुसार सो रोग विरुद्द खोप कार्य पूर्ण खोप कार्यक्रमवाट काम भइरहेको विज्ञ केन्द्र मनाङ्गले जनाएको छ ।
ङावल क्षेत्रमा फैलिएको रोगको अध्ययन सर्वेक्षण गर्न भेटेरिनरी अस्पतालका प्राविधिक नरेन्द्रकुमार राइको नेतृत्वमा र भ्राकाको आइसलेक र टंकीमनाङ क्षेत्रको प्रिप्चे लेकमा अध्ययन सर्वेक्षणको लागि पशु चिकित्सक नारायण कुसुमको नेतृत्वमा टोली गएको र तीन ओटै स्थानका जम्मा ३० याक चौंरी मरेको पाइएको जनाइएको छ । याकहरुमा अत्यधिक रियाल काड्ने, सास फेर्न गाह्रो हुने, खान मन नगर्ने, पशुले लक्षण देखाएको २ घन्टा देखि २ दिनमा मर्ने , घांटि सुनिने, मुख खोलेर सास फेर्न गाह्रो भएर आवाज निकाली कराउने लक्षण देखिएको आधारमा भ्यागुते भएको आशंका गरिएको र सोही अनुसार रोगको निदानको प्रकृया थालिएको विज्ञ केन्द्र मनाङ्गले जनाएको छ ।
धेरै जसो २ देखि ६ वर्ष उमेरका पशु मरेको जनाइएको छ । उपचारमा खटिएका प्राविधिकहरुले रोग फैलिएको क्षेत्रमा भ्यागुते÷चरचरे रोग विरुद्द खोप सेवा सन्चालन शुरु भएको छ । एवं रितले अन्य क्षेत्रमा पनि रिङ भ्याक्सिनेसनको रुपमा पूर्ण खोप कार्यक्रम अन्तर्गत भ्याक्सिन लगाउने कार्यक्रम रहेको पनि जानाएका छन् ।
रोगबाट मरेका चौरी पशु सुरक्षित साथ गाड्नु पर्नेमा जथाभावि फालिएको र सो मरेको पशु गिद्दले खाएको पाइएको पनि स्थलगत अवलोकनमा गएका प्राविधिकहरुले जनाएका छन् । रोग फैलिन नदिन मरेको पशु सुरक्षित गाड्ने र रोग फैलिएको क्षेत्रमा र वाहिर जान तथा लसपस रोक्न ब्यवस्थित पशु क्वारेन्टाइनको व्यवस्था हुन नसकेका कारण यो संक्रमण अन्यत्र पनि विस्तार भएको हुन सक्ने, भ्याकुतेको व्याक्टेरिया निकै वर्षसम्म माटोमा सुरक्षित रहन सक्ने भएकाले उच्च हिमाली चौरीखर्कहरुमा भ्याकुतेरोग कसरी भित्रियो भन्ने बारेमा अनुसन्धान गर्नु जरुरी देखिएको छ । विगत २७ वर्षको हिमाली चौरी खर्कहरुमा भ्याकुते रोगको लक्षण अभिलेख विवेचना गदा मूस्ताङ्ग लागयत अन्य हिमाली खर्कहरुमा भेटिएको तर मनाङ्गमा भने नभेटिएको बताउँदै पशुसेवा विभागका सरुवा रोग विश्लेषक मुकुल उपाध्यायले मनाङ्गको यो घटना पहिलो भएको बताए ।