आरसी टाइम्स व्युरो
नवलपुर, मंसीर ११,
नवलपुरको हुप्सेकोटका किसानहरु काक्राको बजार माग अनुसारको रैथाने उत्पादन दिएर आयात प्रतिस्थापनको प्रयासमा लागेका छन् । बजारमागको चापका आधारमा उत्पादन समबाधन गर्न लागि परका किसानहरुको उत्पादन बजारका लागि तयार भइसकेको छ । काक्रो उत्पादनमा हुप्सेकोट १ जुगेपानी क्षेत्र हिउँदे काँक्रो खेतीका लागि निकै प्रख्यात छ ।
बजारको मागका आधारमा किसानको उत्पादन व्यवस्थापन गर्न सकेमा रैथाने बजारमा ाबह्य आयात प्रतिस्थापन गर्न र स्थानीय किसानहरुलाई उत्पादनको लाभांश विस्तारमा सहयोग पुग्ने देखिएको छ । नवलपुरमा विगतको जिल्ला कृषि विकास कार्यालय हुदै हालको कृषि ज्ञान केन्द्र र सुपरजोन
कृषि परियोजना तथा स्थानीय पालिकाहरुको सहजिकरण कार्यक्रमले अनुमानित ४०० विगाहमा व्यवसायिक काँक्रो खेती भईरहेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जनाएका छन् ।
हालै किसानहरुले बजारका लागि तयार पारेको काक्रो बालीले बजारमा न्युन मुल्यमा कारोबार गर्नु परेको गुनासो गरेका छन् । विगत वर्षहरुमा बेमौसमी मुल्य पाउने मंसीरको महिनामा प्रति केजी ३०—३५ रुपैया पाउने गरेकोमा हिजोआज प्रति केजी रु ८—१० रुपैया मात्र पाउने गरेको कृषकहरुले बताएका छन् ।
किसानहरुले बेमौसमी उत्पादन गरेपनि बजारमा मुल्य पाउनका लागि उनिहरुको संगठित प्रयत्न बाँकी रहेको र विचौलियाहरुले काँक्रोको मूल्य गर्ने प्रचलन रहेको पाईएको छ ।
किसानलाई उत्पादनमा सहजीकरण गर्ने सरकारी निकायले बजरीकरणमा सहयोग गर्न नसक्नाले कृषकहरु निकै नै मर्कामा परेका छन ।
व्यवसायीक कृषकहरूका उत्पादनको बजारीकरणको समस्या समाधान गर्नाका लागि स्थानीय पालिका
सरकारहरुले पोखरा महानगरको मोडलमा न्युनतम मुल्य निर्धारण र कृषि एम्बुलेन्स परिचालन मोडल लिन स्थानीय सरकारलाई किसानहरुले आग्रह गरेका छन् ।