पोखरा, फाल्गुण १५
पोखराको हेम्जालाई आलु पकेट क्षेत्रका रुपमा पहिचान र ख्याती निर्माणमा योगदान गर्दै आएको आलु मेला यो वर्ष आगामी चैत्रान्तमा हुने भएको छ । आलु गाउँका रुपमा कमाएको ख्याती जोगाउन र निरन्तरता दिन पोखराको हेमजामा आगामी चैत २६ गतदेखि बैशाख ३ गतेसम्म आलु मेला हुने जनाइएको छ ।
‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ पोखरा २५ हेमजामा रहेको विष्णुुपादुका खेलमैदानमा आलुमेला हुने जनाइएको छ । स्थानीय सुबिन श्रेष्ठको संयोजकत्वमा मुल आयोजक समिति गठन गर्दै मेलाकार्यतालिका निर्धारण गरिएको छ । मेला व्यवस्थापनका लागि समितिको महासचिवमा वसन्तकुमार श्रेष्ठ, सचिवमा चन्द्रमान श्रेष्ठ तथा कोषाध्यक्षमा मधुर कुँवर सहित भेलाले विभिन्न उपसमिति पनि गठन गरेको छ ।
अर्थ संकलन उपसमिति संयोजकमा डम्बरबहादुर कुँवर, लेखा उपसमिति संयोजकमा राम सापकोटा, स्टल रेस्टुरेस्ट उपसमिति संयोजकमा राजेन्द्र थापा, आमा समूह परिचालन उपसमिति संयोजकमा उमा भुर्तेल, अतिथि सत्कार उपसमिति संयोजकमा शान्ता केसी, सांस्कृतिक उपसमिति संयोजकमा दानबहादुर थापा, सुरक्षा व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी डम्बरबहादुर अधिकारीलाई दिइएको छ ।
भेलाले पानी बिजुली उपसमिति संयोजकमा केशव गिरी, यातायात तथा पार्किङ उपसमिति संयोजकमा बिपिन थापा, बैंक तथा बित्तीय संघसंस्था समन्वय उपसमिति संयोजकमा कृष्ण पौडेल, स्वयंसेवक परिचालनमा अस्बिन थापा, प्रचारप्रसार उपसमितिमा निराजन अधिकारी, झाँकी ¥याली व्यवस्थापनमा पार्वती बाँस्तोला, कृषि परिचालन उपसमिति जयराम तिमिल्सिना, प्राथमिक उपचारमा अनिल पौडेल, छपाइ तथा अनलाइन व्यवस्थापनमा नरेस सिरस र वैदेशिक समन्वयमा मनोज कार्कीले जिम्मा लिएका छन् ।
वि.स २०६६ सालदेखि वार्षिक रुपमा चैतमा हुँदै आएको आलु मेलाको सूरुआत स्थानीय बहुउद्देश्यीय किसान सहकारी संस्थाले, दोस्रो संस्करण तत्कालिन हेमजा गाविसले तथा तेस्रो संस्करणदेखि लगातार विष्णुपादुका क्लवले गर्दै आएको छ । कोरोना कहरका कारण बिगत ३ बर्षदेखि स्थगित भएको आलुमेला यस बर्षदेखि निरन्तरता दिन लागिएको हो ।