आरसी टाइम्स
पोखरा, पौष १८
शहरी क्षेत्रमा शाकाहारी पर्यटकीय उपभोक्ताहरुको रोजाइमा रहेको च्याउका परिकारहरको आपुर्ति सहज र व्यवसायिक व्यवस्थापनमा सक्रिय उद्यमीहरुले हालै च्याउ दिवस मनाएका छन् । च्याउ उत्पादनमा लागेका उद्यमीहरुले दिएको जानकारी अनुसार पोखरा कन्ये च्याउमा आत्मनिर्भर भएको देखिन्छ । यहाँ दैनिक औसत १३०० देखि १५०० केजि सम्म कन्ये च्याउ उत्पादन भइरहेको जनाइएको छ ।
पोखराको उत्पादन बजारका आधारमा मुढामा उत्पादन हुने शिताके च्याउ उत्पादन क्रमशः बढ्दै छ भने डल्ले च्याउको स्थानीय उत्पादन हुन सकेको छैन । च्याउ दिवसका क्रमममा उद्यमीहरुले उत्पादन लागत बढेकाले उत्पादन प्रकृयामा प्रभाव परेको बताएका छन् ।
उद्यमीहरुले बजारमुखी उत्पादनमा सेवा टेवाका लागि श्रोत सामाग्रीमा सहयोग, बजारिकरणमा सहजीकरण, प्रशोधन तथा परिकार विविधीकरणलाई प्रवद्र्धन गर्न र डल्ले च्याउ उत्पादनमा सरकारले सहयोग गर्नुपर्ने माग गरेका छन् ।
कास्कीमा बिगतमा च्याउ पकेट कार्यक्रम मार्फत कृषि ज्ञान केन्द्र तथा पोखरा महानगर कृषि महाशाखाबाट सहयोग गरेको थियो । बजारमुखी उत्पादनो सुनिश्चीतताका लागि पोखरा महानगरपालिकाले उत्पादकको लागि न्युनतम समर्थन मुल्य प्रती केजि रु १५०। तोकेको जनाइएको छ ।