राइनासको आलु, बटौलीको बजार : लमजुङको राईनासमा उत्पादित आलु बटौली बजार जान थालेको छ । राइनासका ५ वटा समूहले बटौलीको आलु प्रसोधन उद्योगसँग भएको खरिद सम्झौता अनुसार कृषकको आलु खेतबाट खरिद गरेर लैजान थालेको छ । पूर्व सम्झौतामा आलुको न्युनतम मुल्य रु २० तोकिएकोमा हाल रु २३ का दरमा आलु खरिद भएको जनाइएको छ । खुमल उज्वल र खुमल उपहार जातका आलु औद्योगीक प्रयोजनका लागि खेति गरिएको बताइएको छ । लमजुङ्गका मध्यनेपाल, सुन्दरबजार, मस्र्याङ्गदी र क्वोलोसोथारमा पनि अभियानमुलक रुपमा औद्योगिक आलु उत्पादन गरिएको कृषि ज्ञान केन्द्र लमजुङ्गले जनाएको छ । तस्वीर सौजन्य : विजय पौडेल