आरसी टाइम्स
पोखरा, फाल्गुण २८
गण्डकी हिमालयका विभिन्न जिल्लामा चौरी पालन गर्दै आएका किसानहरुलाई प्रदेशको पशुसेवा तालिम केन्द्रले याक चौरी पालनका विषयमा प्रशिक्षण प्रदान गरेको छ ।
गण्डकी प्रदेशमा याक चौरी पालन हुँदै आएका म्याग्दी, मुस्ताङ्ग, कास्की, लमजुङ्ग, मनाङ्ग र गोर्खा सहित ६ जिल्लाका १४ किसानलाई समेटर ६ दिनसम्म याक—चौरी पालनका क्षेत्रमा जान्नै पर्ने सबालमा सहजीकरण गरिएको तालिम केन्द्र प्रमुख गृष्म नेउपानेले जनाएका छन् ।
तालिमका क्रममा नेपालमा याक चौरी पालनका पद्धतीहरु, पशु अनुवांशिक श्रोत संरक्षणका उपायहरु, पशु प्रजनन प्रणालीमा हाडनाता प्रजनन रोक्नका लागि गरिएका प्रयासहरुका बारेमा सहजिकरण गरिएको छ । प्रशिक्षणका क्रममा घुम्ती चरन प्रणाली, चरन खर्कको व्यवस्थापन र परजीवी रोग किरा नियन्त्रणका उपायहरुका समेतमा पनि सहजिकरण गरिएको तालिम केन्द्रले जनाएको छ ।
तालिमका क्रममा प्रदेशका पर्यापर्यटन व्यवसायमा र याक चौरी पालनलाई जोडेर लाभमा वृद्धि ल्याउने उपायका बारेमा पनि सहजिकरण गरिएको बताइएको छ । तालिमे सत्रहरुमा म्याग्दी अन्नपुर्णका भविन पाइजा र प्रेमबहादुर पुर्जा, मनाङ्गबाट सुरेश थकाली, बेदबहादुर गूरुङ्ग र उर्केन साङ्गमा लामा सहभागी भएका छन् । यसै गरि कासकी माछापुच्छ«ेका शिवलाल गौतम र गोरखा सामागाउँका कर्मा छेवाङ्ग लामा सहभागी भएका छन् । यसै गरि मुस्ताङ्गबाट धेह गाउँकी पेमा याङ्गदी र कर्मसाङ्गबो गुरुङ्ग, थासाङ्ग कोवाङ्गका सोजन हिराचन र भिम प्रसाद थकाली, घरपजोङ्गका विरे घर्ती सहभागी भएका छन् ।
यसैगरि लमजुङ्गको मस्र्याङ्गदी मेग बहादुर र मीन राशी गूरुङ्ग सहभागी भएका छन् भने याक चौरी पालक किसान महासंघका पाविहाङ्ग राइ समेत सहभागी भएका छन् ।
यसैवर्ष गण्डकी प्रदेश सरकारले मुस्ताङ्ग र मनाङ्गमा १९ वटा याकका बहरहरु सोलुखुम्बुको स्याङ्गबोचे अनुसन्धान केन्द्रबाट ल्याएर वितरण गरेको सन्दर्भमा गण्डकी हिमालयमा याकको नश्ल सुधार र सघन याक चौरी पालनमा सकारात्मक भूमिका खेल्न प्रशिक्षणले सघाउने अपेक्षा राखिएको सहभागीहरुले जनाएका छन् ।