• Aarsee Times
Saturday, May 10, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कागती बेर्नामा जातिय शुद्धताको प्रश्न : ‘सुन कागती’ भनेर रोपेको ‘विमिरो’ पो फल्यो

आरसी टाइम्स by आरसी टाइम्स
२६ मंसिर २०७९, सोमबार ०१:१९
in ऋषिकृषि, कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, भिडियो
0
कागती बेर्नामा जातिय शुद्धताको प्रश्न :  ‘सुन कागती’ भनेर रोपेको ‘विमिरो’ पो फल्यो
0
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

पोखराको पर्यटकीय कृषि बजारमा दैनिक जसो खपत हुने कागती बजारमा कागति उपलब्ध गराएर स्थानीय कृषि रोजगार बढाउने र भारतीय बजारमा कागतीका लागि जाने मुद्रा रोक्ने जुक्तिी सेचेर पोखरा ३१ का टुकाराम लामीछानेले लामिछाने अर्गानिक कृषि फार्ममा ७०० कागतिका विरुवा रोपेका छन् । कागती बगैचाको पाँच वर्षसम्म कुनै लाभ लिन नसकिने हुनाले अन्तरबालीका रुपमा तरुल र खुर्सानी खेति गरेको बताए । चार वार्षसम्म अन्तरबाली लगाएर लाभ लिएका लामिछानेले चारवर्षसम्म अन्तरवाली समेत लगाएका र अव मुख्य बालीमा नै केन्द्रित हुन लागेको बताए । उनले सुन कागती बगैचा विस्तार गर्नका लागि २६ रोपनी जमीनमा ७०० बोट कागती रोपेका छन् । पहिलो वर्ष धनकुटाको पाख्रीबास बाट सोना १ जातको कागती रोपेका लामिछानेले दोश्रो वर्षमा २०० विरुवा थपेको बताए । उक्त २०० विरुवा सुन कागती नै भनेर रोपीएकोमा तेश्रो वर्षमा नै फल ठुला लागेर टिप्ने बेलामा सुन कागती नभइ अकै जातको देखिन आएको बताए । यसैपालीको तिहारमा पोखरा बजारमा कागति भनेर किसानले किन्न नमाने पछि विमिरो भनेर तिहारमा केहि विक्रि भएको र कागती चाहने उपभोक्ताले नरुचाएकोले २०० विरुवामा धोका खाएको किसानले बताए ।
‘सुन कागतीको टिस्यु कल्चर गरेको विरुवा , एकदमै राम्रो फल्च’ भनेर ल्याएको , तर ठुलो दाना फल्यो, उपभोक्ताले कागती भनेर मानेन् , त्यति रुचाएन भनेर किसानले दुखेसो गरेका छन् । ‘लगानी परिसकेको विरुवा फाल्न पनि सकिएन, बजारको विकल्प खोज्दै छु’ भन्दै किसान लामिछानेले मन गरुङ्गगो बनाएका छन् ।
कागतीको जातीय शुद्धताको सबालमा किसानको गुनासोलाई समेटर किसानको बगैचा अवलोकन पछि आरसी टाइम्सको सामाजिक सञ्जाल र युटुव च्यानलमा किसानको बोली फुटेज प्रशारण भएपछि विभिन्न सरोकारवालाहरुले प्रतिकृया पनि दिएका छन् ।
विरुवा वितरणमा सहभागी भएको कोटदेउराली सहकारी , कृषि ज्ञान केन्द्र कास्कीले स्वयंसेवी प्रतिकृया दिएका छन् भने प्रदेश कृषि विकास निर्देशनालय तथा विरुवा नर्सरीहरुको प्रतिकृया लिनका लागि आरसी टाइम्सले सम्पर्क गरि प्रतिकृया लिएको छ ।
कास्कीको कृषि ज्ञान केन्द्रको अनुदान साझेदारीमा बेगनासको कोट देउराली कृषि सहकारीले कागती खेतिका लागि पचास प्रतिशत अनुदान पाएको सहकारीका अध्यक्ष सुरेन्द्र सापकोटाले जनाए । सहकारीले पाँच हजार कागतीका बेर्ना खरिद गरि किसानहरुलाई वितरण गरेको र ती मध्ये लामिछाने अर्गानिक फार्ममा पचास प्रतिशत मुल्यमा २०० बेर्ना उपलब्ध गराएको जनाएका छन् ।
कोरोना कहरका कारण लकडाउनको समयमा ज्ञान केन्द्रले किसानहरु आफैले विरुवा खोज्नु भनेकाले विरुवा प्रदायकहरु खोज्दै जाने क्रममा तराइका भन्दा पहाडको रामे होला भनेर धनकुटाको अर्जुन फलफुल नसरीसँग खरिद गर्ने निधो गरि ५ हजार विरुवा झिकाएर किसानहरुमा बाँडेको सहकारीका अध्यक्ष सापकोटाले जनाए । कारोना कहरका कारण विरुवा ढुवानीमा समस्या भएपछि कृषि ज्ञान केन्द्रको पहलमा प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेर विरुवा ढुवानीमा सहजीकरण भएको पनि सापकोटाले बताए । ति विरुवाहरु ३०० किसानहरुमा वितरण गरिएकोमा मध्ये २ हजार विरुवा हुर्कन नसकेर मरेको पनि सापकोटाले बताए । सापकोटाका अनुसार लामिछाने फार्ममा राम्रो स्याहार पाएकाले तीन वर्षमा नै राम्रो सँग हुर्किएको र फल दिएको हुनाले विरुवाको जातीय शुद्धतामा खरावी भएको पत्ता लाग्यो, अरु किसानहरुले रोपेको अझै पनि फल नलागेकाले गुनासो आइ नसकेको र आफनै बगैचामा पनि केही विरुवा ‘ नाइटे’ देखिएको सहकारी अध्यक्ष सापकोटाले स्वीकार गरे ।
विरुवा वितरण प्रकृयामा कृषि ज्ञान केन्द्र कास्कीको सहभागिता देखिएको प्रति कृषकको बाइट लाई संकेत गर्दै कास्कीका ज्ञान केन्द्र प्रमुखले ‘ज्ञान केन्द्रले विरुवा बाढेकै छैन, यसमा कर्मचारीको कुनै संलग्नता छैन’ भन्ने प्रतिकृया दिएका छन् । त्यो विरुवा विमिरो नभइ ‘युरेका लेमन’ हुनु पर्छ र ज्ञान केन्द्रले सिधै लगेर किसानलाई नबाँडेको कृषि ज्ञान केन्द्र प्रमुख शालिकराम अधिकारीले जनाएका छन् । अधिकारीका अनुसार विरुवा छनौट, नर्सरी छनौट, विरुवा खरिद र वितरण सम्मका सबै प्रकृयामा कृषक स्वयंका प्रतिनिधि सहभागी भएकोले यसमा ज्ञान केन्द्रलाई मुछ्न नहुने अधिकारीले प्रतिकृया दिएकाछन् । ‘कृषकसँग सिधै सम्झौता गरि हरेक प्रकृयामा उनिहरुकै संलग्नता भएको’ अधिकारीले जनाएका छन् ।
कागती विरुवा प्रदायक धनकुटाका अर्जुन घिमीरेको नाममा रहेको अर्जुन फलफुल नर्सरीका व्यवस्थापक विजय खडकाले ति विरुवाहरु आफुले नै वितरण गरेको स्वीकार गरेका छन् । पोखराबाट पाँच हजार विरुवा माग भएकोमा आफुसँग नपुग भएका २ हजार विरुवा रौतहटको दिलीप फलफुल नर्सरीबाट किनेर पठाएको खडकाले जनाएका छन् । ‘त्यतिबेला धादिङ्ग र पोखरामा विरुवा पठाएको, मैले पनि अरुसँग सापटी लिएँ, मेरो नर्सरीको बदनाम भो, म विगो भर्न तयार छु, कृषि ज्ञान केन्द्रसँग पनि समन्वयमा छु’ विरुवा प्रदायक विजय खडकाले आरसी व्युरोसँगको सम्बादमा बताएका छन् ।
धनकुटाका खडकाले बताए अनुसार रौतहटको गौर —३, कठरीयाको दिलीप फलफुल नर्सरीमा सम्पर्क गर्दा त्यसका व्यवस्थापक विजय शाह रौनीयारले आफनो नर्सरीबाट सोना,युरेका र भोगटेका विरुवा नेपाल भरि नै वितरण हुदै आएको र ती विरुवाहरु मागका आधारमा भारतको कलकत्ताबाट झिकाएर वितरण गर्ने गरेको बताए । धनकुटाका नर्सरीहरुलाई आफुले विरुवा दिएको स्वीकार गर्ने रौनीयारले पोखरामा भएको विरुवाको जातीय शुद्धतामा समस्या देखिएको बारे जिम्मा लिन नसक्ने प्रतिकृया दिए । ‘बदनामीमा आफ्नो टाउको जोगाउन हाम्रो नर्सरीको नाम जोडेको हुनसक्ने ’ रौनीयारको दाबी छ ।
सुन कागति रोपेकोमा अर्कै जातको फल लागेपछि कृषि सेवा प्रदायकहरुमा पनि यो सूचनाले चर्चा पाएको छ । किसानलाई मर्का परेकोमा चिन्ता भयो वा सरकारी अनुदानको रकम जोडिएको सन्दर्भ र जातिय शुद्धताको सबाल उठेकोमा चिन्ता भो भन्ने सबालमा प्रादेशिक कृषि निर्देशक बासुदेव रेग्मीले ‘घटनाले पाठ सिकाएको ’ बताएका छन् । हामीसँग आन्तरिक क्वारेन्टाइन हुँदो हो भने पनि जाँचीन्थ्यो र हाम्रै प्रदेशमा कागती श्रोत केन्द्र भएको भएपनि जातिय गुणस्तरका सबालमा भरोसा गर्न सकिन्थ्यो । आन्तरिक क्वारेन्टाइन र हाम्रै श्रोत केन्द्र नहुँदा जातियशुद्धता जाँच्न सकिएन, यसबाट पाठ सिकेर अवका नीति बनाउन बल पुग्ने ’ कृषि निर्देशक रेग्मीले प्रतिकृया दिएका छन् ।
‘मितको टाउको बेलैसरी ’ ठानेर दोष पन्छाउने कि हरेक समस्याको दिगो समाधानको उपाय खोज्ने भन्ने सबाल प्रादेशिक कृषि मन्त्रालयको सेवा अनुगमन तथा नीतिगत व्यवस्थापन विज्ञ समूहले कस्तो रणनिति अपनाउँनेछ , त्यसलाई आधार मानेर हेर्नु पर्ने विश्लेषकहरुको धारणा छ ।

समाचारको सचित्र जानकारिका लागि तलको भिडियो लिंक हेर्नु होला :

Previous Post

हामी सत्रौं वर्षमा

Next Post

‘माटो—पानीका मलामीहरु’

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
‘माटो—पानीका मलामीहरु’

‘माटो—पानीका मलामीहरु’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In