• गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
Monday, June 8, 2026
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

सिमल तरुलको व्यवसायिक उत्पादन खाँचो

आरसी टाइम्स by आरसी टाइम्स
९ माघ २०७९, सोमबार २२:१३
in ऋषिकृषि, कृषि बजार, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
सिमल तरुलको व्यवसायिक उत्पादन खाँचो
0
SHARES
80
VIEWS
Share on FacebookShare on Twitter

बाँदर र मुसा तथा अन्य शत्रुजिवबाट अन्नबाली जोगाउन कठिन भइरहेको सन्दर्भमा सिमल तरुलको खेतिबाट बाँदर प्रकोप न्युनिकरण गर्न सकिने र परिकारमा विविधिकरण गर्न सकिने भएकाले व्यवसायिक उत्पादन गर्न सकिने सम्भावना देखिएको छ

 

आरसी टाइम्स व्युरो
पोखरा, माघ ९
किसानहरुले पोषण र खाद्यसुरक्षाका लागि अपनाएका जीवीकाका विविधिकरणका जुक्तिहरुलाई स्थानीय र राष्ट्रिय सरकारहरुले सम्बोधन गरुन भन्ने अन्तराष्ट्रिय निकायहरुको चासो हुन थाले पछि माघेसंक्रान्ति देखि कृषि जैविक विविधताका प्रचारात्मक गतिविधिहरु सक्रिय देखिएका छन्  । गण्डकी प्रदेशका पहाडी तथा मैदानी जिल्लाहरुमा स्थानीय कृषि ज्ञान केन्द्र तथा स्थानीय पालिका सरकारहरुले पनि माघ मासको पहिलो सातामा विभिन्न कृषि जैविक विविधताका प्रचारात्मक सक्रियता मार्फत जनचेतना बढाउन र रैथाने किसानी ज्ञानको अभिलेखनमा पहल थालेका छन्  ।

पहिलो सातामा पोखरा महानगर लगायतका स्थानीय पालिका सरकारहरुले माघेसंक्रान्तीका अवसरमा कृषि जैविक विविधता र कन्दमुल मेला आयोजना गरेका छन् भने विभिन्न जिल्लाका कृषि ज्ञान केन्द्रहरुले हप्ताभर कृषि जैविक सप्ताह मनाएका छन्  । पोखराको ढुंगेसाघुमा हुँदै आएको परम्परागत माघेसंक्रान्ति मेलाको मौका पारेर विभिन्न ग्रामीण वडाका कृषि सञ्जाल, लिवर्ड र बागवानी अनुसन्धान केन्द्र तथा निजिी संस्था खोज पाठशाला लगायतले आफ्नो कार्य क्षेत्रका वालि तथा कन्दमुलहरुको प्रदर्शनी गरे  । रैथाने वैकल्पिक खाद्यन्न कोदोजन्य वालिहरुको परिकार समेत प्रदर्शनी गरिएको मेलामा कन्दमुल जातका बन तरुल , घरतरुल, सिमल तरुल, भ्याकुर , गीठो, त्यागुना भार्लाङ्ग र सखरखण्डहरु राखिएको थियो  । उक्त अवसरमा लिवर्डले सबै जैविक सम्पदाहरुको डिजिटल अभिलेख बनाएको छ  ।

मेलामा खोजपाठशालाले राखेको कन्दमुल अनुसन्धान नतिजाहरुमा सिमल तरुललाई दर्शकहरले निकै रुचाएको पाइयो  । बाँदर र मुसा तथा अन्य शत्रुजिवबाट अन्नबाली जोगाउन कठिन भइरहेको सन्दर्भमा सिमल तरुलको खेतिबाट बाँदर प्रकोप न्युनिकरण गर्न सकिने र परिकारमा विविधिकरण गर्न सकिने भएकाले व्यवसायिक उत्पादन गर्न सकिने सम्भावना पनि देखिएको छ  । दक्षिण भारतमा स्वादिष्ट फलाहारको परिकार मानिने सिमल तरुल नियमित भोजनको अंग भएको समेत अवलोकन कर्ता हरुले बताएका र विउ बेर्नाको पहुँचका लागि किसानलाई सहजिकरण गर्न आवश्यक रहेको मेलामा अवलोकन कर्ताहरुले जनाएका छन्  । विभिन्न प्रजातीका कन्दमुदहरुको अनुसन्धानात्मक अभ्यासका लागि खोज पाठशालाले कास्कीको अन्नपुर्ण गाउपालिकाको पाउँदुरमा सञ्चालन गरेको शिलाजित कृषि अनुसन्धान परियोजनामा अन्य कन्दमुलमा शत्रुजिवको चाप बढी हुने र सिमल तरुलको उत्पादन तुलनात्मक रुपमा सहज हुने देखिएकाले वैकल्पिक खाद्यन्नका लागि बाँझो र खेरा गएको जमिनमा सिमल तरुलको खेति गर्न उपयुक्त हुने देखिएको खोजपाठशालाका अनुसन्धानकर्ता कुलराज चालिसेले जनाएका छन्  ।

किसानका शत्रुजिवले घर तरुल, बन तरुल र सखर खण्ड रुचाएर निमास पार्ने गरेको तर सिमल तरुलमा अझै मेसो पाइनसकेको कारण यो खेतिले बाँदर पिडीत किसानलाई राहत मिल्ने ऋषिकृषि अनसन्धानकर्ता तीर्थराज पौडेलले जनाएका छन्  । आगामी वर्षका मेलाहरुमा पौष मसान्तमा नै मेला आयोजना गर्ने र विज तथा परिकारको प्रदर्शनी तथा व्यापारको पनि अवसर निर्माण गर्नु उपयोगी हुने पोखरा महानगर कृषि महाशाखा प्रमुख मनहर कडरीयाले जनाएका छन्  ।
यसैगरि कृषि ज्ञानकेन्द्र लमजुङ्गले घनपोखरामा उत्पादन गरिएको रैथाने बालीहरु कागुनोको खिर, लट्टेको लड्डु , सिस्नुको खोले र कोदोको सेल रोट्टी परिकार बनाएर रैथाने बालीका विधिता प्रदर्शन गरेको छ  ।

Previous Post

माघे संक्रान्तिमा कृषि जैविक मेलामा निम्तो

Next Post

मशलाबाली अलैची खेति विस्तारमा किसानहरु उत्साहित

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
मशलाबाली अलैची खेति विस्तारमा किसानहरु उत्साहित

मशलाबाली अलैची खेति विस्तारमा किसानहरु उत्साहित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
Facebook Twitter
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • केशव राज काफ्ले on गोवर मलको गुणस्तर बढाउन शुक्ष्मजीवाणु (ईएम) प्रभावकारी उपाय 
  • केशवराज काफ्ले ९८५१२२२५८३ on पशु मल–मुत्र विरुवाका लागी सन्तुलीत खाद्यपदार्थ
  • IslaMartin on कोदो छाडेर किवि खेती गर्दै दुर्लुङका खेम गुरुङ
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.