महेन्द्र जीसी/आरसी टाइम्स
पर्वत, माघ १६
अलैची पकेट क्षेत्रका किसानहरुले आधुनिक भट्टी निर्माण गरेपछि अलैचीमा गुणस्तरीयता आएको बताएका छन । विगत पाँच वर्ष देखी अलैची खेती गरिरहेका पर्वत मोदी गाउँ पालिका भुकका किसानहरुले विगतमा सामान्य भट्टीमा भन्दा आधुनिक भट्टीमा सुकाईएको अलैचीले राम्रो बजार पाउने बताएका हुन । मुल्य अनुकुल भएको समयमा विक्रि वितरण गर्न मिल्ने बाँदर तथा अन्य जन्तुले पनि क्षती नपु¥याउने र बाँझो बारी पाखो बुट्यानमा पनि खेती गर्न सकिने भएपछि किसानहरुले खेती विस्तारमा चासो देखाएका हुन । गाउँमा खेतबारी बाँझिदै जान थालेपछि पछिल्ला वर्षहरुमा बैदेशिक रोजगारीमा तथा गाउँ छाडेर पोखरा तथा राजधानीमा पुगेका किसानहरु गाउँमा फर्कीएर अलैची खेतीमा लागेका छन् ।
अहिले कास्कीमा बासोबास गरीरहेका स्थानीयहरुले ताङले लौशिवोट कृषि सहकारी दर्ता गराएर मन बहादुर गुरुङ , गौसीता कृषि फर्मका कुल बहादुर गुरुङ , गिरीमान गुरुङ , बुद्धिमान गुरुङ लगायतले अचैची खेती गरीरहेका छन् । विगतमा माटोको भट्टीमा सुकाएर बजार पु¥याउने गरेका किसानहरुले अहिले आधुनिक भट्टी बनाएपछि भने उत्पादनमा गुणस्तर आउनुको साथै सुकाउँदा धुवा धुलो नहुने बताएका छन् । करीव डेड सय देखी दुई सय रोपनी क्षेत्रफलमा खेती गरिरहेका किसानहरुले अलैचीबाट वार्षिक १६ लाखदेखी १८ लाखसम्म आम्दानी गर्दै आएका छन । स्थानीय बुद्धिमान गुरुङ र कालुमान गुरुङले फालिएको पाखोबाट अहिले वार्षिक १८ लाख सम्म कमाउन सकीने भएको बताएका छन् ।
औषधीय गुण हुने मसला बालीको रुपमा खेती गरीने अलैची को गुणस्तर कायम राख्न कृषि ज्ञान केन्द्र पर्वत र किसानको लागत साझेदारीमा हालै आधुनिक भट्टी निर्माण गरिएको छ । उच्च मुल्यमा निर्यात हुने वाली अन्तर्गत पर्ने भएका कारण पनि बजारको समस्या नरहेको ज्ञान केन्द्र पर्वतले जनाएको छ । जिल्लाका विभिन्न वडामा गरी ६० हेक्टर क्षेत्रफलमा लागाईएको अलैचीको उत्पादन पर्वतमा १७ टन सम्म भएको ज्ञान केन्द्र पर्वतकी प्रमुख मनीता थापाले जनाईन ।
पर्वतका भुक, ताङले, क्याङ, वनौ लगायतका क्षेत्रहरुमा धेरै अलैची खेती भएका स्थानहरुमा भट्टी निर्माणमा ज्ञान केन्द्र पर्वतले सहयोग गरेको जनाएको छ । छिटफुट रुपमा जिल्लाका सवै पालिकाहरुमा खेती भएको भएपनि व्यवसायीक रुपमा खेती भने मोदी गाउँ पालिकामा भएको हो । लगाएको तीन वर्ष देखी लगातार पाँच देखी दश वर्ष सम्म राम्रो गोडमेल भएमा उत्पादन लिन सकीने खेती भएका कारण पनि किसानहरुले बाँझीएको जमीनमा खेती विस्तार गरेका छन् । वन वुट्टयानमा पाखो चिस्यायन यूक्त क्षेत्रमा लगाइने अलैची खेतिमा पर्वतमा राम साही र गोल साही प्रजातीको खेती गरीएको छ ।