लमजुङ्गको राइनास नगरको तीन पिप्लेमा तीन वर्षदेखि खरबुजा खेति गर्दै आएका सूर्य प्रसाइले वर्षेनी १५ लाखको लगानीमा ३५ लाख कमाउने उद्यम गर्दै आएका छन् । दश जना किसानको करिवले १२० रोपनी जमिन १५ वर्षका लागि भाडामा लिएर तरकारी खेति तथा वंगुर पालन समेत गर्दै आएका प्रसाइले ४ जनालाई नियमित रोजगारी समेत सिर्जना गरेका छन् ।
खुल्ला जमिनमा खेतिपर्वद्र्धन गर्ने अभियानमा लागेका प्रसाइको उषा कृषि फार्ममा खर्बुजा खेतिका लागि कृषि ज्ञान केन्द्र लमजुङ्गले प्रोत्साहन गर्ने तयारी गरिरहेको पनि जनाइएको छ ।
करिव ८० रोपनीमा लगाइएको खर्बुजा खेतिका बेर्ना उमार्न र चिसो ठिहीरोमा जोगाउन अनेक जुक्ति लागाइरहेको ज्ञानकेन्द्रका अधिकृतहरुले अनुगमन गर्दै छन् ।
तस्वीर सौजन्य: मदन रेग्मी, लमजुङ्ग