पर्वत, फागुन २
किसानहरुमा कृषि वाली उत्पादनका लागि माटो तयारी तथा र रोग किरा नियन्त्रणका सिप विस्तारका लागि नमुना अभ्यास हुँदै आएको कृषक पाठशाला सिकाइ ग्रामीण किसानहरुमा विस्तार हुँदै गएको छ । हालै दक्षिण पर्वतको विहादी गाउँपालिकाको आर्थिक सहयोगमा वडा नम्बर २ बराचौरमा ३२ जना किसानहरको सहभागीतामा सिर्जनशील आईपिएम कृषक पाठशाला सञ्चालन हुँदै आएको छ ।
यसै गरि वडा नं ३को रानीपानीमा पनि ३१ जना किसानहरुको सहभागीतामा उद्यमशील कृषक पाठशाला संचालन भइरहेको छ । गोलभेडा वालीका लागि १६ हप्तासम्म सञ्चालन हुने कृषक पाठशालामा किसानहरुलाई माटो परिक्षण , नर्सरी स्थापना तथा विउको उमारशक्ति परिक्षण गर्ने तरिका बारे सहजीकरण गरिएको कृषक पाठशालाका सहजकर्ता रिखीराम भुसालले जनाएका छन् ।