महेन्द्र जिसी,पर्वत , फाल्गुण २३
भरिया दाईले बिसाउने भारी…, सुन माया डाँडैको चौतारी’
कलाकार विष्णू खत्रिले गाएको यो गीत गुन्जदा कूनै बेला पिठ्यूँमा भारी बोकेर चौतारीमा बिसाई मारेको धेरैलाई सम्झना हुन्छ । गितले पहाडी जिवन र चौतारीकोको सामिप्यता दर्शाउँछ । पहाडीया जिवनमा भरीया र चौतारीको अनुपम सम्बन्ध छुटेको धेरै भएको छैन । हुन पनि भारी बोकर हिँड्दा कतिबेला भारी बिसाउने चौतारी आउला र थाप्लोको बोझ सहितको नाम्लो हटाएर सुस्ताउन पाईएला भन्ने जो कसैलाई पनि लाग्ने गथ्र्यो । सदरमुकाम कुश्मा देखी नुन तेलको भारी वोकेर हिडने भरियाहरु मोदीवेनीको उकालो चौतारी हुँदै सिरसुवाको चौतारीमा बिश्राम लिँदा भारिको थकान बिर्सन्थे । बाटो हिँड्दा, पानी पर्दा, घामले पोल्दा, अनि कुनै गन्तव्यमा हिडेको बटुवा साझ पर्दा बास वस्ने ठाँटीमा पनि अहीले कोही पुग्दैन । आज ति चौतारी र पाटी पौवाहरु झाडीले भरिएका छन् । तीर्थ—वर्त गर्न र नुन तेल गर्न स्याङजा , वाग्लुङ, पाल्पा जिल्लाबाट आउने आगन्तुकहरु सुस्ताउने ठाउँ अहिले झाडीले भरीएको मुडीकुवाका काशीनाथ गौडेल र शंकर पोखरी शिषाठाँटीका हेम शर्मां अधिकारी बताउँछन ।
यसरी डाँडाको चौतारीमा चल्ने चिसो हावाले उकालो चड्दा पसिनाले भिजेको शरीरलाई सितलता मात्रै दिन्थेन, नयाँ जाँगर उत्तीकै हौसला दिन्थ्यो । अझ भनौ कुनै वेला सञ्चारको विकास नहुदा तनको भारी मात्रै नभई मनको भारी विसाउने ठाउँ पनि यीनै चौतारी हुने गर्थे । साथी भेट्न र भलाकुसारी गर्न चौतारीमा कुरेर वस्ने चलन थियो । चौतारीमा बिसाइ मेट्नेहरुको संख्या बढ्दै जादा नजिकै रहेका होटल व्यवसायीहरुको पनि व्यापार बढेर हटीया ,नेटा मेलपोखरी, ठुली पोखरी र शंकर पोखरी जस्ता ग्रामीण बजारको विकास भएको थियो । सडकले गाउँ छोएपछि पदमार्ग र चौतारी तथा पोखरीसँगको मानव सम्बन्ध हराउँदै गएको छ ।
पुर्खाले बनाएका पाटी, पौवा, ठाँटी र चौतारीहरु पछिल्ला पुस्ताले भत्काउने गरेको कतीपयको भनाई रहेको छ । उवेला बनेका चौतारी—पोखरीले जमिनमा पानीको सञ्चय गर्ने र गर्मीमा मुल बनेर निस्कने गरेका कारण पुर्खाको वैज्ञानिक उपज भएको महाशिला जम्पुरका टिकाराम भुसालले बताए ।
एकदशक अगाडि बाटेमा देखिने चिटिक्क परेका चौतारी अहिले एकादेशको कथा बन्न थालेका छन् । बाटो मुनिका कुवा र पोखरीहरु यतिवेला मोटरवाटो खन्दा पुरिईसकेका छन । यदाकदा देखिने चौतारीले पनि संरक्षण पाएका पाईदैनन । इतिहास वोकेका ढुंङ्गे धारा र चौतारीका छपनी उक्कीएका छन । चौविसै घण्टा अक्सीजन दिने बर पिपल धार्मिकसँगै वैज्ञानिक रुपमा पनि उत्तीकै महत्वको वृक्ष रहेको छ । वर्षाको पानी संकलन गरेर जमीनबाट मुलको रुपमा बाहीर आउने जलस्रोतको विकास गराउन पनि पोखरी बनाउनु पर्ने यस क्षेत्रका विज्ञहरु बताउँछन । डिभिजन वन कार्यलय प्रमुख विष्णुप्रसाद अधिकारीले पुर्खाले बनाएका वैज्ञानीक चौतारी र पोखरीको संरक्षणमा प्रदेश केन्द्र हुँदै विषेश गरी स्थानीय सरकारहरुले चासो दिनु पर्ने बताए ।
दशक एता फेरीएको जमना र भईरहको विकासले बाटो छेउका कतिपय चौतारी र पोखरीलाई पनि डोजरले निलिसकेको छ र अझै कती त निकाल्ने क्रममा छ । विकासको फड्को मारेको हाम्रो समाजमा गाँउमा मोटरवाटो पुगेपछी हिलाम्मे भएका सडकमा यतीवेला गाडीहरु दौडिरहेका छन् । हिलाम्मे बाटो भए पनि गाडीमा यात्रा गर्नुपर्ने गाउलेको वाध्यता बनिसकेको छ । भौतिक विकास संगै गाँउको इतिहास वोकेका गोरेटो बाटो चौतारी, पोखरी र पाटी—पौवाको अस्तित्व हराउँदै गएको छ । अहिले गाउँ—गाउँमा सडक पुगेपछि उहिले जस्तो बटुवा हिँडदैनन र चौतारीमा सुस्ताउँदैनन पनि पुगिहाले भने पनि चौतारी र पोखरीका माया गर्ने कोई हुँदैनन । तर पनि ईतिहास बोकेका वुढेसकालका वरपिपलका रुखहरुले अझै पनि वटुवाहरुलाई कुरिरहेका छन् ।