आरसी टाइम्स
पोखरा, फागुन २३
विउ आलुमा आत्मनिर्भरता बढाउन पोखरा महानगरको कृषि महाशाखाले गरेको उत्पादन अनुदान अभ्यास पछि अनुदानग्राही किसान समूहका प्रतिनिधिहरुले सामूहिक अनुगमन गरेका छन् । पोखरा महानगरपालिका कृषि महशाखाको सहयोगमा बीउ आलु उत्पादन गर्दै आएका कृषक समूह सहकारीको सदस्य, प्राबिधी सहितको स्थलगत सामुहिक अनुगमन गरेका छन् । अनुगमनका क्रममा पोखरा २३ ठुलाखेत, पोखरा १६ अर्मला, पोखरा २५ हेम्जा, पोखरा १३ काहुखोला, पोखरा २६ ढलेपिपल, पोखरा २९ सफल कृषक समूह र दिपशिखा सहकारीमा गरि ६५ रोपनीमा आलु बीउ उत्पादन भएको महानगर कृषि महाशाखाले जनाएको छ ।
केही स्थान बाहेक अन्यत्र संतोषजनक रहेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरीयाले जनाएका छन् । आलु विउको गुणस्तरीयताका लागि रोग किरा नियन्त्रण गर्ने, धेरै नै रोग देखिएको क्षेत्रको बिउको रुपमा नराख्ने, पात खुम्चेको र भाइरस जन्य लक्षण देखिएको बीउ प्रयोग नगर्ने, पुर्ण रुपमा बोट छिप्पिन दिने र सुख्खा समयमा खन्ने, ग्रेडिङ गर्ने र सुरक्षित स्थानमा भन्डारण गर्ने प्राबिधिकहरुले सुझाएका छन् ।