आरसी टाइम्स व्युरो
पोखरा, चैत्र १३
विषादी मुक्त कृषिका माध्यमबाट स्वस्थकर भोजनको श्रोत व्यवस्थापनका लागि एकिकृत कृषि प्रणालीबाट शत्रुजीव र रोग किरा नियन्त्रणका लागि कृषकहरुलाई सहजीकरण गरिदैं आएको आइपिएम कृषक पाठशाला लोकप्रिय सिकाइको माध्यम बन्दै आएको छ । जैविक विषादीको प्रयोग गर्ने र सत्रु जीव नियन्त्रण तथा मित्रु जीव संरक्षणका जुक्ति सिकाइने कृषक पाठशालामा सरकारी कृषि निकायहरुले पविधिक सहजीकरण गर्दै आएका छन् । यसै क्रममा पोखरा महनगरपालिका कृषि महाशाखाको सहयोगमा पोखरा ३० खुदी क्षेत्रमा क्रियाशील खुदेली कृषक समुहका सदस्यहरुले १४ हप्ता सम्म काउली बालीमा आइपिएम कृषक पाठशाला संचालन गरे । पाठशाला समापनका अवसरमा कृषक दिवस समारोह आयोजना गर्दै किसानहरुले आफुले सिकेका ज्ञान र सिपहरु अन्य समुदाय र वडा सरकारका प्रतिनिधिहरुलाई नाटक मञ्चन गरेर देखाएका छन् ।
विगत १४ हप्ता सम्म कृषकहरूले काउली खेति व्यवस्थापनका कारेमा सिकेको ज्ञान, सीप आदि बारे कृषि गीत, भजन र नाटक तथा अन्य पोस्टर एवं वाली प्रदर्शन गरि सन्देश प्रवाह गरेका छन् । कृषक दिवश समारोहमा किसानहरुले गुणस्तरीय बीउ, मलको उपलब्धता, सिचाइ बर्षभरी सुबिधा हुनुपर्ने, असिना, हावाहुरीले पार्ने क्षतीका बेला राहत चाहिने, उत्पादनको उचित मुल्य पाउनुपन माग गरेका छन , सोचेजस्तो आम्दानी हुन नसकेको, राज्यले उत्पादन गरेको बस्तु खरिद गर्नुपर्नेमा कृषकहरूले जोड दिएका छन् ।
समारोहमा सहभागी अतिथिहरुले रासायनिक बिषादी बिना पनि उत्पादन गर्न सकिने, बाझो जग्गा प्रयोगमा ल्याएर हराभरा बनाउन सकिने , स्वस्थ जीवन र वातावरणको लागि यो प्रबिधि अपरिहार्य रहेकोले ब्यबहारमा लागू गर्नुपर्ने पाठ सिकेको र अरुले पनि अनुसरण गर्न आग्रह गरेका छन् ।