लमजुङ्ग,
किसानहरुलाई उन्नत खेति प्रविधि हस्तान्तरणका लागि कृषि ज्ञान केन्द्रहरुले प्रविधिमैत्रि किसान सहजकिरणका लागि तालिमे प्रयासहरु थालेका छन् । कृषि ज्ञान केन्द्र लमजुङले गत हप्ता उन्नत धान खेति प्रबिधि सम्बन्धी तालिम संचाल गरेको छ । असार १ गते समम संचालन भएको चार दिने तालिम सत्रमा धान बाली प्रर्बधन कार्यक्रम अन्तरगत छनौटमा परेका बिभिन्न कृषक समुह तथा कृषि सहकारीमा आबद्ध कृषकहरुलाई समेटिएको छ । तालिममा सुन्दरबजार, मध्यनेपाल, राईनास, बेशिशहर नगरपालिका तथा मर्स्याङदी गाँउपालिकाका गरी २१ जना महिला कृषकहरु मात्र सहभागी भएको कृषि ज्ञान केन्द्र लमजुङ्गले जनाएको छ ।
तालिम सत्रहरुमा उन्नत बीउको प्रयोग, कृषि यान्त्रिकीकरण,सिफारिस मलखाद तथा रोग कीराको ब्यबस्थापनमा जोड दिई कम लागतमा उत्पादकत्व बृद्धि गर्ने जुक्ति सिकाइएको छ । तालिमको सहजिकरणका लागि कृषि ज्ञान केन्द्र लमजुङका बरिष्ठ बालि बिकास अधिकृत सुदिप खतिवडा, कृषि आधुनिकिकरण परियोजना लमजुङका बरिष्ठ कृषि बिकास अधिकृत अजय अधिकारी, कृषि ज्ञान केन्द्र लमजुङका कृषि अर्थ बिज्ञ मदन रेग्मी, अधिकृत बिजय पौडेल, प्रा.स. समिक्षा सेढाई तथा गिता शाहले सहजिकरण गरेका थिए ।
तालिम समापनको अवसरमा किसानहरुलाई सेवाटेवा अन्तरगत १६ लिटरको स्प्रेयर बितरण गरिएको छ । तालिममा सिकेका सिपलाई आफ्नो छरछिमेकमा समेत बताई धानको उत्पादन बृद्धिको लागि सबैले हातेमालो गर्नु पर्ने कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडाले किसानहरुमा आग्रह गरेका छन् ।