कुलराज चालिसे ,
वेदका मन्त्रहरू मध्ये अस्सी प्रतिशत कर्मकाण्डसंग सम्बन्ध राख्छन् । वाँकी रहेका वीस प्रतिशत मन्त्र मध्य पनि सोह्र प्रतिशत साधनासंग सम्बन्धित छन् । सत्य तथ्य त चार प्रतिशत मन्त्रमा सिमित छन् भनिन्छ । तिनलाई खोजेर विज्ञानमूलक सत्य पहिचान गर्न कठिन हुन्छ । सत्य खोज्दा गहिरो रनभुल्लमा परिन्छ । त्यस्तै छन्, रामायणका लीलाकथाहरू र रामायणका पात्रहरूको जन्मकथाहरू । कर्मकाण्डको शिखर शास्त्र अग्निपुराणले एक प्रसंगमा रामानुजाचार्य महाराजले गुरुमुखबाट अठ्ठार पटक रामायणको श्रवण गर्नु भएको उल्लेख छ । गुरुले एकैभावबाट रामायण वाचन गर्नुभयो तर रामानुजाचार्य महाराजले हरेक पटक पृथक पृथक अर्थ पाउनु भयो । रामायणलाई रामानुजाचार्य महाराजले भन्दा गहिरोसंग कस्ले बुभ्mन सकेको होला र ? वाल्मिकी ऋषिले रामायणको रचना नै त्यसरी गर्नु भएको छ, जस्ले जुन पात्रलाई केन्द्रमा राखेर अध्ययन गर्छ, अर्थ पनि त्यतै त्यतै ढल्केको पाउछ । त्यसैकारणले स्थानीय भाषामा रामायणको उल्था गर्दा फरक फरक सूचना प्रवाह हुनगएको छ । त्यसैको कारणले संसारमा हजार भन्दा बढी रामायण लेखिन पुगेको छ । तिनलाई आआप्mनो परिवेशको अर्थमा लेखीएका छन् । त्यसैले गर्दा अयोध्या नामको नगर पनि एक भन्दा धेरै छन् । इण्डोनेसीयामा पनि अयोध्या छ । उनिहरूको रामायण आप्mनै परिवेशको छ । चितवनमा पनि अयोध्या छ । पूरातात्वीक प्रमाण सहितको अयोध्या छ । तर त्यो अयोध्या कुन मनवन्तरको त्रेतायुगिन अयोध्या हो वा अन्य कुनै रामले बसाएको अयोध्या हो भनेर प्रमाण्ीकरण गर्न त्यति सजिलो छैन । विदेह जनकको नगर हालको जनकपुर हो वा बाराको सिम्रौनगढ हो भनेर ठोकुवा लगाउन पनि त्यत्तिकै कठिन छ । त्रेतायुगको भौतिक प्रमाण र भूगोलको प्रकृति अहिले खोज्दा कहाँ पाईएला र ? रामपुर वा रामनगरको संख्या त गनेर साध्य छैन । राम तथा कृष्ण नामधारी संख्याको कुरा त के गर्नु र ? अन्तिम श्वास लिदा भगवानको नाम जप गर्ने लोभमा धेरैले बच्चालाई राम र कृष्णको नाम दिएका छन् । आँफैले आँफैलाई अवतार बताउनेको संख्या अहिले त कम छैन भने एक दुईतीन हजार वर्ष अगाडी नक्कली अवतारीको के कमी थियो होला र ?
रामायणको अर्थ बुभ्mन सवैभन्दा पहिला वसिष्ठरामायण केलाउनु पर्छ । गुरुकुलको शिक्षा समाप्ति पश्चात यज्ञरक्षाको निमित्त ऋषि विश्वामित्रले श्रीराम र लक्ष्मणलाई माग्नुहुँदा ऋषि वसिष्ठले दिनुभएको आत्मज्ञानको शिक्षाले रामायणमा अनेक हाँगाविँगा पल्हाउन पुगेकाहुन्छन् । आत्मज्ञानको व्यवहारीक उदाहरण त राजर्षि भरतको तीन जन्मका क्रमागत कृयाकलापले पनि स्पष्ट गरेका छन् । राजर्षि भरतले निवृत्त जीवनयापनको निमित्त छनौट गर्नुभएको पुल्हाश्रमलाई हामीले रावणको जन्मस्थल मानेका छौ । यही स्थान गृस्तमद तथा विश्वामित्र ऋषिहरूको तपोस्थल जस्तै प्रतित हुन्छ । वेदवतीको कथा हेर्ने हो भने रावणलाई उनले यसैस्थानमा श्राप दिनुभएको जस्तो लाग्छ । पुञ्जिकस्थलाको क्षेत्र पनि यही जस्तो लाग्छ । राजर्षि सत्यव्रतले प्रलयकालमा प्रयोग गर्नुभएको जलयानको अवशेष म्याग्दीको रिखारमा देख्न पाइन्छ । पाल्पाको रामपुरखण्डका भूगोलहरू अवलोकन गर्दा सोह्रहजार ऋषिकन्याहरूलाई श्रीरामले यसैक्षेत्रमा तारकमन्त्र प्रदान गर्नु भएको जस्तो लाग्छ । आनन्द रामायण, राज्यकाण्ड (उत्तराद्र्धम्), सर्ग ११।१२ मा दुन्दुभीले हरण गरेको १६००० राज्यकन्यालाई गण्डकी प्रस्रवणबाट छुटाउनु भएको शब्दप्रमाण सम्बन्धमा धेरै वहस गर्नु पर्दैन ।
त्रिलोकी भगवानको लीलाकथाहरूमा भौतिक प्रमाण जुटाउन खोज्दा यस्ता यस्ता भ्रम भइरहन्छन् । वसिष्ठरामायणको स्थान स्थानमा डोरीलाई सर्प देख्ने दृष्टान्त जस्तै रामायणका स्थान र पात्रका भौतिक प्रमाण खोज्दा भ्रमको दलदलमा पर्नुलाई अनौठो मान्न सकिदैन । विदेहपात्रमा देहधारी गुण खोज्दा भ्रम पैदाहुनु अस्वाभिक पनि हुदैन । साहित्याचार्यहरूको हरेक कल्पनालाई सत्य मानेर आआप्mनो क्षेत्रमा श्रीरामको लीलाकथा भएको विश्वास हुनु उनिहरूको कल्पनाशक्तिको प्रमाण हो । त्यसमाथी पुराना पाण्डुलिपिका शब्दहरूलाई प्रमाण मानेर विश्लेषण गर्ने हो भने त भ्रमको जगमा खडा भएको प्रतिवेदन जस्तै लाग्छ । यस्ले वसिष्ठरामायणको संसार भ्रम हो, ब्रह्म सत्य हो भन्ने कथन उपर बारम्बार विचार गर्न बाध्य भइन्छ । त्यसमाथी अध्यात्मरामायणमा कथन भए जस्तै स्वयं गरुडजी महाराज त भ्रमित हुनु भएको रामायणमा हामी झुक्किनु कुन ठूलो कुरा हुन्छ र ?
आजभोली भारतको फैजावाद स्थित प्राचिन अयोध्याको राममन्दिरको जगमाथी मुगलकालमा निर्माण भएको बाबरीमस्जिद भत्कायर कलात्मक राममन्दिरको निर्माण हुँदैछ । मन्दिरको जग खन्दा त्याहाँ विश्व हिन्दु परिषदले प्राचिन पुरातात्विक प्रमाण प्राप्त भएको दावी गरीरहेको छ । उनिहरूले यो दावी लगभग पाँचसय वर्ष देखि गर्दै आएका छन् । नेपालका केही प्राज्ञहरूले चितवनको माडी स्थित अयोध्यामा पनि पुरातात्विक प्रमाण रहेको दावी गरेका छन् । त्यसैको पारीपट्टी पश्चिम चम्पारणमा रामनगर छ । उनिहरू पनि त्यस्तै दावी गर्छन् । उनिहरूको दावीमा हालको जनकपुर नै प्राचिन जनकपुर हो र त्यसैसंग दुरी नापेर प्राचिन अयोध्याको अनुमान लगाइन्छ । उता उत्तर प्रदेश स्थित अयोध्याको नजिकै पनि जनकपुर रहेको दावी गर्छन् । पाचसातसय वर्षका भग्नावशेषको आधारमा अयोध्या र जनकपुरको किटानी गर्न सकिदैन । रामायण त्रेतायुगको हो । त्यसपछि द्वापरको महाभारत सकेर कलीयुगले पनि लगभग पाँचछहजारवर्ष पार गरीसकेको छ । हामी भने हजारवर्ष पनि नभएका भौतिक प्रमाण र केही साहित्यकारहरूले तात्कालिन महाराजाहरूको प्रितिको निमित्त पूनरलेखन गरेका रामायणका शब्द प्रमाणको आधारमा श्रीरामको अयोध्या खोज्दैछौ । भूमण्डलीकृत हुनुभएका श्रीरामलाई सानोसानो घेरामा सिमित गर्न खोज्दैछौ । महल छाडेर वन रोज्ने श्रीसीतारामलाई भव्य महलमा सजाउन खोज्दैछौ । जनजनको मनमनमा बसेका सीतारामलाई जनताको मनबाट अलग गरेर मन्दिरमा सिमित गर्न खोज्दै छौ । अद्वैत बनेको राम मन्त्रलाई द्वैतवादमा स्थापित गर्न खोज्दैछौ ।
भारत सरकारले हालै निर्माण गरेको संसदभवनमा अखण्डभारतको नाममा प्राचिन भारतवर्षको नक्सा टाँसेको छ । त्यो नक्सा मापदण्डमा छैन । त्याहा उल्लेखित प्राचिननगरहरू पनि सहिस्थानमा भए नभएको वारेमा अनेक विवाद छ । त्यो भारतीय संसदले अनुमोदन गरेको राजनैतिक नक्सा पनि होइन । भारत सरकारले त्यसलाई इतिहाँस झल्काउने सास्कृतिक नक्सा भनेको हुदा भ्रमणकालमा नेपालका प्रधानमन्त्रीले विवाद उठाउन आवस्यक ठान्नुभएन । भारत र नेपालका सरकार तथा संसदले चर्चामा नल्याउदा पनि संचारमाध्यमहरूले त्यो विवाद जनस्तरमा पुर्याए । भारतका राजनैतिकदलहरू सन् २०२४ मा हुने आमनिर्वाचनमा त्यसको लाभ लिन प्रयासरत छन् भने नेपालमा सत्ता परिवर्तनको निमित्त त्यसलाई आधार बनाउन प्रयासरत छन् । चर्कवर्तीराजा अशोकले भारतको निर्माण गर्नु अगाडी पनि ससाना राज्यहरू थिए । तात्कालिन मिथिलाको भूभाग अहिले नेपाल र भारतमा विभाजित छन् । त्यसैगरी कोशल राज्य पनि दुवै देशमा छन् । तात्कालिन कपिलवस्तुको भूगोल पनि दुवै देशमा विस्तारित भएको थियो । राज्य एकीकरण र खण्डीकरण धेरै पटक भए । सेनकालमा नेपालको सिमा भागिरथी मैदानसम्म विस्तारित थियो । त्यसैको आधारमा चाणक्यले नेपालको राडीपाखीलाई संग्रहयोग्य उत्पादनको फेहरिस्तमा राख्नु भयो । अंग्रेजको पालामा पनि हामी पूर्वमा टिष्टा, पश्चिममा काँगडा पुगेका थियौ । पछि सुगौलीसन्धीले नयाँ राजनैतिक सिमाना कायम गर्याे । अहिले हामी त्यसैमा छौ ।
नेपाल, भारत र चिनको वर्तमान राजनैतिक नक्सामा विस्तारित भागिरथीको उत्तरी पानीढलो सम्पूर्ण हिमवतखण्ड हो । हामीले कुनैपनि यज्ञकर्म गर्दा संकल्प गर्ने मन्त्रमा काल, भूगोल र आप्mनो वंशवृक्षको उच्चारण गर्छाै । त्यसमा जम्मूद्विप, भारतवर्ष, हिमवतखण्ड अन्तरगत नेपालदेशको उच्चारण गर्छाै । भारतवर्षको नक्सा विवादित भयो भनेर संकल्पपाठ गर्ने कि नगर्ने ? नेपालका सिद्धार्थ गौतमले बोधगयामा ज्ञान पाउनुभयो र कुशीनगरमा देहत्याग गर्नु भएको स्वीकार्ने कि नस्वीकार्ने ? नेपालकी छोरी भनेर सीतामातालाई भारतीयले पूज्ने कि नपूज्ने ? अयोध्याका राजा भरतले म्याग्दीको पुल्हाश्रमक्षेत्रमा वानप्रस्थजीवन विताउनु भएको मान्ने कि नमान्ने ? स्वामीनारायण नीलवर्णीले मुक्तिनाथमा तपस्या गर्नु भएको मान्ने कि नमान्ने ? गुरु गोरखनाथले पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणमा मार्गनिर्देश गर्नुभएको मान्ने कि नमान्ने ? हामीले भारतको र भारतीयले नेपालको तीर्थयात्रा गर्ने कि नगर्ने ? यस्तै यस्तै विवाद निम्त्याउने तर्क प्राज्ञ जगतले किन उठाउने ? हिमवतखण्डमा हिमालयक्षेत्रलाई शास्त्रले उच्च सम्मान दिएको छ । त्यसमा पनि शालिग्रामी श्रीकृष्णागण्डकी प्रस्रवणलाई शिखरमा राखेको छ । भारतवर्षको सास्कृतिक नेतृत्व गर्ने अवसर हामीलाई प्राप्त छ । याहाँको हरेक कुनालाई पवित्र तीर्थस्थल बनाएर भारतीय पर्यटकलाई निमन्त्रणा दिने आधार हामीसंग छ । यसैको आधारमा याहाका हरेक लतावृक्षलाई प्रसादको मान्यता दिएर व्यावशायीक लाभ लिनुको सट्टा राजनैतिक संकुचनमा भारतवर्षको सत्यता लुकाउने विज्ञताले नेपाललाई आर्थिक फाइदा पुग्दैन । हिमवतखण्डमा राजर्षि भरत र जडभरतले प्रदर्शन गर्नुभएको ब्रह्मवादलाई केन्द्रमा राखेर नयाँभाष्यमा रामायण लेख्ने कार्यको आरम्भ नेपालले गर्नुपर्छ । नमिठो लाग्छ भनेर वास्तविकता भुल्न मिल्दैन । हाम्रो सैन्यक्षमता त्यत्ति सवल छैन । भारतसंग प्रतिस्पर्धा गर्न कुटनीति नै गर्नु पर्छ । भारतीय संसदमा अंकित नक्सालाई प्रश्न बनाएर युद्ध गर्ने क्षमता छैन भने देशको स्वाभिमान र सार्वभौमसत्तालाई अक्षुण राख्दै नेपालको आर्थिक हितमा प्रयोग गर्ने सुनौलो मौका चुकाउनु हुँदैन ।