पहिलेका दिनमा किसान भनेको जिविकोपार्जनका लागि खेति गर्ने मान्छे भन्ने मान्यता थियो भने आजभोलि किसान आफनो लागी मात्र नभएर बजारका माध्यमबाट समाजका लागि खाद्यन्न उत्पादन गर्ने कृषि उद्यमीका रुपमा किसानलाई चिन्ने गरिन्छ ।
कोरोना कहर पछि गतिलो कृषिले बचाउन सघाउने बोध बढदै गएपछि गतिलो कृषि कर्म र बजार जोडियो भने किसान पनि निर्बाह मुखीबाट बजार मुखी हुन सकिन्छ भन्ने भरोसा बढाएको छ । यस्तो गतिलो कृषिलाई असल कृषि अभ्यास भन्ने चलन छ । असल कृषि अभ्यासलाई बजारसँग जोड किसानहरुले बजार वित्तियसंस्था सँग निरन्तर आर्थिक अन्तरक्रियात्मक सम्बन्ध गरिरहनु पर्ने देखिएको छ । यसका लागि राज्यका सरकारहरको कर प्रणाली , विमा प्रणाली र अनुदान प्रणाली सँगै जोडिएर कृषि कर्मलाई नोक्सानबाट जोगाउँदै नाफामा रुपान्त्रण गर्नका लागि कतिपय वित्तिय व्यवस्थापन चेत र शाक्षरताको खाँचो पर्ने हुन्छ । किसानहरुका लागि आवस्यक पर्ने वित्तीय चेतानाका सूचनाहरुको नियमित सबाल र सहकार्य गर्नाका खातिर यो आर्थिक वर्षका हाम्रा अंक हरुमा किसानका लागि वित्तिय शाक्षरताको स्तम्भ सूरु गरिएको छ ।
किसानहरुलाई वित्तीय लक्ष्य निर्धारण गर्न, बचत, ऋण, जोखिमबाट बच्न र बचतको प्रयोगका जुत्ति, र बीमा तथा समग्र रूपमा वित्तीय व्यवस्थापन बारे जानकारी समेटिएको वित्तीय साक्षरता खाँचो रहेको छ । अझ हरेक वित्तियसँस्था सँगको सहकार्यमा एउटा किसान परिवारले पाएको सिकाइ अरु किसानहरुका लागि पाठ बन्न सक्छ । यसकारण वित्तिय व्यवस्थापनका तनाब न्युनकिरणका लागि पनि वित्तिय शाक्षरता अभियानले टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
कृषि वित्तका हिसावमा एउटा किसानको वित्तिय शाक्षरताले उसलाई आफ्ना श्रोहरुको पहिचान र आफुसँग उपलब्ध श्रोत, माटो वाली, मल विउ, बजार , समय , सिप , ज्ञान ,अनुभव लाई वित्तिय हैसितमा रुपान्तरण गर्न वित्तीय व्यवस्थापन सम्बन्धी निर्णय कसरी गर्ने भन्ने बारेमा सहयोग गर्नेछ भन्ने मान्यता राखिएको छ ।
हरेक कृषि उपजलाई बजारसँग जोडेर न्युनतम समर्थन मुल्य प्राप्ति गर्नाका लागि पनि किसानहरुमा बाली उत्पादन ज्ञा भएजस्तै बजार पहुँच र बजारिकरण ज्ञानको आवश्यकता पर्दछ । कजारसँग जोडिने वित्तिकै घाटा, नाफाको कुरा आउँछ, ऋण र विमाको सबालपनि जोडिन्छ । अझ स्थानीय कृषि सरकार र विमा तथा बजार सहकारीहरुसँग जोडिन पनि उत्पादन प्रकृयाका लागि बजेट निर्माण गर्ने, आम्दानी र खर्चको विवरण तयार गर्ने, बचत गर्ने तथा ऋण लिने प्रक्रिया र बीमाका बारेमा नियमित जम्काभेट भइनै रहने हुन्छ । किसानहरु अनावश्यक रूपमा ऋणमा डुब्ने, श्रम शोषणमा पर्ने तथा आफ्ना स्रोत र साधनको अनुत्पादक क्षेत्रमा प्रयोग हुन सक्ने जोखिम रोक्न पनि वित्तिय शाक्षरताको खाँचो पर्दछ ।
त्यसैले आउनुस, किसानका लागि वित्तिय शाक्षरता बढाउन र असल कृषि वित्त सृंखलाका लागि हातेमालो गरौं । सबाल हुनेले सबाल गरौं, सफल हुनेले सफलता बाँडौं र सबल हुनाका लागि वित्तिय जुक्तिहरुको किसानहरुमा प्रसार गरौं ।