महेन्द्र जिसी, १६ भदौ, पर्वत
फलेवास नगरपालिकाले आफ्नो तेह्रौं नगरसभा तथा आर्थिक वर्ष २०८०÷०८१ को बजेट, नीति तथा कार्यक्रम दूइ महिना छि मात्र ल्याएको छ । संविधानले तोकेको भन्दा झण्डै ६४ दिन ढिला गरी सम्पन्न नगर सभाले गत आर्थिक वर्षमा महालेखा परिक्षकको कार्यलयले औचित्य हिन भन्दै प्रश्न उठाएको ‘ग्रिन फलेबास ल्किन फलेवास’ र वन मुद्धा परेको ‘मनमहोहन शान्ती बाटीका’को योजना समेत अगाडी सारेर नगर सभा सम्पन्न गरेको हो ।
नगरपालिकाको १३ औ नगर सभाले आर्थिक वर्ष २०८०÷८१ को लागि नीति, कार्यक्रम र बजेट ल्याउने सिमा असार १० गते तोकिएको भएपनि नगरपालिकामा जनप्रतिनिधिहरु बीच बिवाद हुदाँ तोकिएको मिति भन्दा २ महिना पछि मात्र नगर सभा सम्पन्न भएको हो । गत बुधबार सम्पन्न नगर सभामा नगर प्रमुख गंगाधर तिवारीले चालु वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख तिवारीले चालु आर्थिक वर्षमा वनको बादर वनमै भन्ने नारा अघि सारेका छन् ।
रैथाने मदीरालाई ब्राण्डीङ गर्ने र मान्यता प्रदान गर्ने गर्ने निति पालिकाले अगाडी ल्याएको छ । यो सँगै जंगलमा फलफुल रोप्ने देखि बाझो जमिनमा आय मुलक उत्पादनमा प्रोत्साहन गर्ने पालिकाको निति तथा कार्यक्रममा उल्लेख छ । कृषिमा आधुनिकीकरण गर्ने कार्यक्रम साथै घर घरमा टनेल कार्यक्रम संचालन गर्ने पालिकाको नितिमा उल्लेख गरिएको छ ।
पशु विमालाई प्रोत्साहन गर्ने तथा पशु सुत्केरी कार्यक्रम अगाडी बढाउने र बैदेशिक रोजगारवाट फर्केका युवालाई पशु तथा कृषि फर्म संचालन गर्न प्रोत्साहन गर्नुका साथै परम्परागत पेशा गर्नेलाई बिद्युत महशुलमा सहुलियत प्रदान गर्ने पनि नगर पालिकाको नीतिमा जनाइएको छ ।
पालिकाले कक्षा ६ का बिद्यार्थीलाइ पनि दिवा खाजा उपलब्ध गराउने, खाजामा हप्तामा दुई दिन स्थानीय रैथाने खाजा खुवाउने नीति बनाएको छ ।
नगर सभामा प्रमुख गंगाधर तिवारीले नीति प्रस्तुत गरेका थिए भने उप प्रमुख शोभा क्षेत्रीले ६८ करोड २५ लाख ११ हजार ८ सय १० रुपैंया बराबरको बजेट सार्वजनिक गरेकी छन् ।
सोहि क्रममा फलेवास नगरपालिकाको जलस्रोत विधेयक २०८०, आर्थिक विधेयक २०८०, फलेवास नगरपालिकाको शिक्षा ऐन २०७५ को संशोधन तथा नगर कार्यपालिकाको बिनियोजन विधेयक समेत पारित गरिएको जनाइएको छ ।