आरसी टाइम्स व्युरो
पोखरा, असोज २९
सरकारले निर्यातजन्य वालीका रुपमा चिया तथा कफीका नगदै कारोबारलाई प्रोत्साहन गरेको तुलनामा कफीको उत्पादन बढाउन नसकिएको बताउँदै कफी सरोकारवालाहरुले समन्वयको चासो राखेका छन् । हालै पोखरामा रहेको चिया कफी विकास बोर्डको शाखाकार्यालयले कफी किसानहरुलाई समन्वय गर्न भन्दै अन्य कृषि एजेन्सीहरुसँग सम्बाद बढाउदै थिए भने निजि कफी पेय बनाउँने भान्छाघरका बारिस्टाहरुले देश भरका उद्यमी भेला गर्दै पोखरा कप नै संचालन गरे ।
विगत १० वर्ष पहिले कुनै पनि परियोजना नहुँदा कास्कीमा कफी को उत्पादन ३०—३५ हुनेमा हाल १० टन, स्याङ्जा को ६० मे टन को उत्पादन हाल २० टन जतिको हाराहारीमा सिमित भएको बताउँदै कफी उत्पादन घटनुको कारण खोजी हुनु पर्ने बताए । कफी उत्पादन घटदै गएको र उपभोक्ताको रुचीलाई सम्बोधन गर्दै बजार केन्द्र बढदै गएको कफी उद्यमी विश्वबन्धु पोखरेलले जनाएका छन् । कफी विकास बोर्डको बगैचाघरमा हालै आयोजना गरिएको सम्बादमा बागवानी अनुसन्धान केन्द्रका प्रतिनिधि अस्मीता खनालले पोखरामा क्षेत्रदिप, येलो कटुरा, जस्तै १० जात उपयुक्त देखिएको बताएकी छन् ।
कफी उत्पादनका लागि खाडल तयार गरि रोप्नुपर्नेमा रोपण प्रबिधि कमजोर रहेको र विगतमा एक हातमा कुटो र अर्को हातमा बुटो अभियान चलाइएको तर सफल हुन नसकेको पनि चर्चा गरिएको छ । पशुपालन छोड्दै जादा प्रशस्त मलखाद पुर्याउन नसकिएको कफी बगैचा समस्याग्रस्त हुदै गएको तर पशु पालन सहितको प्राङ्रारिक पदार्थ प्रशस्त भएको क्षेत्रमा बगान स्वस्थ बगान रहेको पाइएको पोखरा महानगर कृषि शाखाका प्रतिनिधि मनहर कडरीयाले बताए ।
चिया तथा कफी बिकास बोर्डको ब्यबस्थापनमा पोखरामा लगाइएको कफी बगैचामा कफीका लागि छाँया राम्रो रहेकोले स्वस्थ्य र उत्पादनशील देखिएकाले सामुदायिक बन भित्र रोप्दा आम्दानी लिन सकिने पनि सहभागीहरुले बताएका छन् ।
कफी बगानमा गवारो किराको समस्या देखिएको धेरै भयो तर अझै ब्यबस्थापन हुन नसकेको, कफीमा रस्ट पनि देखिएको, हिउँदमा सिचाइको अभाव तथा चिसोको असर देखिएको पनि बताइएको छ ।
किसानहरुले कफी खेतिका जटिलताहरु चर्चा गर्दै कफीको फसल पटक पटक टिप्न खर्चिलो हुने, टिप्ने मान्छेको अभाव हुँदै गएकोले टिप्ने खर्च महङ्गो हुँदै गएको प्रशोधन गर्ने सुकाउने र भन्डारण गर्नुपर्ने पनि किसानलाई झन्झटीलो बनाएको पनि किसानहरुले बताएका छन् ।
पोखरामा विदेशी कफी आयत गरेर स्थानीय भन्दै बिक्री बितरण गर्ने, सस्तोमा भित्राउने जसले गर्दा स्थानिय उत्पादन गर्नुभन्दा आयतित कम गुणस्तरको कफी बिक्री बितरणमा आकर्षित भएको बताउँदै कफी कृषकको प्रतिनिधित्व गर्ने नेपाल कफी महासङ्ले सार्बजनिक सूचना नै प्रकाशन गरि आयतमा नियमन गर्न समेत अनुरोध गरेको छ ।
बिश्व बजारमा पेट्रोलियम पछि बढी कारोबार हुने पेय पदार्थको रुपमा कफीले पहिचान बनाएको र यसको बजारीकरण युवा पुस्तामा लोकप्रिय हुदैछ । शहरमा बारिस्टा तालिम लिएर कफी ब्यबसायीहरु पोखरामा मात्रै ६००—७०० जना सक्रिय रहेको युवा कफी बजार संचालकहरुले बताएका छन् ।
हालै पोखरामा कफी प्रसोधन कर्ता युवाहरुले अनौपचारिक समन्वयकारी समूह बनाएर पोखरामा बारिस्टा प्रतियोगिताका रुपमा कफी ब्रुअर्स कप पनि आयोजना गरेका छन् । नेपालभरका कफी प्रसोधनकर्ताहरु मध्ये २९ बटा प्रतियोगीहरुले
पोखरा ब्रुअर्स कफमा प्रतिस्पर्धा गरेका छन् । कफी उपभोक्ताहरु बढदै गएकाले युवा व्यवसायिहरु कफी बजारिकरणमा सक्रिय देखिएका छन् र बजारबाट कफीको माग बढाउँदै छन् ।