कुलराज चालिसे
अगिल्लो अंकको कृषिवित्त साक्षरता वहसमा हामीले वचतको स्रोत सूर्यको किरण र त्यसलाई छोप्न कृषकको भूमिकालाई स्थान दिएका थियौं । वहसको निष्कर्षमा सूर्य स्थिर, धीर र दीप्तिमान छन्, कसैको उपकार गर्न गतिमान हुँदैनन् भनेका थियौ । सूर्यको कृपादृष्टि पाउन ग्रहहरुले सूर्यको परिक्रमा गर्छन् । त्यसमध्य पृथ्वी एक हो र हामी पृथ्वी प्रणालीको शुक्ष्मअङ्ग हौं भनेर संकेत गरेका थियौं । पृथ्वीको सवै भूभागले समानरूपमा सूर्यको दर्शन पाउँदैनन् । गुणस्तरीय सूर्यकिरण प्राप्त गर्ने उत्कृष्ट भूगोल मध्य हिमवतखण्ड हो भनेका थियौं । याहाँको सूर्यकिरणलाई औषधि गुणस्तरको अन्नमा रूपान्तरण गरेर विश्वबजारमा प्रतिस्पर्धा गर्न याहाँको पानी पनि औषधि गुणस्तरको छ । हिमवतखण्डको सवै भूगोलको माटो र पानी समान गुणस्तरको छैन । स्थान अनुसार माटो र पानीलाई औषधि गुणस्तरको अन्न उत्पादन गर्ने पुस्तौली अनुभवबाट निखारीयको परम्परागत प्रविधिको ज्ञान आधुनिक कृषि प्रविधिले समेट्न सकेको छैन पनि भनेका थियौं । वहसको अन्तमा हामीले हाइब्रिड बीउ उत्पादक कम्पनीले सूत्र गोप्य राखे जस्तै जेष्ठनागरिकको मस्तिष्कमा निष्कृय भएका परम्परागत ज्ञानलाई व्यावशायिक सूत्र जस्तै गोप्य राखेर लाभ लिने गोप्य सल्लाह दिएकाथियौ । त्याहा हामीले औषधि गुणस्तरको पानीको उच्चारण मात्र गरेर वहसलाई विश्राम दिएका थियौ । आजको वहसमा हामी पानीमा केन्द्रित हुन्छौ ।
सघन साधनाको प्रतिफल स्वरूप कसैकसैलाई प्राप्त हुने चमत्कारिक परिणाम बाहेक औषधि गुणस्तरको सूर्यको किरण हिमालयको विशेष पानीको सहारामा हरीयो विरुवाले मात्र गर्न सक्छ । त्यस्तो विशेष पानी आकाशबाट वर्षिने वित्तिकै मलको काम गर्दैन । हिमालयको पानीले खनिज तथा औषधि गुणस्तरका जडिबुटीको सम्पर्कबाट मात्र पोषिलो हुने हो । विरुवालाई चाहिने पोषण जमिन भित्र बस्ने शुक्ष्म जीवाणुले तयार गर्ने हो । रासायनिक मल तथा औषधि छरेको माटोमा त्यस्ता मित्र शुक्ष्मजीव हुँदैन । हिमालयको माटोमा त्यस्ता शुक्ष्मजीव हुन्छ । तिनिहरु हिमालबाट वगेको पानीको संसर्गमा छिटो छिटो वढछन् । पहाडको पानी भित्र रहेका ढुङ्खाहरु चिप्लो हुने कारण त्यही हो । चिप्लो ढुङ्खा भएको नदीको पानी अत्यन्त पोषिलो मानिन्छ । त्यस्तो पानीलाई वगेर खेर जान दिनु हुँदैन । त्यस्तो पानीलाई माटो भित्र नै सुरक्षा गरेर राख्ने हो । उचाई र पानीको गुणस्तरमा सिधा सम्बन्ध हुन्छ । हिमवतखण्डको उचाई घट्दै जाँदा हिमालको पानीको गुणस्तर पनि घटदै जान्छ । हिमालको पानी खँगारेर वेसी झार्दा त्यस्तो पानीमा अनेक रसायन मिसिन पाउदैनन् । त्यसैले हिमालको पानीलाई पाइपको सहारामा पहाडको कुनाकुनामा फैलाउनु पर्छ । त्यस्तो गर्दा हिमालको पानी विरुवाको माध्यमबाट पून आकाशमा फर्केर चक्रमा मिल्छन् । पानीको कणकणले पहाडमा जत्ति धेरै चक्र पुरा गर्छन्, त्यत्ति नै वलीयो हुँदै जान्छन् । क्षारसमुन्द्रबाट हिमालयको यात्रामा निस्केका पानीलाई औषधि गुणस्तरको बनाउन जत्तिसक्दो धेरै पहाडमा चक्राङ्कित गर्ने हो ।
हाम्रो शरीर नशैनशाको जालो हो । कपाल देखि नङसम्म विस्तारित सानासाना नशामा वग्ने रगतले शरीरलाई जिवित राख्छन् । जुनजुन नशामा रगत वग्दैन, त्यस पछिको शरीरको अङ्ग मृत हुन्छन् । त्यसैलाई हामी रोग भन्छौ । हाम्रो शरीरको रक्तप्रणाली जस्तै पृथ्वीको पनि नदीप्रणाली छ । हामीले नाङ्गो आँखाले देखेको नदी मात्र नदी होइनन् । पृथ्वीको सतह भित्र फैलीयको शुक्ष्मनदीले माटोको कणकणमा घुम्ने प्रणाली पनि नदी हुन् । त्यस्तो नदीप्रणाली उपभोग गर्ने अग्राधिकार विरुवालाई हुन्छ । शुक्ष्मनदीको क्षमता भन्दा बढी भएको पानी सतहको नदीमा वग्छन् । नदीमा वगेको पानीको अग्राधिकार शुक्ष्मनदी प्रणालीलाई चक्रमा मिलाउने शुक्ष्मजीव र कृषकको हुन्छ । त्यस्ता शुक्ष्मजीव र कृषकको अधिकार खोसेर जलविद्युत उत्पादनमा उपभोग गर्नु उद्यमीपन हुँदैन । शुक्ष्मजीव र कृषकको अधिकार खोसेर उत्पादन भएको उर्जा उपयोग गरेर जत्ति नै उत्पादन गरेपनि डकैती हो । त्यस्तो उत्पादनबाट लक्ष्मी खुसी हुँदिनन् । श्रीलक्ष्मीलाई खुसी राख्न पहाडको चिस्यान कायम राख्नु पर्छ । हामीले सीतायण वहस यसै उद्देश्यले गरेका थियौ । सिक्का पैसाको वचत गर्ने ठाउँ बैंक हो भने थोपा पैसाको वचत गर्ने ठाउँ माटो हो । यस मानेमा
उद्यमी कृषकको प्रथम बैंक माटो हो ।
कृषि उद्यम छनौट गर्दा सर्वप्रथम भूमिको पहिचान गर्ने हो । भूमिको चयन गर्दा पानीको गुणस्तर हेर्न हामी चुकेका हुन्छौ । अहिले त कृषि उद्यम गर्न सम्म परेको स्थानमा गहिरो माटो भएको क्षेत्र छनौट गर्नुपर्छ भन्ने छैन । प्रविधिले माटो रहित वा थोरै माटोमा पनि खेति गर्न सकिने बनाएको छ । पछिल्लो चरणमा लोकप्रीय बन्दै गएको कौशीखेती यस्को ज्वलन्त उदाहरण हो । कौशी प्रणालीमा माटो र पानीको गुणस्तर नियन्त्रण गर्न सजिलो हुन्छ । त्यही सिद्धान्त पत्थरमाथीको भिरालो भूगोलमा पनि लागु गर्न सकिन्छ । प्रविधिले कृषि उद्यम गर्न जमिनमा लगानी गर्ने बाध्यता घटाईदिएको छ । अहिलेको बजारमूल्यमा जमिन उपर धेरै लगानी गर्नु मूर्ख निर्णय हुन्छ । जमिनमा गर्ने लगानी प्रविधिमा गर्ने हो भने हरेक थोपा पानीलाई उत्पादक बनाउन सकिन्छ । हामीले इजरायलले अपनाएको कृषि प्रणालीलाई अनुकरण गरेर माटोको कण र पानीको थोपा गणना गर्न सिक्नुपर्छ । त्यत्ति गरेमा पहाडको हरेक थोपाले गुणस्तरीय सौर्यउर्जालाई औषधि गुणस्तरको अन्नमा परिणत गरेर विश्वबजारमा प्रतिश्पर्धा गर्न सकिन्छ । त्यसैले सिमित क्षेत्रफल भयपनि गुणस्तरीय पानीको नजिकको भूमि छनौट गर्नुपर्छ ।
हाम्रो वहस पानी तथा पर्यावरणीय कृषि भन्दा कृषि वित्तमा लक्षित छ । हाम्रो प्रयास लगानीको निमित्त परियोजना पहिचानमा केन्द्रित छ । कृषि उत्पादनमा बढेको व्यापार घाटा र भारतीय बजारमा बढदै गरेको औषधि गुणस्तरको अन्नको मागलाई दृष्टिगत गरेर कृषि परियोजनामा लगानी गर्ने उपयुक्त बेला यही हो भनेका थियौ । कृषि उद्यम संचालन गर्न भूमिको आधार त लिनै पर्छ । भूमिको छनौट गर्दा भिरालो र पत्थरिलो नै किन नहोस् चिप्लो ढुङ्गा भएको खोला निकटको भूमि छनौट गर्नु पर्छ । भूमिको उत्पादकत्व माटोको गहिराई र समथर भूगोल भन्दा सूर्यको किरण र पानीको गुणस्तर हेरेर गर्नु पर्छ ।