गोपाल जीटी/आरसी टाइम्स
स्याङ्गजा, 
माटो चिनेर कर्म गर्न सकेमा जीवनको आनन्द र खुसी आफ्नै माटोमा छ भन्ने अग्नीप्रसाद न्यौपानेबाट सिक्न सकिन्छ  । परम्परागत कृषिबाट व्यावसायिक बनेका स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्वर ७ थुमका न्यौपानेको परिवार विगत डेढ दशकदेखि आफ्नै गाउँको माटोसँग खेलेर रमाएको छ  । निरन्तरको प्रयास र आफ्नो माटोमा के फल्छ भन्ने खोजसँगै गरेको कर्मले उनकोे परिवारलाई आनन्द र खुसी दिएको छ  । योसँगै न्यौपानेलाई कुशल कृषकको परिचय दिएको छ  ।
बन्यजन्तुका कारण कृषि पेशा गरेर जिउन मुश्किल छ भनिरहेका बेला न्यौपानेको अभ्यासले कृषिकर्मभित्रै जिविका जिउने जुक्तिहरुको बिकल्प छ भन्ने देखाएको छ  । उनले मुख्यरुपमा अदुवा खेति गर्दै आएका छन् भने साथमा मौसम अनुसारका तरकारी, मकै र कोसेबालीपनि खेति गर्दै आएका छन्  ।
न्यौपानेले वार्षिक १० देखि १५ रोपनीमा अदुवा लगाउँछन्  । यो वर्ष उनले १० रोपनीमा अदुवा फलाएका न्यौपाने श्रीमती रेनुसँगै अहिले अदुवा खन्ने र बिक्रि गर्ने काममा व्यस्त छन्  । दुई छोरी र एक छोरा पढ्दैछन् भने उनिहरुको सम्पूर्ण खर्च व्यवस्थापन गरेर गाउँको बसाई आनन्दित रहेको न्यौपाने बताउँछन्  । उनले फलाएको अदुवा दुइवटा पाना राख्यो कि किलो पुगिहाल्छ  । गतवर्ष नगरपालिकाबाट उत्कृष्ट किसानकारुपमा पुरस्कृतसमेत भैसकेका न्यौपानेको अदुवा पोखरा तथा बुटवलको बजारसम्म जाने गरेको छ  ।
उनी भन्छन्—कतिपय किसानले अदुवाको बजार नपाएको गुनासो पनि सुन्ने गरिन्छ, बजार आँपूmले पनि खोज्नुपर्छ, पाइन्छ  ।
२५ सय किलो बीउ लगाएकोमा ५० क्वीण्टल भन्दा बढि उत्पादन हुने उनको अनुमान छ  । उनीसँगै थुमबासी १७ जना किसान अदुवाखेतिमा आकर्षित भएका छन्  । अरु साथीहरुले २ देखि ३ रोपनीमा लगाउने गर्छन्  । नियमित काम गर्दैजाने हो भने सम्बन्धित निकायबाट पनि प्रोत्साहन मिल्दो रहेछ उनले भने  । विगत ४ वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाबाटबाट बीउमा ५० प्रतिशत अनुदान प्राप्त हुँदै आएको छ  । आफ्नोसमेत गर्दा थुममा झण्डै ६० रोपनी जग्गामा अदुवा खेति गरिएको न्यौपाने बताउँछन्  ।
उनले भदौ महिनामा करिव ८ क्वीण्टल ब्रुनि निकालेर बिक्रि गरिसकेका छन्  । ब्रुनि (बीउ लगाएको भाग) नयाँ फल भन्दा धेरै मूल्यमा बिक्रि हुन्छ  ।
अहिले नयाँ फल प्रतिकिलो एकसय रुपैयाँमा बिक्रि भैरहेको छ भने ब्रुनि १ सय २० मा जान्छ  ।
विशेषगरी अदुवा मसलाबाली अन्तर्गत पर्दछ, बिक्रि नहुने भन्ने कुरै छैन  ।

योसँगै करिव ७ रोपनीमा गोलभेडा फलाएर झण्डै ३ लाख रुपैयाँको बिक्रि भएको न्यौपानेले भने  । साथमा मौसम अनुसार उत्पादित काउली, बन्दा तथा कोसेबाली लगाउँछु, जुन स्थानीय गल्याङ बजारमा खपत हुन्छ  । त्यसो त थुमको डाँडा मकै पकेट क्षेत्र पनि हो  । यहाँ २०७३ सालदेखि मकैको बीउ उत्पादन हुँदै आएको छ  । उनले मात्रै वार्षिक १० क्वीण्टल मकैको बीउ बिक्रि गर्छन्  । अरु १६ जना किसानले प्रति व्यक्ति २ क्वीण्टलका दरले वार्षिक ४२ क्वीण्टल मकैको बीउ बिक्रि गर्न सफल छन्  । प्रतिकिलो १ सय २० मा मकैको बीउ घरबाटै बिक्रि हुने गरेको छ  ।
यहाँ उत्पादन भएको बीउ कृषि स्रोतकेन्द्र र पालिकाले खरिद गरिदिने भएकाले बजारको समस्या छैन  । थुमको मुख्य समस्या सिंचाई हो  । यदि सिंचाईको सुविधा हुने हो भने मासिक लाखौंको तरकारी फलाउन सकिन्छ  ।
न्यौपाने भन्छन्—“यहाँ सबैको गरेर २ सय रोपनी भन्दा धेरै खेतियोग्य जमिन छ  । यहाँको माटो र हावापानीमा तरकारीखेतिबाट राम्रो फाइदा लिन सकिने मौसम अनुसारका उत्पादनले देखाएको छ  । मुख्य समस्या सिंचाईको हो  । खानेपानीका लागि लिफ्टिङ प्रणालीको प्रयोग गरिएको छ तर सिंचाईका लागि यो सम्भव हुदैन  । आकाशेपानी जम्मा गर्ने २ लाख लिटरको पोखरीको व्यवस्था हुने हो भने यहाँ बाह«ै महिना तरकारी खेति गर्न सकिने उनले बताए  ।
जग्गाको समस्या छैन, यदि सम्बन्धित निकायबाट पोखरी व्यवस्थापनमा सहयोग हुन सक्ने हो भने मासिक लाखौंको आम्दानी गर्न सकिने न्यौपानेको भनाई छ  ।
			
                                
