आारसी टाइम्स व्युरो
पोखरा, मंंसीर २५
शहरी क्षेत्रमा बाँझो रहेका जमिन लाई आवाद गर्ने र रैथाने जनशक्तिलाई कृषि मुलक उद्यममा परिचालन गर्ने ध्येयले पोखरा महानगरले संचालनमा ल्याउन लागेको भूमि बैकको कार्यविधिको खाका तयार पारेको छ । प्रारम्भमा बाँझो जग्गा व्यवस्थापनका लागि लक्षित गरिएको भएपनि शहरी क्षेत्रमा आवाद रहेकै जग्गा भूमिबैंक मार्फत भाडामा दिन चाहने बडा वासीलाई त्यो अवसरमा समेटने ध्येयले कार्यविधिको मस्यौदा तयार पारिएको मस्योदाकार समूहका अगुवाले बताएका छन् ।
भूमि बैंक सञ्चालन गर्नका लागि इच्छुक जग्गाधीबाट आवेदन लिएर जग्गाको सूचीकरण गर्ने , एउटा क्लस्टरमा कम्तीमा ३ रोपनी भएको जग्गा मात्र भूमि बैंकमा राख्न सकिने र भूमि बैंकले न्युनतम पाँच वर्ष र बढीमा २५ वर्षका लागि भूमि बैंकमा जग्गा राख्न सकिने तयारी भइरहेको जनाइएको छ । भूमि बैंकमा सूचीकरण गरिउको जग्गाको भडामा परिचालन गर्न नगरको भूमिबैंकले पहल गर्ने छ र भाडामा लागेपछि मात्र जग्गाबालाले भाडा पाउने बताइएको छ । यदि भाडामा नलागेको अवधीसम्म जग्गावालाले जग्गको भागचलन आफैले गर्न पाउने र भूमिबैंकबाट कुनै लाभ नपाउने कार्यविधिमा तयारी भइरहेको छ । कार्यविधिअनुसार जग्गा जमिन बाँझो राख्ने प्रवृत्ति न्यून गर्न र आवादी हुनेले पनि भूमिबैंकमा दिन चाहेमा सहजीकरण गरिने मर्म बोकेको भूमिबैंकले आगामी पौषको कार्यपालिका बैठकबाट अनुमोदन गरि संचालनमा ल्याउने र हिउँदे आलु खेति नै भूमिबैंकबाट सञ्चालन गर्न लागिएको महानगर कृषि शाखा प्रमुख मनहर कडरीयाले जनाएका छन् ।