आारसी टाइम्स व्युरो
पोखरा, पौष २३
कोरोना कहर पछि ‘इम्युनिटि प्रमोटर सुपर फुड’ को खाँचोमा सहयोग पुर्याउन रैथाने कृषि वाली संरक्षण र प्रवद्र्धन गर्न थालीएसँगै कृषिमा आधुनीकिकरण गरेर उत्पादन बढाउन आधुनिक कृषि यन्त्रको अनुदानात्मक वितरण गर्दै आएको अवस्थामा कृषि यन्त्र विक्रेतालाई यन्त्रको प्रदर्शनी र वित्रिः वितरण तथा परामर्श दिनका लागि पोखरामा आयोजना गरिएको प्रादेशिक कृषि यन्त्र प्रदर्शनीमा अवलोकन गर्न किसानहरु उत्साहित देखिए । विगत ३ दिन देखि चलेको मेलामा करीब २५ हजार अवलोकनकर्ताले हेरेको र ५० लाखको नगद कारोबार तथा ६ करोडको सामाग्री बुकिङ भएको आयोजकले जनाएका छन् । पोखरा मेलाले उत्साहित बनाएको अन्य प्रादेशिक मेलाका लागि चासो र प्रस्ताव आएको समेत आयोजक मध्येका व्यववासायिक समुहका सदस्यहरुले जनाएका छन् ।
मेलामा रैथाने किसानले अधिक लाभ र अन्तरक्रियाको अवसर पाउन भनेर पोखरा महानगरपालिकाले कृषि यन्त्रीक मेलाको अवसरमा वडा कृषि सञ्जालको समन्वयमा पाँच सेवा केन्द्रबाट किसानहरुलाई मेला अवलोकनका लागि निशुल्क यातायात सेवा सञ्चालन गरेको थियो । यसै गरि महानगरले चालु वर्षमा कृषि यन्त्रमा अनुुदान ग्राही तोकिएका किसानहरुलाई कृषि सामग्री तथा उपकरणहरु प्राप्त गर्नका लागि तोकिएको मापदण्ड र अनुदान अनुसार प्रादेशिक कृषि मेशिनरी प्रदर्शनीमा अवलोकन गरि खरिद गर्न सकिने र सामाग्री खरिद पश्चात प्राप्त बिल भरपाई तथा सम्बन्धित वार्डको सिफारिसमा लाभांन्वीतको खातामा अनुदान रकम भुक्तान गरिने व्यवस्था गरेर पनि पोखराका लक्षित किसानहरुको चासो र सहभागीता बढाउन सहयोग गरेको बताइएको छ ।
मेलामा ४० भन्दा बढी कृषि यन्त्र विक्रेताहरुले हजार बढी यन्त्रको पहुँच उपलब्ध गराएको जनाएका थिए । मेलाकै अवसरमा महाविर पुनको आविस्कार केन्द्को पहलमा विरगञ्जको कृषि यन्त्र कारखानाको विगत वर्तमान अवस्थाका बारेमा प्रस्तुतीकरण गरिएको थियो । मेलाको दोश्रो दिनमा भएका समिक्षा—सम्बादमा नेपाल सरकारका कृषि यन्त्र मेसीनरीको नितिगत समिक्षा, रैथाने वाली प्रवद्र्धनका लागि हालसम्मको स्थीति र अवको रणनितिका बारेमा पनि समुह सम्वाद चलाइएको थियो । कृषि मन्त्रालयका विज्ञहरुले छलफल पत्र प्रस्तुत गर्दै स्थानीय किसान र प्राविधिक जनशक्तिबाट पृष्ठ पोषण माग्दै ‘सरोकारवालाको कठघरा’ मा उभिएर प्रत्युतर दिएका थिए ।
संघिय मनत्रालयका कृषि विज्ञहरुले आगामी १६ औं योजनामा रैथाने बाली संरक्षणमा विशेष चासो राखीने प्रतिवद्धता पनि गरिएको छ । विज्ञहरुले रैथाने वाली र उद्यमलाई सामाजिक र सरकारी मान्यताका लागि सबैको पहलको खाँचो रहेको औल्याएका थिए ।
सभालाई सम्बोधन गर्दै प्रदेशिक कृषि महानिर्देशक बासुदेव रेग्मीले रैथाने बालिको मुल्य सृंखला आयोजना संचालन गरिने जनाएका छन् भने प्रदेश कृषि सचिव सहदेव प्रसाद हुमागाईले कृषिलाई विशेष क्षेका लागि संरक्षित निति खाँचो रहेको, यसलाई रिसर्चको ब्याकअप खाँचो पनि रहेको र आगामी योजना तथा कार्यक्रममा रैथाने बालि प्रबद्र्धन गर्ने क्रियाकलापलाई जोड दिने जनाएका छन् ।सोह्रौ योजनामा रैथाने कृषि संरक्षण गर्ने र कृषि लगानी दशक (२०८१ —९०) का रुपमा प्रस्ताव गर्ने तयारी भइरहेको कृषि मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले जनाएका छन् ।
पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा पुस २० गते शुक्रबार देखि सुरु भएर आइतबार २२ गतेसम्म बिहान १० देखि अपान्ह ५ बजेसम्म सञ्चालन भएको प्रादेशिक कृषि यन्त्र प्रदर्शनीमा कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, कृषि विकास निर्देशनालय, गण्डकी र पोखरा महानगरपालिका र प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना समेतले पनि सघाएको नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)का अध्यक्ष कृष्ण शर्माले बताए ।