आारसी टाइम्स व्युरो
पोखरा, माघ २९
पोखरा महानगरपालिकाले मुख्य शहरी बस्ती क्षेत्रका घरेलु भान्साको फोहर व्यवस्थापन गर्दै कौशी र करेसामा तरकारी खेति गर्ने सौखिन किसानहरुलाई प्रतियोगीतात्मक स्पर्धा संचालन गरेको छ । महानगरका वार्ड १ देखि १७ सम्म केन्द्रितगरिएको स्पर्धामा घरायसी फोहर ब्यबस्थापन गरि कौसी मार्फत हरियाली निर्माणको लागि अहोरात्र खटिरहने नगरवासीलाई उत्प्रेरणा गर्दै उनिहरुको प्रबिधी र उपलव्धी एकै स्थानमा प्रदर्शन गरिएको छ । यहि माघ २७ गते पोखरा सभागृह परिसरमा गरिएको कौशी क्वीन प्रतियोगितामा बजार क्षेत्रका १देखी १७ वडा सम्मका १० वटा समुहका १८ जना प्रतियोगीले भाग लिए ।
गत शनिवार भएको व्यक्तिगत स्पर्धामा पोखरा ६ लेकसाइडकी भावना रानाभाटले पहिलो कौसी क्विन उपाधि हातपारिन् । यसैगरि प्रतिस्पर्धामा पोखरा ७ की हरि कुमारी श्रेष्ठ दोस्रो, पोखरा ८ की कान्ति कुमारी अधिकारी तेस्रो तथा पोखरा १७ की गायत्री अर्याल सान्त्वना भएका छन् । उक्त कौसी खेती प्रदर्शन प्रतियोगितामा वडा नम्बर ८ प्रथम भएको छ । प्रदर्शनिमा सहभागी हुनुहुनेलाई गरिमा अर्गानिक एग्रो र जननी भर्मी कम्पोस्टले निशल््क मल दिएर हौसला बढाएका थिए ।
पोखरा महानगरका कृषिशाखा प्रमुख मनहर कडरिया फोहोर व्यवस्थापन र वातावरण संरक्षणलाई जोडेर कौसी खेती प्रवद्र्धन गरिएको घरबाट निस्कने फोहोरलाई मोहरमा रुपान्तरण गर्ने उपाय विस्तार गर्न कौशी करेसालाई प्रोत्साहन गर्न थालीएको बताए । कौसी खेती गर्नेहरूले वार्षिक २५ करोडजतिको तरकारी र फलफूल उत्पादन गरेको आँकडा देखिएको कडरीयाले जनाएका छन् ।