• गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
Saturday, June 20, 2026
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

परदेशबाट फर्केका फालचन्द्र नमुना कृषि उद्यमी बन्दै

आरसी टाइम्स by आरसी टाइम्स
१ जेष्ठ २०८१, मंगलवार २३:२९
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
परदेशबाट फर्केका फालचन्द्र  नमुना कृषि उद्यमी बन्दै
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

गोपाल जीटी
वालिङ्ग,
वैदेशिक रोजगारी युवाहरुको आकर्षक गन्तव्यकारुपमा लिइरहेको अवस्थामा स्याङ्जा वालिङका फालचन्द्र कोइराला पनि दुवई पुगे  ।सत्रवर्ष दुवईमा काम गरेर फर्केका वालिङ ८ का फालचन्द्र र श्रीमती कल्पना विगत ४ वर्षदेखि कृषि उद्यममा व्यस्त छन्  ।कुनैपनि कामबाट सफल हुनको लागि निरन्तरता र लगनशीलता आवश्यक पर्दछ  ।उनको मेहेनत र समय अनुसारका उत्पादनले एक सफल कृषि उद्यमी बन्दै गरेको आभास गराएको छ  ।
आफ्नै घर भीमटारीमा उनले कोइराला कृषि तथा पशुपंक्षी फर्म सञ्चालन गर्दै आएका छन्  । आफ्नो १ रोपनी र अरुको ४ गरी ५ रोपनी जग्गामा उनले तरकारी फलाएका छन्  ।उनले अरुको ४ रोपनी जग्गा रु. ५० हजारमा बन्धकी लिएका हुन्  ।अहिले उनको फर्ममा गोलभेडा र काँक्रा लटरम्म फलेका छन् भने १ हजारको हाराहारीमा ब्रोइलर कुखुरा पनि छन्  ।सिद्धार्थ राजमार्गसँगै रहेको वालिङको मुख्य बजारदेखि दक्षिणतर्फ डेढ किलोमिटर भित्रि सडक छेउमै कोइरालाको फर्म रहेको छ  ।
जहिले पनि फालचन्द्रको कोइराला कृषि तथा पशुपंक्षी फर्म हराभरा देखिन्छ  ।उनले यो रहर लाग्दो कृषि उद्यमबाट भरलाग्दो आम्दानी लिइरहेका छन्  ।करिव ३ रोपनीमा लगाएको १२ सय बोटमा गोलभेडा लटरम्म फलेका छन्  ।बिरुवा लगाएदेखि लामो खडेरी परेपनि थोपा सिंचाईको प्रयोग गर्दै आएको हुँ, राम्रै फलेको छ, फालचन्द्र बताउँछन्  ।
उनको गोलभेडा अहिले थोकमा प्रति किलो रु. ५० र खुद्रा रु.७० मा बिक्रि भैरहेको छ  ।बजारको समस्या छैन, व्यापारीहरु घरमै आउछन् भने दैनिक ५० किलोको अनुपातमा खुद्रा पनि बिक्रि भैरहेको छ  ।यो लटमा खर्च कटाएर १ लाख बचत हुने उनको अनुमान छ  ।
हिउँदे र वर्षे तरकारी तथा कुखुरा पालेर वार्षिक ६ देखि ७ लाखसम्म आम्दानी गर्दै आएको फालचन्द्र बताउँछन्  ।परिश्रम गर्ने हो भने घर परिवारसँगै रहेर खाडी मुलुकमा हुने कमाई सजिलै गर्न सकिने उनको भनाई छ  ।उनी भन्छन्—“म पनि १७ वर्ष दुवईमा काम गरें, फर्केर कृषि कर्म रोजें  ।विदेशमा पनि त्यत्तिकै पैसा पाइँदैन, कडा परिश्रम गर्नुपर्छ  ।त्यत्तिको परिश्रम यहाँ गर्ने हो भने अझ बढि कमाई गर्न सकिन्छ, जुन मेरो अनुभवले देखाएको छ  ।जग्गाको कमि छैन, कमि छ त हाम्रो जाँगर र विश्वास  ।आफ्नो भए ठिक छ, छैन भनेपनि अरुको जग्गा बन्धकी या भाडामा लिएर गरे पनि राम्रो आम्दानी गर्न सकिन्छ  ।त्यसैले विदेश गएका फर्कनुस, जान खोज्नेहरु रोकिनुस्, मेहेनत गर्ने हो भने आफ्नै घर परिवारसँगै कृषि उद्यमी बनेर जिविकोपार्जन गर्न सकिन्छ  ।”
कुन माटो र हावापानीमा के फल्छ, त्यो पहिचान गरेर कृषि पेशामा लाग्ने हो भने अवस्य पनि आम्दानी हुनेगरी उत्पादन गर्न सकिने उनको विश्वास छ  ।

Previous Post

खडेरीमा अमेरीकी फौजीकिराको प्रकोप 

Next Post

शहरका काँठे बगरहरुमा खरवुजा खेति फस्टाउँदै

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
शहरका काँठे बगरहरुमा खरवुजा खेति फस्टाउँदै

शहरका काँठे बगरहरुमा खरवुजा खेति फस्टाउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
Facebook Twitter
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • केशव राज काफ्ले on गोवर मलको गुणस्तर बढाउन शुक्ष्मजीवाणु (ईएम) प्रभावकारी उपाय 
  • केशवराज काफ्ले ९८५१२२२५८३ on पशु मल–मुत्र विरुवाका लागी सन्तुलीत खाद्यपदार्थ
  • IslaMartin on कोदो छाडेर किवि खेती गर्दै दुर्लुङका खेम गुरुङ
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.