आरसी टाइम्स व्युरो
पोखरा,
पशु सेवाका लागि प्रभावकारी विज्ञ केन्द्र तथा नमुना भेटेरीनरी अस्पताल बनाउने प्रयास थालेको गण्डकी प्रदेशले हालै कास्कीमा निर्माण सम्पन्न भएको पशु स्वास्थ्य अस्पताल उद्घाटन गरेको छ । पोखराको माटेपानीमा रहेको भेटेरीनरी परिसरमा निर्माण गरिएको नमुना भेटेरीनरी अस्पताललाई प्रदेशका मुख्यमन्त्रि खगराज अधिकारीले रिवन काटेर उद्घाटन गरेका छन् ।
अस्पताल भवनको निर्माण सम्पन्न भएपछि उपकरण जडान सेवा दिने क्षमताको प्रारम्भ नभइकन भवन निर्माण सम्पन्न भएको अवस्थामा नयाँ वर्षको बजेटमा कार्यलयको फर्निचर तथा उपकरण व्यवस्थापनको जोहो मिलाउन उद्घाटन गरिएको बताइएको छ । विभागीय मन्त्रिकारुपमा कृषि योजना तर्जुमाको क्रममा कृषि मन्त्रालय पुगेका मुख्यमन्त्रिले कार्यसम्पन्नको प्रगती मापनमा सहयोगी हुने गरि शुभारम्भको चाजोपाँजो मिलाउन प्रादेशिक सचिव लाई निर्देशन गरेपछि गृह प्रवेशको अवस्था नभएपनि रिबन काटेर उद्घाटन गरिएको बताइएको छ । नव निर्मित अस्पतालका लागि अनुकुल क्षमताका उपकरण जडान हुन बाँकी नै रहेका छन् ।
उद्घाटन प्रकृयासँगै निर्माण कार्यसम्पन्नको अभिलेखन र पुरानो भूक्तानकिा लागि बजेट निकाशा भएको अस्पताल प्रमुख शम्भु पाण्डेले जनाएका छन् । भेटेरीनरी परिसरमा नमुना अस्पतालसँगै पशुसेवा विज्ञकेन्द्र कास्की , पशुस्वास्थ्य तालिम केन्द्र पोखरा पनि रहेका छन् ।
मानवश्वास्थ्यका लागि विभिन्न आधुनिक सेवा सुविधा सहित अस्पताल बन्ने गरेको भएपनि पशुधनका लागि प्रविधि मैत्रि अस्पतालको अभाव रहेको र एक विश्व एकै स्वास्थ्यका हिसावले पशुरोग निदान र उपचारका लागि पनि गतिलो अस्पतालको खाँचे रहेको आवाज उठेपछि गण्डकी प्रदेशको कास्की र तनहँुमा नमुना अस्पताल बनाउने प्रयास थालिएको थियो ।
करिव ५ करोड ५४ लाख लागतमा हालै तयार भएको नयाँ भवनमा पशुको शल्यक्रिया कक्ष, पोस्टअप वार्ड, एक्सरे रुम, प्रयोगशाला, भिडियो एक्सरेकोठा लगायतका संरचना बनाइने तयारी रहेको अस्पताल प्रमुख पाण्डेले जनाएका छन् ।