महेन्द्र जीसी
पर्वत, आषाढ २४
पर्वत जिल्लाका डाँडा काँडा र वन जङगलमा पाईने लप्सी फललाई परिकारमा बनाएर अन्तराष्ट्रिय बजारमा पु¥याउन तालिम सञ्चालन गर्न निर्माण गरीएको भवन दश वर्ष देखी अलपत्र छ । पर्वतको फलेवास नगर पालिका ४ मुडीकुवामा निर्माणाधिन भवन दश वर्ष देखी अलपत्र परेको हो । लप्सीबाट अचार क्याण्डी , जुस ,अमिलो तथा बोक्राको पाउडर बनाउन सकिन्छ । बन्यफल जन्य उद्यमबाट लाभको सृजना गर्ने उद्यमीहरुलाई विभिन्न चरण अनुसारको तालीम आवश्यक पर्ने हुँदा तालिम सञ्चाल गर्न तथा उत्पादन संकलन गरेर बजारीकरण गर्न भन्दै बनाउन थालीएको भवन अलपत्र परेपछि उद्यम पलायन हुँदै गएको स्थानीय उद्यमी थानेश्वर भुसाल र भिम सापकोटाले बताएका छन् ।
शुरुवातीको चरणमा उद्यमीहरु तयार भएको भएपनि थप तालिम र उपकरणको अभावमा अहिले उद्यमहरु रुग्ण बन्दै गएको छ । २०७५ सालामा उद्यमीहरुलाई आवशिय रुपमा तालिम दिन भन्दै निर्माण थालीएको भवन अहीले सम्म अलपत्र पर्र्दै आएको हो । मुलुकमा संघियता आएपनि उद्यम भन्दा पर्यटन पुर्वाधारमा मात्रै बजेट प्राप्त हुने हुँदा रुग्ण उद्योगलाई हेरी बस्नु पर्ने बाध्यतामा रहको सरोकार कार्यलयले जनाएको छ । पर्यटन तथा उद्योग कार्यलय पर्वका प्रमुख अशोक कुमार नेपालीले पर्यटन पुर्वाधार बनाउन करोडौ बजेट आउने भएपनि उद्यमी सृजना गर्ने बजेट नै नआउने गरेको बताए ।
पर्वतका वनहरुमा पाईने अमिलो फल लप्सीको अध्यायन गरीरहेका अभियान्ता रिशीकेश तिवारीले पनि भाषणमा मात्रै सीमीत हुने नेपाली राजनीतीले उद्यमी र उद्योग सृजना नगर्दा एकातर्फ गाउँमा युवा पलायन हुँदै गएको छ भने अर्को तर्फ विश्वमा नै नपाइने फलले बजार पाउन नसकेको बताएका छन् ।
पर्वतका विभिन्न वनमा वर्षेनी अमिलो जातको फल लप्सी १४ सय देखी दुई हजार टन सम्म फल्ने गरेको छ । जसमा ६० टन मात्रै उपयोगीतामा आउने गरेको उद्यमीहरु बताउँछन । विदेशी बजारमा लोभलाग्दो बजार रहेको लप्सी नेपाली बनमा तालिम र प्रशोधनको अभावमा वर्षेनी खेर गईरहेको छ । जसको प्रशोधन गरेर लप्सीका परिकार बनाउने सकेमा मात्रै जिल्ला तथा देशलाई धेरै फाईदा पुग्ने देखिन्छ ।