• Aarsee Times
Thursday, May 22, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

जङ्गलबाट संकलीत मौरी आय आर्जनको विकल्प बन्दै

आरसी टाइम्स by आरसी टाइम्स
२१ श्रावण २०८१, सोमबार १९:४३
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
जङ्गलबाट संकलीत मौरी आय आर्जनको विकल्प बन्दै
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter
गोपाल जीटी/आरसी टाइम्स
 स्याङ्गजा, श्रावण २१
हामी जीवन निर्वाहकै लागि भनेर भौंतारिइरहेका हुन्छौं  । आफ्नै वरिपरीका अवसर देख्न र चिन्न नसकेर दुःख पाइरहेका पनि हुनसक्छौं  । परिश्रमीले आफ्नै वरिपरी अवसर देख्छन् ।
हेर्दा र सुन्दा सामान्य लाग्नसक्छ, तर त्यही सामान्य लाग्ने काममा असामान्य सम्भावना हुनसक्छ  । यसका उदाहरण हुन्— पूर्णबहादुर थापा ।
स्याङ्जाको बिरुवा गाउँपालिका वडा नम्वर ६ गैह«ीका पूर्णबहादुर सामान्य कृषकका रुपमा चिनिन्छन्  । थापाको पुरानो गाउँ चापाकोट नगरपालिका ९ पिपलडाँडा हो  । थापाले विगत ४० वर्षदेखि ज्याग्दीखोला गैह«ीमा कृषि पेशासँगै आफ्नो जीवनयात्रा अगाडि बढाइरहेका छन्  । त्यसो त पैसा कमाउन बाहिरजाने क्रममा तीन वर्षजति मलेशियामा वैदेशिक श्रमको अनुभव गरेर फर्केका हुन्  । मलेशियामा जति श्रम र समय लगाएर यहाँ गर्ने हो भने त्यसको डवल कमाई गर्न सकिने उनको अनुभव छ ।
अहिले थापाको आयआर्जनको माध्यम वन मौरी बनिरहेको छ  । जङ्गलबाट उठाएर ल्याएको मौरी विस्तार गर्दैजाँदा थापासँग अहिले २५ घार छन्  । गत वर्ष आँफूले खाएर र इष्टमित्रलाई दिएर पनि करिव एक क्वीण्टल मह विक्रि गरेका उनको आय आर्जनको माध्यम त्यही मौरी बन्दै आएको हो ।
एकदिन काठ काट्ने शिलशिलामा जङ्गल गएका थापाले एउटा रुखमा मौरीको पोका देखे  । यो भन्दा पहिला“ उनलाई मौरी पाल्ने कुनै सोंच नै आएको थिएन  ।
मौरी त राम्रो कुरा हो, यसो विचार गरौं न, कसो नहोला र भनेर घरमा लैजाने विचार आयो  । अनि घरमा ल्याएर मुढे घारमा राखे  । न त अनुभव, न कसैको सल्लाह, न त कुनै ज्ञान थियो, मात्र गाउघरमा बुढा पाकाले पालेका मौरीका एक दुई मुढे घार देखेका थिए  । त्यही जङ्गलबाट ल्याइएको सेरेना मौरी विस्तार गर्दैजाँदा अहिले २५ घार भएका छन्  । मुढे घारमा आफ्नै तरिकाले पाल्दै गरेको मौरी विस्तारै आधुनिक घारको प्रयोगसँगै मह उत्पादनमा वृद्धि हुदैजाँदा थापाको लागि अहिले आय आर्जनको माध्यम बन्दै आएको छ ।
थापा भन्छन्, “मह जस्तो चीज आँपूmले खान  र अरुलाई पनि चखाउन पाइएको छ भने बढि भएको विक्रि गरेर आम्दानी पनि लिन पाइएको छ  । लाग्छ, ती मौरीले मलाई नै पर्खेर बसेका रहेछन्  । अहिले तिनै मौरीलाई थप विस्तार गर्ने योजनामा छु  । यसकासाथै गोला फुटालेर गोलासहितका घार विक्रि गर्ने सोंचमा छु ।”
उनले सुरु गरेको साढे दुईवर्ष भैसकेको छ  । छरछिमेकमा अरुले पनि मौरी पाल्ने रुचि गर्न थालेका छन्  । ज्याग्दीखोला क्षेत्र मौरीपालनका लागि उपयुक्त रहेछ भन्ने देखिएको थापाले भने  । मौरीका लागि वन जङ्गल मुख्य चरन हो  । यो क्षेत्रमा वारिपारी प्रसस्त वन बुट्यानहरु छन्, त्यसैले चिनी चास्नी अहिलेसम्म प्रयोग गर्न नपरेको उनले बताए  ।
यो वर्ष पनि करिव १ क्वीण्टल मह उत्पादन भएको थियो  । बजारको समस्या छैन, घरबाटै विक्रि हुन्छ  । गाउँभन्दा बाहिरदेखि पनि माग आउन थालेको छ  । त्यसैले अब अरु विस्तार गर्ने सोंचमा छु, थापाले सुनाए  । आफ्नोसँगै जोडिएको ४ रोपनी जग्गा ८० हजारमा बन्धकीमा लिएर खेतिपातीकोसाथमा अन्य उत्पादनमा जोडिएको हुँ उनले थपे  । ५५ वर्षीय थापाका श्रीमती दुर्गामायाँकोसाथमा २ छोरा र १ छोरी छन्  । छोरीको विवाह भैसकेको छ भने छोराहरु पनि तन्नेरी भएका छन्  । जिविकोपार्जनका लागि आफ्नै ठाउँमा अवसर छ भन्ने अनुभवले देखाएको र यसैमा रमाउने गरेको थापाको भनाई छ ।
Previous Post

लेकाली घुम्ती गोठ र गोठालाहरुलाई प्रोत्साहन गरिने

Next Post

कृषि एम्बुलेन्सको पर्खाइमा किसान देखि उपभोक्तासम्म

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
कृषि एम्बुलेन्सको पर्खाइमा किसान देखि उपभोक्तासम्म

कृषि एम्बुलेन्सको पर्खाइमा किसान देखि उपभोक्तासम्म

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In