महेन्द्र जीसी/आरसी टाइम्स
पर्वत, भाद्र ३
नेपाल सरकारले २५ रुपैयाँमा उपलब्ध गराउँदै आएको गाई भैँसीको कृतिम गर्भाधान (एआइ सेवा) किसानले महंगो शुल्क तिर्नु परेको गुनासो गरेका छन् । पशु विज्ञ केन्द्र तथा भेटेनरी अस्पताल मार्फत २५ रुपैयाँमा उपल्ब्ध हुने एआई किसानका गोठमा पुगेर नगर पालिकाका कर्मचारीहरुले महंगो शुल्क लिने गरेको पशु पालक किसानहरुले बताएका छन् । कुश्मा ८ का सृजनशिल कृषि तथा पशु फर्मका सञ्चालक सृजन शर्माले एआई गराउँदा सरकारी चिकित्सकले महंगो शुल्क लिने गरेका कारण मर्का परेको बताएका छन् ।
यसै गरी अर्का किसान विष्णु प्रसाद भुवाँजीले पनि पशु चिकित्सकको मनोमानीका कारण आँफुहरु मारमा परेको बताए ।
सरकारी सेवा महंगो बन्दा पेशा नै छोडनु पर्ने भएको किसानहरुले बताएका छन् । नगर पशु सेवा शाखाले भने कुश्मा नगर कार्यपालिकाले कुनै पनि ऐन—नियम नबनाई दिएका कारण चिकित्सकले आँफुखुशी शुल्क लिने गरेको बताएको छ । शाखाका अधिकृत राजेन्द्र सुवेदीले ए आई सेवा शुरु भए बाट अहिले सम्म चिकित्सकको अनुकुलमा शुल्क निर्धारण गरेर किसानलाई सेवा दिँदै आएको बताए ।
१४ वडा रहेको पर्वतको कुश्मामा जिल्ला कै धेरै व्यावसयीक पशु फर्महरु रहेका छन । कुश्मा नगर पालिकामा दुई सय हाराहारी पशु चौपायका फर्महरु रहेका छन ।