राष्ट्रीय रुपमा कृषि गणना सकिएको हालैको हप्तामा पोखरा महानगर कृषि विकास महाशाखाले कसानहरको डिजिटल प्रोफाइल बनाउने गरि किसान सूचीकरण अभियानको थालनी गरेको छ ।
नमुनाका लागि पोखरामा तरकारी तथा आलु उत्पादनको मुख्य पकेट षेत्रका रुपमा पहिचान बनाएको वडा नं २५ हेम्जामामा गणकहरुनै परिचालन गरेर सूचीकरण थालीएको जनाइएको छ । हालै १९ नं वार्ड अध्यक्षबाट गणकहरुलाई परिचयपत्र बितरण गर्दै औपचारिक रूपमा अभियान थालीएको कृषि महाशाखा प्रमुख मनहर कडरीयाले जनाएका छन् ।
पोखरा १९ पुरन्चौरमा रहेको प्राकृतिक श्रोत व्यवस्थापन क्याम्पसमा कृषि स्नातक पढ्दै गरेका २० जना कृषि विद्यार्थीलाई गणकको रुपमा खटाइ १० दिन भित्र वार्ड २५ को करिव ३ हजार सम्पुर्ण घरधुरीको कृषि बस्तुस्थितीको अनलाइन विवरण संकलन गरि किसान सूचीकरण गर्ने लक्ष राखीएको छ ।
यसै संकलीत तथ्यका आधारमा वडाका किसानलाई किसान परिचय पत्र उपलब्ध गराइने भविष्यमा किसान सहयोग तथा सम्मान कार्यक्रमको आधार बन्ने महानगर कार्यालयले जनाएको छ ।