• Aarsee Times
Tuesday, October 14, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कृृषक पाठशालाका गूरुको तरकारी उत्पादनका रोलमोडल उदाहरण

आरसी टाइम्स by आरसी टाइम्स
२० आश्विन २०८२, सोमबार २२:१६
in ऋषिकृषि, कृषि बजार, के हुँदैछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
कृृषक पाठशालाका गूरुको तरकारी उत्पादनका रोलमोडल उदाहरण
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
पोखरा, असोज २०
कृषकहरुलाई शत्रु जीव र मित्रू जीव चिनाउँदै , एकिकृत अर्गानीक तरकारी उत्पादनका उपायहरु सिकाउँदै आएका कृृषक पाठशालाका गूरु चित्रनाथ पौडेलले स्थानीय स्रोत प्रयोग गरी प्लास्टिक घरभित्र गोलभेडा खेतीमा दिगो उत्पादनको सफल मोडेल प्रस्तुत गरेका छन्  । स्वस्थकर तरकारी उत्पादनमा किसानहरुलाई मुखरित गर्न ‘पैसा तीरी रोग नबेसाउ’ सडक नाटक अभियान सुरुगरेका पौडेलले रसायानिक विषादी न्युनीकरण र स्वस्थ तरकारी उत्पादनमार्फत शहरलाई स्वस्थकर तरकारी आपुर्ती दिन सकिने सोचका साथ एक दशकबढी देखि व्यवसायिक तरकारी खेतिमा संलग्न हूँदै आएका छन्  । हेमजाको कृषि भूमि र पोखराको उपभोक्ता बजारका बीच नगद सटही गर्न सकिने उपाय सुझाउँदै कृषक समूहको अगुवाइ गर्दै आएका पौडेल बर्षेनी हरेक मौसममा गोलभोडा र ताजा तरकारी उत्पादन तथा बजारिकरणमा रोलमोडल पहिचान बनाएका छन्  । उनल पोखरा, २५ हेम्जामा स्थानीय स्रोत र सीपको उपयोगद्वारा दिगो तरकारी उत्पादन सम्भव हुने प्रमाण प्रस्तुतगर्दै कम लागतमा उत्पादन, पर्यावरणमैत्री अभ्यास र आत्मनिर्भर प्रणाली विकास गर्दै खेतीलाई निरन्तर लाभदायक बनाउन सफल भएका छन्  ।
पौडेलले स्थानीय स्रोतका रुपमा पाइने बासको संरचनाबाट प्लास्टिक घर निर्माण गरेका छन् , जुन कम्तिमा पाँच वर्षसम्म टिकाउ देखिएको छ  । उनले प्रयोग गर्दै आएको प्लास्टिक आवरण पाँचदेखि सात वर्षसम्म प्रयोगयोग्य हुने गरेको छ  । हावाहुरीको मौसम (फागुन—बैशाख ) प्लास्टिकलाई झिकेर सुरक्षित राख्ने र नियमित सरसफाइ गर्ने गर्दा रोग तथा किराको संक्रमण न्यून भएको उनले जनाएका छन्  ।
हाल हेम्जा क्षेत्रमा सयभन्दा बढी टनेलघरमा गोलभेडा उत्पादन भइरहेको छ, जसमा पौडेल अग्रपंक्तिका कृषक हुन्  । जेष्ठ–असारमा रोपिएको गोलभेडा पुस–माघसम्म निरन्तर फल लिइरहन सकिने उनको अनुभव छ  । प्लास्टिक घरभित्र बनाइएको सानो पोखरीमा आकासे पानी संकलन गरी आवश्यक समयमा सिँचाइका लागि प्रयोग गर्ने र पर्याप्त घाम, सन्तुलित तापमान र स्वच्छ वातावरणका कारण रोग—किराको प्रकोप न्यून र फलको गुणस्तर उच्च हुने गरेको उनको सिकाइ छ  ।
पौडेलले आफ्नो उत्पादन आफैं बजारमा बिक्री गर्छन्  । उनका अनुसार स्थानीय पोखरा बजारमा घरेलु उत्पादनप्रति ग्राहकको विश्वास बढ्दो छ र किसानहरूले पनि राम्रो मूल्य पाउन थालेका छन्  । पोखरा शहरमा विभिन्न कारणले बाहिरी जिल्लाबाट यातायात रोकिएर तरकारीमा हाहाकार तथा उच्च महङ्गी हुने गरेको विगतको प्रकरण पौडेलजस्तै किसानहरुले गरेको पहलले साना किसान समेत तरकारी उत्पादनबाट बजारिकरण गर्न अभिमुख भएकाले बजारमा रैथाने तरकारीको पहुँच धानीरहेकोछ  ।
उनको संगत र सिकोबाट पोखरा उपत्यकाका कृषकहरूलाई आत्मनिर्भरता, दिगोपन र आधुनिक प्रविधिसँग सन्तुलित कृषि प्रणालीतर्फ प्रेरित गरेको देखिन्छ ।

Previous Post

‘पढेकाले हलो र थलो विर्सीए’

Next Post

धान पाक्ने बेलामा फड्के किराको प्रकोप

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
धान पाक्ने बेलामा फड्के किराको प्रकोप

धान पाक्ने बेलामा फड्के किराको प्रकोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In