• Aarsee Times
Tuesday, December 30, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

जलवायु परिवर्तनको चापले मार्फाली बागवानी उपल्लो मुस्ताङ्ग जाँदै

आरसी टाइम्स by आरसी टाइम्स
२५ कार्तिक २०८२, सोमबार २०:४४
in ऋषिकृषि, कृषि बजार, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
जलवायु परिवर्तनको चापले मार्फाली बागवानी उपल्लो मुस्ताङ्ग जाँदै
0
SHARES
47
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
मुस्ताङ्ग, २४ कार्तिक
जलवायु परिवर्तनले माटो र मौसम मात्र होइन वानस्पतिक चक्रहरुमा पनि क्रमिक परिवर्तन ल्याउन थालेपछि सरकारको तल्लो मुस्ताङ्गमा रहेको शीतोष्ण बागवानी विकास केन्द्र, मार्फाले आफ्नो अनुसन्धानात्मक क्षमता र शीतोष्ण वाली अनुसन्धान हैसीयत सुरक्षाका लागि उपल्लो मुस्ताङ्गको घमी गाउँमा विस्तारित शाखा सञ्चालनको तयारी थालेको छ । उपल्लो मुस्ताङ्गको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको पूरानो घमीमा शीतोष्ण बागवानी विकास केन्द्र, मार्फाको सेटेलाइट फार्म स्थापनाका लागि जग्गा प्राप्ती प्रक्रिया पनि सम्पन्न भइसकेको फार्म प्रमुख पद्मनाथ आत्रेयले व्युरोलाई जनाएका छन् । घमीको प्रस्तावित वागवानी फार्मका लागि मालपोत कार्यालय मुस्ताङले सरकारी जग्गा नीति २०७९बमोजिम ८०१ रोपनीभन्दा बढी क्षेत्रफलको सरकारी जग्गा उपयोग प्रमाणपत्र बागवानी केन्द्रलाई प्रदान गरेको जनाइएको छ ।
शीतोष्ण बागवानी विकास केन्द्र, मार्फाका प्रमुख आत्रेयका अनुसार यो फार्मको उद्देश्य जलवायु परिवर्तनका कारण माथिल्लो क्षेत्रमा सर्दै गइरहेका स्याउ र अन्य शीतोष्ण फलफूल प्रजातिहरूको जर्मप्लाज्म संरक्षण र उच्च उचाइमा अनुकूल खेती परीक्षण गर्नु रहेको छ ।

मार्फामा रहेका ३५ भन्दा बढी स्याउका जातहरू र अन्य फलफूलहरू -ओखर, आरु, खुर्पानी, स्वीट चेरी, अंगुर, र कागजी बदामलाई नयाँ सेटेलाइट फार्ममा सारेर दीर्घकालीन अनुसन्धान  गर्न तयारी भइरहेको केन्द्रले जनाएको छ ।
स्थानीय किसानका अनुसार पछिल्ला वर्षहरूमा मनसुनको समय र वर्षा ढाँचा परिवर्तन भई तल्लो मुस्ताङमा स्याउ र तरकारी बीउ उत्पादन कठिन हुँदै गएको छ ।
हिमरेखाले उचाइ लिन थालेको, मनसुनी वर्षाले हिमाल आरोहण गर्दै मुस्ताङ्गमा पनि वर्षे झरीहुन थालेपछि हिमपातमा उपयुक्त हुने प्रजातीका वनस्पतिको वंश सुरक्षाका लागि पनि हिमपात हुने शितोष्ण लेकाली क्षेत्रतिर विस्तारित हुनु जलवायु अनुकुलनताका उपायहरु मानिएको छ ।

यो सेटेलाइट फार्म फलफूलको आयात प्रतिस्थापन, अनुसन्धान, र कृषि पर्यटन प्रवद्र्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । मुस्ताङका बाँझा जमिनहरूलाई लिजमा कृषक समूह वा सहकारीमार्फत उत्पादनशील बनाउन सकिने सम्भावनामा पनि यो अनुसन्धानले खुलाउने छ । यो प्रयासका लागि स्थानीय निकायहरू, जिल्ला प्रशासन, मालपोत, नापी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, र राष्ट्रिय फलफूल विकास केन्द्रको संयुक्त पहल र चार वर्षको प्रयासपछि यो अवधारणा मूर्तरूपमा आएको फार्मका प्रमुख आत्रेयले जनाएका छन् ।

Previous Post

‘एक स्वास्थ्य’ का लागि एकीकृत पहल गर्न सरोकारवालाहरू राजी

Next Post

एन्टिबायोटिकले काम नगर्ने अवस्था बढदो

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
एन्टिबायोटिकले काम नगर्ने अवस्था बढदो

एन्टिबायोटिकले काम नगर्ने अवस्था बढदो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • brainrot merge on गोवर मलको गुणस्तर बढाउन शुक्ष्मजीवाणु (ईएम) प्रभावकारी उपाय 
  • केशव राज काफ्ले on गोवर मलको गुणस्तर बढाउन शुक्ष्मजीवाणु (ईएम) प्रभावकारी उपाय 
  • केशवराज काफ्ले ९८५१२२२५८३ on पशु मल–मुत्र विरुवाका लागी सन्तुलीत खाद्यपदार्थ
  • IslaMartin on कोदो छाडेर किवि खेती गर्दै दुर्लुङका खेम गुरुङ
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In