आरसी टाइम्स व्युरो
पोखरा, मार्ग ८
मानव र पशुपंक्षीजगतमा प्रतिजैविक प्रतिरोध अर्थातः एन्टिबायोटिकले काम नगर्ने अवस्था तीव्र गति बढ्दैगएको प्राविधिकहरुले जनाएका छन् । बोलिचालिमा एन्टिबायोटिकले काम नगर्ने अवस्था भनेर बुझिने यो समस्या मानवीय उपचार मात्र होइन, पशु स्वास्थ्य, कृषि, वातावरण—सबै क्षेत्रमा जोखिम बढाउँदै गएको स्वास्थ्य विशेषज्ञहरूको चेतावनी दिएका छन् । हालै पोखरामा प्रतिजैविक प्रतिरोध रोकथाम सप्ताह मनाउने क्रममा विभिन्न सरोकारावालाहरुले यो समस्या नियन्त्रणका लागि बहु–पक्षिय सहकार्य आवश्यक रहेको जनाएका छन् ।
विशेषज्ञहरूका अनुसार अनावश्यक एन्टिबायोटिक प्रयोग गर्नाले मानव र पशुपालनमा अत्यधिक प्रतिजैविक प्रतिरोध बढदै गएको छ ।
हालै पोखरामा पशुसेवा विभागका तर्फवाट आयोजना गरिएको बहु—सरोकारवालाहरुका बीचको छलफलमा प्रादेििशक चिकित्शा विभागका रमेश केसी, पशु चिकित्शक गृष्म नेउपाने, मानवशास्त्री अर्जुन पोखरेल, प्रेसकाउन्सीलका सदस्य केशवशरण लामिछाने, उपभोक्ता पैरवीकर्ता मिना रानाभाट सहितको सम्वाद संचालन गरेर प्रतिजैविक प्रतिरोध समस्याका क्षेत्रमा भोगिएका सिकाइहरुका बारेमा सुन्ने सुनाउने काम गरिएको छ ।
प्राविधिक तथा उपभोक्ताहरुले जिम्मेवार युक्त औषधी सेवन नगर्नाले यो समस्या बढेको चिकित्शक रमेश केसीले बताए । प्रयोगशाला परिक्षण कल्चर गर्दा अधिकांश एन्टीबायोटिकलाई अति प्रयोग र न्युन प्रयोगका कारण व्याक्टेरियाले पचाउने क्षमता बढेको वा म्युटेसन भएर औषधी पचाउने क्षमता बढदै गएकाले विरामीहरुलाई पुराना प्रयोगमा आइरहेका एन्टीवायोटिकले कामगर्न छोडेको अवस्था बढदो रुपमा देखिन थालेको चिकित्शक केसीले बताए । सात वर्ष पहिले गरिएको एक अनुसन्धान अनुसार ७३ प्रतिशत एन्टीवायोटिक औषधी चित्शिकको सिफारिस पर्चा (प्रेसक्रिप्सन) विना नै अस्पताल भन्दा बाहिर फार्मेसीहरुबाट उपभोक्ताहरुमा वितरण भएको पाइएको छ । आजकल हरेक अस्पतालमा प्रतिजैविक प्रतिरोध विश्लेषण इकाइ गठन गरिएको पनि केसीले बताए ।

यस्तो समस्या पशुपंक्षि उपचारमा पनि देखिएको पशु चिकित्शक गृष्म नेउपानेले बताए । एन्टीवायोटिक औषधी जथाभावी प्रयोग गर्नाले यस्तो समस्या आएकाले आजकल जैविक सुरक्षाका उपायहरु अपनाउन सुझाउने गरिएको नेउपानेले बताए ।
नजानेको र मात्रा विगारेको औषधीले हानी पुर्याउने लोक मान्यता र कहावत समेत रहेको बताउँदै मानवशास्त्री अर्जुन पोखरेलले कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा भन्ने सामाजिक सन्देशमा ख्याल राख्नु पर्ने बताए । रैथाने ज्ञानको बेवास्ता र आयाति प्रविधिका ठीम्रागोली खाने प्रचलन बढाउने प्रपञ्चले यस्तो समस्या आएको पोखरेलले दावी गरे । डाक्टरहरु पाउन गाह्रोर बढी पैसा खर्चनु पर्ने अवस्था आएकाले चित्शिकको सिफारिस पर्चा (प्रेसक्रिप्सन) विना नै अस्पताल भन्दा बाहिर फार्मेसीहरुबाट औषधी किन्न उपभोक्ताहरुलाई प्रेरित गरेको पोखरेलले बताए । पशुमा औषधी भन्दा माटोमा विषाधीका कारण अझ समस्या जटिल बन्दै गएको पोखरेलको तर्क छ ।

उपभोक्ताहरुमा चित्शिकको सिफारिस पर्चा (प्रेसक्रिप्सन) विना नै अस्पताल भन्दा बाहिर फार्मेसीहरुबाट औषधी लिने र मात्रा मिलाएरमात्र उपभोग गर्ने सबालमा सरकारले नै उपभोक्ता शिक्षामा जोड दिनु पर्ने खाँचो रहेको अधिवक्त मिना रानाभाटले जोड इिन् । उपभोक्ताका लागि सहज पहुँच, सुरक्षीत क्षेत्र र तुरुन्त सुधारात्मक प्रभाव जरुरी लाग्ने भएकाले धैर्य गरेर पीडा सहनु भन्दा तुरुन्त चित्शिकको सिफारिस पर्चा (प्रेसक्रिप्सन) विना नै फार्मेसीहरुबाट एन्टीवायोटिक औषधी लिन खोज्ने उपभोक्ता मनोविज्ञिान रहेको रानाभाटले दावी गरिन् । सोसल मिडियाकाट उपभोक्ता शिक्षालाई सहजीकरण गर्न सकेमा समाधानमा टेवा पुग्ने उनको तर्क छ ।
एन्टीबायोटिकको गलत प्रयोग रोक्न मिडियाको भूमिका खोजी भएको प्रति प्रेस काउन्सीलका सदस्य केशव शरण लामिछानेले समस्या उठाउने शैलीको पत्रकारीता विकास भइरहेकाले समाधान खोज्ने पत्रकारीता शैलीको विकास हुन बाँकी रहेको बताए । एन्टीवायोटिकको गलत प्रयोग रोक्न उपभोक्ता धारण बनाउन मिडियाको भूमिका हुने नै हो , तर प्रश्न उठाउनका लागि अग्रसर पत्रकारीताले समाधान दिने ‘सोलुसन जर्नालिजम’ गर्न छुटेको विषय भएको, डाक्टरको भन्दा धामीको भरोसा मान्ने सामाजिक व्यवहार बाक्लो भएकोले पनि यस्ता समस्या रहेको लामिछानेको तर्क छ । मिडियामा आएका सबैकुरा भरोसालाग्दा हुदैनन् र भरोसाको मिडीया छानेर मात्र सुचना पत्याउनु पर्ने हुन्छ भन्दै मिडिया शाक्षरता बढाउनु खाँचो रहेको लामिछानेले जोड दिए । सम्वादका क्रममा उठेका सबालहरुलाई सम्बोधन गर्दै पशुचिकित्शक गृष्म नेउपानेले पशुकल्याणका कुरामा कमजोर अभ्यासका कारण पशुमा स्वास्थ्य उपचार जटिल र जोखिम बन्दै गएको , ठुला पशुलाई औषधी सेवा कठिन भएकाले पनि मात्रामा गडबढी हुने गरेको, कम औषधी र बढी औषधी उत्तीकै जोखिम रहेको बताए ।
साताभरी प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, वर्तमान जोगाऔँ—भविष्य सुरक्षित पारौँ भन्ने अभियान नै चलाइएको छ । नेपाल सरकारले प्रतिजैविक प्रतिरोध रोकथाम तथा व्यवस्थापनका लागि प्रतिजैविक प्रतिरोध राष्ट्रिय कार्ययोजना पनि जारी गरेको छ । स्वास्थ्य अधिकारीहरूको भनाइमा, योजना प्रभावकारी रूपमा लागू हुन सके उपचार असफलता रोक्न र हजारौं जीवन बचाउन सकिन्छ ।
एक स्वास्थ्य दृष्टिकोणलाई संस्थागत बनाउँदै, नेपालले आगामी वर्षहरूमा सचेतना, निगरानी, परीक्षण क्षमता वृद्धि र जिम्मेवार औषधि उपयोगमा ध्यान दिनुपर्ने आवश्यकता बढ्दै गएको छ ।

