• Aarsee Times
Tuesday, December 16, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

मह तथा मौरी मेलामा सरोकारवालाहरु कठघरामा 

महको स्वास्थ्यदेखि बजारको शुद्धतासम्म बहस

आरसी टाइम्स by आरसी टाइम्स
१ पुष २०८२, मंगलवार ००:३६
in ऋषिकृषि, कृषि बजार, गण्डकी गौरव, फिचर
0
मह तथा मौरी मेलामा सरोकारवालाहरु कठघरामा 
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter
आरसी टाइम्स व्युरो
पोखरा, मार्ग २९ 
पोखरा महानगरको कृषि विकास शाखाले हालै आयोजना गरेको मह तथा मौरी मेलाका अवसरमा मौरीपालन क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुलाई कृषि सबालको  कठघरामा उभ्याइएको छ  । मह उत्पादन, मौरीका रोग, महबजार,  कृषि नीति र बजार सुशासनका विषयमा कठघराम उभ्याइएका प्रतिनीधीहरुमा गम्भीर छलफल भएको छ  । उक्त अवसरमा मौरीपालक महासंघका श्रीभद्र बराल, मौरी अनुसन्धानकर्ता सुजन अमगाई, स्थानीय तह प्रतिनधिी अमृत तिमिल्सीना, महानगर कृषि शाखा प्रमुख मनहर कडरीया र प्रदेश सरकारका कृषि सचिव बासुदेव रेग्मीसमेतको सहभागीतामा भएको बहशमा जलवायु परिवर्तन, विषादी प्रयोग र बजार व्यवस्थापन मौरीपालन क्षेत्रका प्रमुख चुनौतीका रूपमा औंल्याइएको छ  ।
मौरीपालक महासंघका अध्यक्ष श्रीभद्र बरालले मौरीपालनबाट किसानले वार्षिक आम्दानी लिन सक्ने सम्भावना भए पनि पछिल्ला वर्षहरूमा मौसमी अनिश्चितता, नयाँ–नयाँ रोग र विषादीको अन्धाधुन्ध प्रयोगले उत्पादन घट्दै गएको बताए  । ‘मह उत्पादन बढाउन सकिन्छ, तर मौरी सुरक्षित नभएसम्म किसानको आम्दानी सुरक्षित हुँदैन,’ उनले भने  ।
उनका अनुसार कासकीका मह उद्यमीले प्रत्यक्ष बजारिकरणमार्फत उपभोक्तासँग जोडिएकाले स्थानीय मह बजारमा विचौलीयाको प्रयोग नभएको बताए  ।
मौरी अनुसन्धानकर्ता सुजन अमगाईंले मौरीमा देखिँदै आएका रोग, कीरा र जलवायु परिवर्तनका असरबारे अनुसन्धान जारी रहेको जानकारी गराए  । ‘जलवायु परिवर्तनसँगै मौरीको व्यवहार, फूल फुल्ने समय र परागकण प्रणालीमा परिवर्तन देखिन थालेको छ,’ उनले भने  । उनले जैविक र जलवायुमैत्री मह उत्पादनका लागि वैकल्पिक प्रविधि र व्यवस्थापन अभ्यास विकास हुँदै गएको पनि उल्लेख गरे।
महानगर कृषि महाशाखाका मनहर कडरियाले मौरीपालकका लागि घार, सामग्री र अनुदान वितरण पारदर्शी प्रक्रियामार्फत भइरहेको दाबी गरे। तथापि, बहसमा सहभागीहरूले अनुदानसँगै गुणस्तर अनुगमन र उपभोक्ता सचेतनामा पनि स्थानीय तह सक्रिय हुनुपर्ने धारणा राखेका थिए।
प्रदेश कृषि सचिव बासुदेव रेग्मी ले ‘एकै विश्व—एउटै स्वास्थ्य’ नीतिअनुसार मौरीलाई कृषि र वातावरणको संवेदनशील सूचकका रूपमा हेर्नुपर्ने बताए  । उनले रासायनिक विषादीको प्रयोग पूर्णतया नियन्त्रण गर्न नसकिने, सन्तुलीत र सुरक्षित प्रयोग गर्न सकेमा पनि महको शुद्धता निर्माणमा योगदान पुग्ने बताएका थिए  ।
बहशमा महानगर वडा नं १६ का वडाध्यक्ष अमृत तिमिल्सीना ले ‘एक वडा–एक कृषि प्राविधिक’ व्यवस्था गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न नसकिएको भएपनि एक प्राविधिकका लागि ४ देखि ६ वडा ‘डेडीकेट’ गरेर भएपनि सेवा—टेवा गरेको र आफनो वडामा एक वडा एक प्राविधिक व्यवस्थापन गर्न नीतिगत रुपमा बाधा नभएको बताए  । तर बहसमा किसान प्रतिनिधिहरूले कृषि उत्पादनमुखी वडामा प्राविधिक जनशक्तिको अभाव अझै चुनौतीकै रूपमा रहेको बताए  ।
बहसको निष्कर्षमा सहभागीहरूले मौरीको स्वास्थ्य संरक्षण, विषादी नियन्त्रण, जैविक मह उत्पादन प्रवद्र्धन र पारदर्र्शी बजार व्यवस्थापन बिना मौरीपालन क्षेत्र दिगो हुन नसक्नेमा जोड दिए  । मह तथा मौरी मेलाले कृषि उत्पादन र पोषणको विकल्पको श्रोत दिनमा मौरीको योगदान तथा प्रकृतिका कुटुम्ब किराहरुको योगदानबाट मानिसका लागि समृद्धिको पहल भएकाले उनिहरु प्रति ‘हार्मोनीपूर्ण’ सम्बन्धको खाँचो रहेको सहभागीहरूको निष्कर्ष रहेको छ  ।
मेलाकै अवसरमा किसानहरुका बिच वक्तृत्वकला प्रतियोगिता, महकाडने प्रतियोगिता, खुल्ला कृषि प्रस्नोत्तरी प्रतियोगिता समेत आयोजना गरिएको थियो  । वक्तृत्वकला र महकाडने प्रतियोगितामा पचभैयाका मौरीपालक  सुर्य लामिछाने  प्रथम भएका छन भने चापाकोटका जीवनाथ लामिछानेले दोश्रो पुरस्कार पाएका छन्  ।  मेलाका अवसरमा पोखरा महानगर पालिका ३३ निबासी गोबिन्द चापागाईलाई महानगर कै उत्कृष्ट मौर्रीपालक पुरस्कार द्वारा पुरस्कृत गरिएको जनाइएको छ  ।
Previous Post

गड्यौली मलमा ‘प्रेरणाको पहल’

Next Post

गोवर मलको गुणस्तर बढाउन शुक्ष्मजीवाणु (ईएम) प्रभावकारी उपाय 

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post

गोवर मलको गुणस्तर बढाउन शुक्ष्मजीवाणु (ईएम) प्रभावकारी उपाय 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • केशव राज काफ्ले on गोवर मलको गुणस्तर बढाउन शुक्ष्मजीवाणु (ईएम) प्रभावकारी उपाय 
  • केशवराज काफ्ले ९८५१२२२५८३ on पशु मल–मुत्र विरुवाका लागी सन्तुलीत खाद्यपदार्थ
  • IslaMartin on कोदो छाडेर किवि खेती गर्दै दुर्लुङका खेम गुरुङ
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In