आरसी टाइम्स व्युरो
पोखरा, पौष ७
पोषणको दुनीयाले कोदोको बखान गर्दै कोदो वर्ष मनाउनुभन्दा पहिलेदेखि कास्कीको अन्नपूर्ण गाउँपालिकाले कोदो उत्पादनमा अनुदान अभियान संचालन गर्दै रैथाने कोदो उत्पादनमा प्रोत्साहन गर्न थालेको थियो । कोदो उत्पादन पछि पर्यटन बजारमा कोदोका परिकार पस्कने योजना सहित पर्यटकीय मेला समेत आयोजना थर्ने गरि हरेक वर्ष पौष महिनाको पहिलो सातामा हुँदै आएको अन्नपूर्णको पञ्चासे परिधिमा कोदो महोत्सव यो वर्ष पनि निरन्तर रह्यो ।
अन्नपूर्ण गाउँपालिकाको भदौरेस्थित खेलमैदानमामा २७ औँ सृंखलाको भदौरे पञ्चासे कोदो महोत्सव आयोजना गर्दै कृषि जैविक विविधता समेत प्रदर्शनी गरिएको छ ।
यो मेलालाई अन्नपूर्ण गाउँपालिकाले आफ्नो संस्थागत कार्यक्रमका रुपमा ब्राण्डीङ्ग पनि गर्दै आएको छ । मेलाले स्थानीय उत्पादन र नागरिक एकतामा सहजिकरण गर्दै आएको पालिका अध्यक्ष विष्णु केसीले दावी गर्दै भदौरे र पञ्चासे क्षेत्रको पहिचानसँग जोडिएको कोदो र स्थानीय कृषि उपजको प्रवद्र्धनका लागि कोदो महोत्सव नै ब्राण्ड भएको बताए ।
कोदो मेलाका अवसरमा रैथाने बाली, कोदोका विभिन्न परिकार र कृषि जैविक विविधताको प्रदर्शनी गरिएको छ ।

