• Aarsee Times
Thursday, January 22, 2026
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

अकबरे खुर्सानी : उच्च आम्दानीको सम्भावना

आरसी टाइम्स by आरसी टाइम्स
६ माघ २०८२, सोमबार १३:४७
in ऋषिकृषि, कृषि बजार, के हुँदैछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
अकबरे खुर्सानी : उच्च आम्दानीको सम्भावना
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

आरसी टाइम्स व्युरो
गोरखा, माघ ५
पहाडी भेगमा अकबरे खुर्सानी खेती गरेर १ रोपनी जमिनबाट वार्षिक १ लाखदेखि १ लाख ५० हजार रुपैयाँसम्म खुद आम्दानी गर्न सकिने गण्डकी गाउँपालिकाका कृषक धानबहादुर थापाले जानकारी दिएका छन् । उनका अनुसार अकबरे खुर्सानीको बजार माग स्थिर र सुनिश्चित रहेको छ भने अन्य बालीजस्तै बाँदरबाट हुने क्षति नगण्य हुने भएकाले यो बाली कृषकका लागि थप आकर्षक बन्दै गएको छ ।
याङ्गदीका किसान धनबहादुर थापाले सात रोपनीमा गरेको अकबरे खुर्सानी खेतिबाट बार्षिक ८ टन उत्पादन भएको जनाएका छन् । मौसमी बजारमा प्रति किलो ३५० रुपैया देखि कमजोर बजारका बेला पनि १०० रुपैया प्रतिकेजी सम्ममा व्यापार हुने गरेको थापाले जनाए ।

उत्पादन, संकलन र बिक्री प्रक्रियालाई व्यवस्थित बनाउने हो भने पहाडी कृषकको आम्दानी बढाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने थापाले जनाए । उनका अनुसार हाल उत्पादन व्यक्तिगत प्रयासमा सीमित रहेकाले अकबरे खुर्सानीको मूल्य श्रृंखला अध्ययन गरी उत्पादनदेखि बजारसम्मको संरचना स्पष्ट गर्नुपर्ने आवश्यकता देखिएको छ ।
गोरखाका विभिन्न क्षेत्रमा अकबरे खुर्सानीको व्यावसायिक खेती विस्तार हुँदै गएको पाइएको छ । विशेष गरी बारपाक सुलिकोट गाउँपालिका, सिरानचोक गाउँपालिका तथा गोरखा नगरपालिका अन्तर्गत लक्ष्मीबजार क्षेत्रमा अकबरे खुर्सानीलाई नगदे बालीका रूपमा खेती गरिँदै आएको छ । यी क्षेत्रहरूमा स्थानीय कृषकहरूले समूह र व्यक्तिगत दुवै स्तरमा उत्पादन गर्दै स्थानीय तथा क्षेत्रीय बजारमा आपूर्ति गरिरहेका छन् ।

कृषि विज्ञहरूका अनुसार अकबरे खुर्सानीको विशेष स्वाद, तीखोपन र औषधीय गुणका कारण होटल, रेष्टुरेन्ट तथा प्रशोधन उद्योगमा समेत यसको माग बढ्दो छ । यद्यपि उत्पादन लागत, बीउको गुणस्तर, रोग व्यवस्थापन, संकलन, प्रशोधन र बजार पहुँचजस्ता पक्षलाई समेटेर समग्र मूल्य श्रृंखला अध्ययन गर्न सके यस बालीलाई अझ व्यवस्थित र लाभदायक बनाउन सकिने कृषि विकास कार्यलय प्रमुख कुलप्रसाद तिवारीले जनाएका छन् ।
यस सन्दर्भमा अकबरे खुर्सानी खेतीमा संलग्न कृषक, प्राविधिक तथा सरोकारवालाहरूले आफ्ना अनुभव, चुनौती र सुझाव साझा गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । साझा सिकाइ र नीतिगत सहयोगका माध्यमबाट अकबरे खुर्सानीलाई पहाडी क्षेत्रको दिगो नगदे बालीका रूपमा स्थापित गर्न सकिने अपेक्षा गरिएको छ ।

Previous Post

रुपाको काउरेमा मौरीपालनः कृषकको जीवनस्तर उकास्दै

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • केशव राज काफ्ले on गोवर मलको गुणस्तर बढाउन शुक्ष्मजीवाणु (ईएम) प्रभावकारी उपाय 
  • केशवराज काफ्ले ९८५१२२२५८३ on पशु मल–मुत्र विरुवाका लागी सन्तुलीत खाद्यपदार्थ
  • IslaMartin on कोदो छाडेर किवि खेती गर्दै दुर्लुङका खेम गुरुङ
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In