महेन्द्र जीसी/आरसी टाइम्स
पर्वत,माघ १९
हिउँदका दिनमा सुख्खा रहने पर्वत फलेवास ६ को चौविस कुरीया र सात कुरीया फाँट अहीले हराभरा रहेको छ । गत वर्ष सिँचाई डिभिजन कार्यलय पर्वतबाट भुमीगत सिँचाई उत्खनन गरेर सिचाईको व्यवस्था गरीएपछि अहीले सयौं रोपनीको फाँट हराभरा भएको हो । फाँटमा हराभरा बनाउन किसानहरु तल्लीन भएपछि स्याङजा वीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान केन्द्रको सहयोगमा तेलहन वाली लुम्लेको सहजीकरणमा तोरीको मुल वीउको उत्पादन भईरहको छ । यसैगरि ८ प्रजातीको गहुँको मुल वीउको पनि अनुसन्धान भईरहको छ । शक्ती कृषि फर्मको मुल संयोजनमा १५ किसानको सहभागितामा तोरीको मुल वीउ उत्पादन भईरहेको हो भने विभिन्न ८ जातको गहुँको समेत अनुसन्धान भईरहेको छ । स्थानीयहरु भुमीगत पानीले सिचाई गर्न पाएपछि हिउँदे खेतीमा तल्लीन छन ।
अहिले सात कुरीया फाँट र चौवीस कुरीया फाँटमा दुई सय रोपनीमा लुम्लेँभ् एक तोरीको मुली वीउको खेती भईरहेको छ । अन्य क्षेत्रमा हिउँदे आलु , केराउ तथा मसुरो खेती भईरहेको छ । यसै गरी गहु अनुसन्धान केन्द्र भैरहवा मार्फत पनि ८ जातको गहुँमा अनुसन्धान भईरहेको छ । विगतमा वर्षहरुमा सिचाई कम लाग्ने खेती उखु र तरुल खेती केही मात्रमा हुने गरेको भएपनि अहीले पुरै खेत हराभरा भएको स्थानीय अगुवा किसान उजुर बहादुर नेपालीले बताउँछन ।
यस ठाउँमा ४३ के जी पहिलो पुस्ताको लुम्ले एक जातको तोरी लगाएर मुल वीउ उत्पादन गर्न लागीएको हो । गएको वर्षको परिक्षण सफल भएपछि तोरीको मुल वीउ उत्पादनको लागी खेती गरीएको हो । यसै गरी हिउँदमा पहाडी भेगमा लगाउने सकीने जातका ८ प्रजातीको गहुँमा समेत अनुसन्धान भईरहेको हो । यसरी हावापानी अनुकुल पहाडी भेगको समथर जमीन रहेका कारण सरकारका अनुसन्धान केन्दहरुले पहाडी भेगमा लगाईने हिउँदे वालीको अनुसन्धान प्रकृया अगाडी बढाई रहेका छन ।

