आरसी टाइम्स व्युरो
पोखरा,माघ १९
तल्लाकोटका हरियाली खेतबारीमा उभिएर हेर्दा लाग्छ—यहाँ बाँदरको आतंकले होइन, किसानको आशाले बाली लहरिएको छ । पोखरा महानगरपालिका वडा न २२ को बाँदर प्रभावित बाँझो जमिनमा रोपिएको अदुवा खेतीले किसानलाई आशा जगाएको छ । जुन खेत पहिले बाँदरले नष्ट पाथ्र्यो, त्यहीँ आज प्रति १० वर्गमिटरमा ५८ केजी अदुवा उत्पादन भइरहेको छ । ५०० केजी बीउबाट २ रोपनीमा लगाइएको यो खेतीले ५,००० केजी सम्म उत्पादन दिने आशा जगाएको छ । यो केवल अङ्क होइन—बाँदर पीडित किसानका लागि नयाँ जीवनको सुरुवात हो ।
पेखरा २२ का कृषि सञ्जाल अगुवाहरूका अनुसार उत्पादित बीउ अन्य बाँदर प्रभावित किसानहरूलाई निःशुल्क बाँडने र यो सफल मोडेलले पोखराका अन्य ११ वडा मा फैलिएको बाँदर समस्याको व्यावहारिक हल दिने पहल गरिने छ ।पोखराको यो सानो खेतले ठूलो सन्देश दिएको छ—समस्या नै अवसर बन्न सक्छ। बाँदरले खाने बाली छोडेर अदुवा जस्ता विकल्पतर्फ लाग्दा किसानको मुस्कान फर्कने सम्भावना बलियो भएको छ ।

