• Aarsee Times
Tuesday, March 10, 2026
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

राजमार्ग नजिकै कागती खेती फस्टाउँदै 

आरसी टाइम्स by आरसी टाइम्स
२५ फाल्गुन २०८२, सोमबार १८:४३
in कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर
0
राजमार्ग नजिकै कागती खेती फस्टाउँदै 
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter
आरसी टाइम्स व्युरो
गोरखा, फाल्गुण 25
 हरेक शहरी भान्सामा प्रायः खोजिने कागती विदेशी बजारबाट आउने र नेपाली मुल्य विदेशिने अवस्था अन्त्य गर्न राजमार्गसँग जोडिएका भित्री बस्तीहरूमा कागती खेती विस्तार हुन थालेको छ  । गोरखाको पालुङ्टार वडा नं ९ मा स्थानीय किसानहरूले करिब ३ हजार कागतीका बिरुवा रोपेर निरन्तर आय आर्जनको तयारी गरेका छन् ।
कृषि विकास कार्यालय गोरखाका प्राविधिकहरूले  स्थलगत अनुगमन गर्दै किसानहरुलाई स्थानगत परामर्श र बगेचा गोडमेल गर्न सहजिकरण गरिरहेका छन्  । प्राविधिकहरुले  नयाँ विरुवा रोपणभन्दा बगैंचा व्यवस्थापनमा जोड दिँदै काँटछाँटमा चोर हाँगा मुठार्न वा हटाउन  सुझाएका छन्  । मौसमी पात्रो अनुसार बगैचामा बोर्डाे मिश्रण र पेस्ट प्रयोग गर्न, सन्तुलित मल तथा पानी व्यवस्थापन गर्न सुझाव दिएका छन्  । यसले बिरुवाको स्वास्थ्य, उत्पादन र दीर्घायु सुनिश्चित हुने कृषि विकास कार्यलय गोरखाका प्रमुख कुलप्रसाद तिवारीले बताएका छन्  ।
पालुङ्टार क्षेत्रमा कागती खेतीको विस्तार राम्रो भएको र किसानहरू उत्साहित  भएको तिवारीले बताए  । बाँझो जमिन उपयोग गरी व्यावसायिक बागवानीतर्फ उन्मुख यो प्रयासले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।
स्थानीय कालिका महिला किसान क्लब र लालीगुराँस क्लबले सयौं रोपनीमा सुनकागती रोपे पनि काँटछाँट, मलखाद र रोग नियन्त्रणमा कमजोरी देखिएको छ ।
कृषि प्राविधिक तिवारीका अनुसार नियमित काँटछाँटले हावा प्रवाह र फल उत्पादन बढाउँछ भने काँटछाँटपछि बोर्डो मिश्रण (ताँबा सल्फेट र चूनाको मिश्रण) र बोर्डोे पेस्टले रोग नियन्त्रण गर्छ  । सन्तुलित मल, मल्चिङ र सिँचाइ व्यवस्थापनले बिरुवाको दीर्घायु सुनिश्चित हुने प्राविधिकहरुले सुझाएका छन् ।
पालुङ्टार—८ झाँक्राकी उजेली आले जस्ता किसानहरूले बाँझो खेतमा कागती रोपेर नयाँ आशा पाएका छन् तर तालिमको अभावले चुनौती थपिएको छ ।
 व्यवस्थापन सुधारिए आगामी ३—४ वर्षमै व्यावसायिक उत्पादन र बजार पहुँच सम्भव देखिएको छ  ।
उजेली आलेले दुई वर्ष बाँझो बसेको खेतमा कागती रोपेकी हुन्  ।
पहिले धान—मकैले राम्रो नदिएपछि सुनकागती १ जातका सय बिरुवा लगाएकी हुन  । तीन वर्षपछि फल आउने उनको आशा छ । यस्तै गरि कालिका महिला किसान क्लबकी कोषाध्यक्ष सुनिता थापाले क्लबमार्फत १ सय रोपनीमा १८ सय बिरुवा रोपेर  २२ घरधुरीले बाँझो जमिन उपयोग गरेका छन्  ।
त्यसैगरि लालीगुराँस किसान क्लबका  सचिव देवनिधि पाण्डेले ३० रोपनीमा ५ सय बिरुवा रोपेका छन् ।
यता पाण्डेवेशीका राजकुमार तामाङले दश वर्ष साउदी मा काम गरेर फर्केपछि नर्सरी सञ्चालन गर्दै कागती बिरुवा उत्पादन गर्न थालेका छन्  ।
यी किसानहरू बाँझो जमिन, बाह्रमासे फल र बाँदरजन्य हानिबाट सुरक्षित कागतीप्रति आकर्षित छन् , तर व्यवस्थापन तालिमको कमीले चुनौती थपिएको छ ।
पालुङ्टारका कागती किसानहरूको उत्पादन मुख्यतः स्थानीय बजार र नजिकका सहरहरूमा बिक्री हुने गरेको छ  । कागतिका लागि स्थानीय बजारमा गाउँ नजिकका हाटबजार र खुद्रा व्यापारीहरू मार्फत बिक्री हुने गरेको, पालुङ्टार, गोरखा बजार र आसपासका गाउँहरू प्राथमिक व्यापार गन्तव्य बनेका छन्  । यसैगरि नजिकका शहरहरूमा पोखरा, बुटवल र काठमाडौंका खुद्रा बजार तथा थोक व्यापारीहरूले माग गर्ने गरेको पाइएको छ  । राजमार्ग पहुँचले ढुवानी सहज भएको सहकारी र संकलन केन्द्र जस्ता इकाइ तथा कालिका महिला किसान क्लब जस्ता समूहहरूले संकलन गरी बुटवलसम्म पुर्‍याउने गर्छन  ।
Previous Post

विजयपुर खोला जलाधारमा तर्बुजा खेती अभियान

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • केशव राज काफ्ले on गोवर मलको गुणस्तर बढाउन शुक्ष्मजीवाणु (ईएम) प्रभावकारी उपाय 
  • केशवराज काफ्ले ९८५१२२२५८३ on पशु मल–मुत्र विरुवाका लागी सन्तुलीत खाद्यपदार्थ
  • IslaMartin on कोदो छाडेर किवि खेती गर्दै दुर्लुङका खेम गुरुङ
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In