आरसी टाइम्स व्युरो
पोखरा, जेष्ठ ३०
वार्षिक रुपमा कृषहरुलाई व्यवसायिक सेवा टेवा दिने जिम्मेवारीमा रहेका स्थानीय कृषि विकासका एजेन्सी कार्यालयहरुले मौसमी पात्रो अनुसार वाली तथा पशुसेवाका लागि विभिन्न अभियानमुलक कृयाकलापहरु संचालन गर्दै आएका छन् । यसै क्रममा पोखरा महानगरपालिका पशु सेवा शाखा को आयोजनामा वडा नं ३१ को बेगनास क्षेत्रमा बाख्रा मेला प्रदर्शनी र पशु उपचार शिविर सञ्चालन गरेको छ । उक्त पशु उपचार शिविरमा १५० जना कृषकहरु सहभागी भएको महानगरीय पशुसेवा शाखा प्रमुख नवराज अधिकारीले जनाएका छन् ।
शिविरमा पशु उपचारका क्रममा निशुल्क खोप दिइएको थियो भने गोबर परिक्षण तथा औषधि बितरण समेत गरिएको छ । विगतका गाउँ स्तरीय सेवा केन्द्रहरु नागरिक पहुँचमा निरन्तर हुन नसकेको अवस्थामा यस प्रकारका शिविरले नागरिकमा स्थानीय सरकारको प्राविधिक पहुँच बढाएको जनाइएको छ । उक्त अवसरमा उत्कृष्ट बोका तथा बाख्रा पालन गर्ने ८ जनालाइ पुरस्कृत गरिएको छ । प्रर्दसनीमा माउ वाख्रा र वोका सहीत आठ जना लाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ । वोका तर्फ प्रथम कृष्ण प्रसाद कडेल, दोश्रो हुनेमा शिवहरी तिवारी, तेश्रो हुनेमा दिपेन्द्र कडेल र सान्त्वना पुरस्कार राम्जी भुजेलले पाएका छन् ।
यसैगरि माउ वाख्रा तर्फ प्रथम ज्ञानेन्द्र कडेल, दोश्रा कृष्ण प्रसाद सापकोटा, तेश्रा विभेन्द्र तिमील्सेना र सान्त्वना पुरस्कार सुरेन्द्र सापकोटाले पाएका छन् । साथै पशु सिवीरमा ९० वटा कुकुर लाई रेविज भ्याँक्सीन २५० वटा वाख्रालाई पि पि आर भ्याँक्सीन र १२० भैसी को गोवर परीक्षण गरी निशुल्क औसधी उपलव्ध गराईएको छ ।
यस वडामा कृषी सेवा केन्द्र नभएकाले तत्काल सेवा केन्द्र स्थापना र्गन माग गर्दै सेवा केन्द्र स्थापना नहुदा सम्म मागका आधारमा घुम्ती कृषी सेवा र पशु स्वास्थ क्लीनिक संचालनको व्यवस्था गर्न कृषी महाशाखा प्रमुख मनहर कडरीया र पशु सेवा प्रमुख नवराज अधिकारीले संयुक्त रुपमा प्रतिवद्धता जनाए । त्यसका लागी महानगरपालीकाले आवश्यक कार्यविधी वनाउन पहल गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।