पोखरा महानगरको कृषि विकासमा नागरिक सरकारी श्रोत परिचालन रणनीति स्वरुप अभ्यासमा ल्याइएको वडास्तरीय कृषि सञ्जालहरुको पुनरगठन अभियान सूरु भएको छ । हालै वडा नौका कृषि सञ्जाल सदस्यहरुलाई वार्ड बासीको माग बमोजिम १०० थान कम्पोस्ट बिन ५० प्रतिशत लागत साझेदारीमा बितरण गरिएको छ ।
पोखरामा कृषि उत्पादक वडा र कृषि उपभोक्ता वडा गरि वडा वर्गीकरण गरिएको छ । कृषि उपभोक्ता वडाका रुपमा चिनिएका शहरी वडाका उपभोक्ताहरुलाई कौशी तरकारी र करेसावारी तरकारीका अभ्यासका लागि जैविक मलखाद बनाउनका लागि भान्छा र बगैचाका निकासबाट मल उत्पादनमा सहज बनाउन कम्पोस्ट बिन उपलब्ध गरइएको महानगर कृषि महाशाखाले जनाएको छ ।
स्रोतमै फोहर प्रशोधन गरि मल बनाइ ताजा स्वस्थ कृषि उपज उत्पादन गर्न कम्पोस्ट बिन उपयोगी हुने मानिन्छ । यसैक्रममा हराभर नगर तथा स्वस्थ वातावरण बनाउने यो अभियान मुख्य शहरी वार्डमा महानगरले कम्पोस्ट बिन निरन्तर सहयोग गर्ने प्रतिबद्धता गरेको पनि जनाइएको छ ।