आरसी टाइम्स व्युरो
पोखरा, भाद्र २६
गण्डकी प्रदेशका कृषि विकास एजेन्सीहरुले प्रादेशिक कृषि सचिव सहदेव हुमागाइलाई कार्यालयमा स्वागत गर्दै चुनौतिको पोको सुम्पीएका छन् । आज पोखरामा आयोजित एक समारोहमा प्रदेशका कृषि आयोजना, चुनौति र अन्तरसम्वन्धका रणनीतिक जुक्तिहरुका बारेमा पृष्ठपोषण पनि गरेका छन् ।
कृषि मन्त्रीकै रोहबरमा कृषि ज्ञान केन्द्र, फार्म केन्द्र र श्रोत केन्द्रका प्रमूख तथा प्रतिनिधिहरुको सहभागीतामा स्वागत र भूमिकाको परिचय गर्ने मौका पारेर प्रदेशको कृषि विकासका लागि जनशक्ति , धनशक्ति र नीतिशक्ति व्यवस्थापनमा अब्बल हैसीयत राख्न आग्रह गरेका छन् । नयाँ सचिव हुमागाइको स्वागत र बहालवाला सचिव हरिबहादुर केसीको विदाइ समारोहका अवसरमा कृषि निर्देशालय प्रमुख बासुदेब रेग्मी र कृषि मन्त्रालयका योजना महाशाखा प्रमुख गृष्म नेउपानेले छलफल पत्र प्रस्तुत गर्दै नयाँ सचिवको बहुआयामिक समन्वय र नेतृत्वको अपेक्षा राखेको तथा भोलिका दिनमा झन राम्रो गर्ने वातावरण अपेक्षा गरेको बताए ।
प्रदेशको कृषि विकासका लागि
जनशक्ति , धनशक्ति र नीतिशक्ति व्यवस्थापनमा
अब्बल हैसीयत राख्न आग्रह
अर्थ मन्त्रालयले राम्रा कामका लागि प्रस्ताव गरेका कार्यक्रमहरु हचुवाको भरमा काटेको, गतीलो कामका लागि मुख्य मन्त्रीले अडान र पहल गर्न नसकेको, करारका कर्मचारीको भरमा जिल्ला संचालनको अवस्था भैरहदा, करारका कर्मचारीले विदा लिदा कतिपय जिल्लामा कार्यालय संचालन र आधारभूत कृषि सेवा टेवा मै समस्या भैसकेको अवस्था लाई शिघ्र व्यवस्थापन गर्न र प्रदेश लोकसेवाले जनशक्ति छनौट र परिचालन गर्न नसकेको अवस्था प्रति गुनासो गर्दै प्रदेश सरकारको कृषि विकासका लागि जनशक्ति , धनशक्ति र नीतिशक्ति व्यवस्थापनमा अपेक्षित सक्रियता हुन नसकेको संकेत गर्दै प्रादेशिक कृषि सचिवले खेल्नु पर्ने भूमिका र चुनौतिका बारेमा प्रस्तोताहरुले सचेत गराए । यसैगरि सरुवा भइ जान लागेका सचिव केसीले संघीय मन्त्रालयमा रहँदा अन्तरमन्त्रालय र निकायहरुको समन्वयमा सकारात्मक सहजिकरण गरेर सघाउने अपेक्षा राखिएको पनि विदाइका अवसरमा प्रस्तोताहरुले जिकिर गरे ।
गण्डकी प्रदेश सरकारले बजेट भाषणका बेला कृषिको बजेट कटौति र सिमा निर्धाण गर्दा राम्रा कार्यक्रमकै प्रस्ताव लाई वेवास्ता गरेको , अर्थ मन्त्रालयको बजेट रबैयामा राम्रा कामका लागि प्राथामिकीकरण र संरक्षण गर्न विभागीय मन्त्री र मुख्य मन्त्रीको सकारात्मक हस्तक्षेप हुन नसकेको कारण कृषि विकासका क्षेत्रमा हुन सक्ने व्यवस्थापकिय भूमिकाहरु प्रभावित
समारोहमा सम्बोधन गर्दै कृषि मन्त्री चन्द्रबहादुर बुढाले आन्तरिक रुपमा कैयन सिमा र अप्ठेराहरु भोग्नु परेपनि अरु मन्त्रालय भन्दा कृषिमा जनशक्ति, धनशक्ति र नीतिशक्ति तुलनात्मक रुपमा राम्रो भएकोमा सन्तोष मान्नु पर्ने बताउँदै कृषिमा गतिलो तथ्यांकीय श्रोतको अभावका कारण योजना र कार्यान्वयनमा सदैव चुनौति रहेको बताए ।
विदाइ समारोहमा आफ्नो एक वर्षे कार्यकालका चर्चायोग्य कामको स्मरण गर्दै सचिव केसीले नयाँ सचिवलाई संस्थागत स्मरण गराउदै राम्रा कामहरुको सञ्चारिकरण गर्न नसकेको बताए । असल सिकाइका आयोजनाहरुको निरन्तरताका लागि नयाँ नेतृत्वको भूमिका अपेक्षित रहेको पनि उनले संकेत गरे । पदवहाली र स्वागत समारोहलाई सम्बोधन गर्दै सचिव हुमागाइले प्रादेशिक कृषि विकासकालागि सबैसँग समन्वय गर्दै सहकार्यगर्ने प्रतिवद्दता जनाए ।
गण्डकी प्रदेश सरकारले बजेट भाषणका बेला कृषिको बजेट कटौति र सिमा निर्धाण गर्दा राम्रा कार्यक्रमकै प्रस्ताव लाई वेवास्ता गरेको , अर्थ मन्त्रालयको बजेट रबैयामा राम्रा कामका लागि प्राथामिकीकरण गर्न र संरक्षण गर्न विभागीय मन्त्री र मुख्य मन्त्रीको सकारात्मक हस्तक्षेप हुन नसकेको कारण कृषि विकासका क्षेत्रमा हुन सक्ने व्यवस्थापकिय भूमिकाहरु प्रभावित हुन गएको गुनासाहरु आइरहेका छन् । यीनै गुनासाहरु प्रादेशिक सचिव र मन्त्रीहरुको स्वागत तथा विदाइका बेलामा चर्चा हुँदै आएका छन् । अरु प्रदेशको तुलनामा गण्डकी प्रदेशको कृषि मन्त्रालय अन्तरगत अनुकरणीय कामहरु भइरहेको भन्दै चर्चा गर्ने तर राम्राका लागि निरन्तरता दिन जन, धन र नीतिको व्यवस्थापनका चुनौति सम्बोधन गर्न सक्ने अब्बल हैसीयत निर्माण गर्न नेतृत्व चुकेका सबालहरु निजामति सञ्जालमा पनि अनौपचारिक समिक्षा भइरहेका छन् ।