आरसी टाइम्स व्युरो
मनाङ्ग,
प्रादेशिक कृषि विकासका लागि ११ बटै जिल्लामा सेवा टेवा प्रवाहका लागि परिचालन गरिएका कृषि पशु सेवाका जिल्ला एजेन्सीहरुले आफनो गत वर्षको क्रियाकलापको सिकाइ र चालु आर्थिक वर्षका लागि प्रस्तव गरि स्वीकृत कार्यक्रमहरुको विवरण सार्वजनिक गरेका छन् । हालै भाद्र २३का दिन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङ र कृषि ज्ञान केन्द्र मनाङले जिल्ला समन्वय समिति मनाङका प्रमुख चिनवहादुर घलेको अध्यक्षतामा चालु आर्थिक वर्ष७९/८० को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमको सार्वजनिकीकरण गरे ।
समारोहलाई प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले पनि सम्बोधन गरेका थिए । भेटेरिनरी अस्पतालको पूंजीगत बजेट १५लाख ७५ हजार र चालु तर्फ २ करोड २२ लाख ६९हजार गरि जम्मा रु २ करोड ३८ लाख ४४ हजार रहेको अस्पतालका प्रमुख पशु चिकित्सक नारायण कुसुमले सार्वजनिक गरे । तेसै गरि कृषि ज्ञान केन्द्र तर्फ पूंजीगत वजेट १ करोड १लाख ५हजार र चालु तर्फ २ करोड ६९ लाख ७५ हजार गरि ३करोड ७०लाख ८०हजार रहेको मनाङका प्रमुख वरिष्ठ कृषि प्रसार अधिकृत राजेश गुरुङले सार्वजनिक गरे ।
कार्यक्रम सार्वजनिकीकरण समारोहमा सम्बोधन गर्दै प्रजीअ रविन्द्रप्रसाद आचार्यले विगत आर्थिक वर्षमा सन्चालित अनुदान कार्यक्रम लिएकाहरुको होर्डिङ वोर्ड अनिवार्य राख्नु पर्ने, विगत वर्षमा सिफारिस भएका अनुदान ग्राहीहरुको नामावली र होर्डङ वोर्ड अनिवार्य राख्नु पर्ने सुझाव दिए ।
जिल्ला समन्वय प्रमुख चिन वहादुर घलेले जिल्लामा उत्पादित कृषिजन्य वस्तुको जिल्लामै कति उत्पादन हुन्छ सो विवरण सहित जिल्लामै खपत हुने वातावरण सिर्जनागर्नु अपरिहार्य भएको बताउदै जिल्लाका कृषि एजेन्सीहरुले कृषि उत्पादन , बजारिकरण र उपभोग सन्तुलनका बारेमा आवधिक तथ्यांक प्रणाली बसाल्नु पर्ने खाँचो औल्याए ।