रामचन्द्र बराल
सिर्दीबास, गोर्खाबाट फर्केर, ३१ असोज
गण्डकी प्रदेशको हिमाली पर्यटनमा उपल्लो गोरखाको चुमनुब्री क्षेत्र विशिष्ट पर्यापर्यटनको गन्तव्य रहदै आएको छ । यो क्षेत्रको भौगालिक विकटताका कारण सडक असुविधाले गर्दा यात्रु तथा पर्यटकहरुको उद्दाराका लागि हवाइ उद्धार कार्यको आग्रह हुने गर्दछ, जुन बाध्यात्मक अवस्था पनि हो । कोहि व्यक्तिको उद्दार गर्नु पर्यो भने स्थानीय प्रशासनिक झमेला धेरै भएकाले समयमै उद्धार कार्य गर्न जटिल भइरहेको हवाई उद्दारकर्मीहरुले जनाएका छन् । कुनैपनि व्यक्ति आपतमा परेर हवाइ उद्धारका लागि पत्राचार गर्नु पर्यो भने यो क्षेत्रमा हवाइ अनुमति पाउनका लागि गाउँ पालिकाले प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्नु पर्ने, उनको सिफारिस लिएर गृह मन्त्रालयमा पत्राचार गर्नु पर्ने , गृह मन्त्रालयको अधिकारीहरुको चित्त बुझेपछि मात्र नागरिक उड््यान हुदै हेलीकोप्टर कम्पनिले अनुमति पाउने र उद्दार उडान थाल्नु पर्ने प्रकृयालाई पालना गर्नु पर्ने बाध्यता रहेको मिङ्गमार शेर्पाले जनाएका छन् ।
यो झण्झटीलो प्रकृयाले पीडीत व्यक्तिको यथासमयमा नै उद्दार हुन नसकेका कारण मानवीय क्षेती पनि हुने गरेका छन् । जेष्ठ नागरिक तथा सुत्केरी हुन नसकेकी गर्भवतीलाई बेलैमा उद्दार गर्न नसक्दा, अनुमतिकै चक्कर पार लगाउँँदा हालै मात्रै पनि विरामी वितिसकेका घटानाहरु हुने गरेको पनि शेर्पाले जनाएका छन् ।
‘किलर माउन्टेन’ का रुपमा परिचित मनास्लु आरोहणमा आएका पर्यटकहरुको उद्दारका लागि पनि यस्तै उडान अनुमतिको प्रकृयाले गर्दा शिघ्र उद्धार हुन कठिनाइ भएको छ । बेलैमा उद्धार उडान (रेस्क्यु फ्लाइट) हुने अनुकुल वातावरणका लागि चुमनुब्री गाउँपालिकाले मन्त्री परिषदबाट निर्णय गराउन पहल गर्नु आवश्यक हुने शेर्पाको सुझाव छ ।
यहाँको भौगोलिक विकटता र मानवीय उद्धारका हिसावमा उडान अनुमतिका नीतिगत झमेलाहरु हटाउने हो भने पर्वतीय आरोहण पर्यटनमा समेत सुरक्षाको अनुभूति बढाउने र पर्यटन व्यवसायमा सन्तुष्टिको मात्रा वृद्धि गर्ने सम्भावना राख्दछ । यो नितिगत सुधारले नागरिकहरुमा शिघ्र राहतको पहुँच र सहजता बढाउन सकिने छ भने पर्वतीय पर्यटनका जोखिम न्युनिकरणमा समेत सहयोग पुग्ने छ ।