महेन्द्र जीसी/ पर्वत,
गाउँमा जिविकाका सहज जुक्तिहरुको व्यवस्थापनका लागि सम्भावना नदेखेर बसाई सराई बढदै गईरहेको बेला पर्वतका दई दाजुभाईले तरकारी खेती गरेर मनग्य आम्दानी गरीरहेका छन । क्रमश बाँझिदै गएको जग्गा भाडामा लिएर तरकारी खेती गरीरहेका छन् । उनिहरुले अहिले तरकारी खेतीका लागि लिएको जमीन विस्तार गर्दै ५० रोपनी पुर्याएका छन् ।
फलेवास नगर पालिका २ थापाथाना भेडाबारीका दुई दाजुभाईले तीन करोडको लगानीमा ५० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरीहरेका हुन । बल बहादुर थापा र होम बहादुर थापा दाजुभाईले भुमे भेडाँबारी कृषि तथा पशु फर्म दर्ता गरेर तरकारी उत्पादन गरिरहेका हुन ।
दुई वर्ष अघि सुरु गरको फर्ममा अहिले स्थानीय ६ जनाले समेत लगानी सँगै काम गरीरहेका छन् । वित्तिय लगानी प्रवाह गर्न गाउँको जग्गाले मान्यता नपाउँने र शहरी जग्गाले मात्रै मान्यता पाउने भएका कारण गाउँमा बसोवास फर्काउन पनि आँफुहरु कृषि पेशमा लागेको सञ्चालक होम बहादुर थापाले बताएका छन् ।
अहिले दैनीक ५० किलोदेखि एक कुईन्टलसम्म दैनिक तरकारी बजार पु¥याउँदै आएको कृषि फारममा १२ जनाले रोजगार समेत पाएका छन् । एक कृषि प्राविधिक समेत राखेर सञ्चालन गरिएकोे फर्ममा सिजन अनुसारका सबै तरकारी लगाईएको छ ।
तीन करोड लगानी भएको फर्ममा अहिले काउली, बन्दा, गोलभेडा ,
साग,भन्टा लगायतका तरकारी बजारका लागि तयार भएका छन । तरकारी बेचेर एक जना कृषि प्राविधिक सहित १२ जनालाई रोजगारी दिन सकेको होम बहादुर थापाले जनाए ।
पहाडी बस्ती, पाखो खेतवारीमा निजि लगानीमा गरिएकोे ठुलो तरकारी फर्म रहेको फलेवास नगर पालिकाले जनाएको छ । बासाई सराई दर बढीरहेको नगर पालिकामा यसरी युवाहरु संंगठीत भएर कृषि र्फममा लगानी गर्नु सकरात्मक भएको नगरपालिकाकी उप प्रमुख शोभा क्षेत्रीले बताईन । क्षेत्रीले गाउँ र खेती योग्य जमीनले भरिएको नगरपालिकामा यसरी युवाहरु लागीपर्दा सम्मृद्धीका सम्भावना बढने बताईन । नगरपालिकाले ठुलो क्षेत्रफलमा गरिएकोे तरकारी फारम पहिलो रहेको जनाएको छ । फारम अहिले ४ बटा व्यवस्थित प्लाष्टिक टनेल निर्माण भएका छन भने ५० रोपनी क्षेत्रफल मै थोपा सिँचाईका लागि तरकारीमा सिँचाई, मल तथा औषधि विरुवालाई दिने प्राविधि जडान गरिएकोे छ ।