आरसी टाइम्स व्युरो/पोखरा,
सहरी जिविकामा व्यवसायिक उद्यमशलिता विकास गर्न पोखरा महानगरपालिका र संयुक्तराष्ट्रसंघीय विकास कार्यक्रम(युएनडिपी)को साझेदारी असल छिमेकी सहयोग संघ (गोनेसा—नेपाल) संस्थाको व्यवस्थापनमा उक्त कार्यक्रम थालीएको जनाइएको छ । पोखरा महानगरपालिकामा रहेको व्यवसाय प्रवद्र्धन केन्द्र अन्तर्गत उद्यमशीलता व्यवसाय प्रवद्र्धन केन्द्र इबीक परियोजना सहजीकरण गर्न २४ जनालाई उक्त अनुदान प्रबाह गर्न लागिएको जनाइएको छ ।
शहरी उद्यमीहरुको उद्यमशीलता विस्तार गर्न तथा नवप्रबर्तनमुलक व्यवसाय सूरुआत गर्न उक्त अनुदान र पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ । महानगरले छानेका २४ उद्यमीहरुमा कृषिमुलक उद्यममा जोडिएका ११ वटा, हस्तकलासँग जोडिएका ५ वटा, सहरी सरसफाइ योगदान मुलक ४ वटा जडीबुटी आयुर्वेद विस्तारमा १ वटा, परम्परागत सिलाइ पेशाको १ र तारामण्डल अवलोकन तथा मेटल उद्योग सञ्चालनका लागि स्थापना गरिउका फर्महरुलाई अनुदान पुरस्कारमा छनौट गरिएको महानगरले जनाएको छ ।
इबिक परियोजना अन्तर्गत उद्यमशिलता तथा ब्यबसाय प्रबद्र्धनको लागि स्टार्ट अप तथा प्रोत्साहन सहयोग कार्यक्रमको लागि ३६ आवेदन प्राप्त भएको मध्ये मेरिटमा परेका ३० वटालाई प्रारम्भिक रुपमा छनौट गरिएको भएपनि अन्तिम अवस्थासम्म योग्यता क्रममा रहेका २४ जनालाई पुरस्कृत गरिएको महानगरले जनाएको छ । उद्यमीहरुले आफुले गरेको काम, नबिनतम सोच, उद्देश्यको साथै स्थानीय स्रोत साधनको प्रयोग,
रोजगारी सिर्जना, दिगोपना, भावी योजनाहरु बारे छोटो प्रस्तुति पनि
पेश गरेका आधारमा छनौटका लागि सहज भएको जनाइएको छ । कतिपय उद्यमीहरु व्यवसाय बिस्तार गर्ने योजनामा रहेका छन् भने कतियले नयाँ शुरूवात गर्ने अवस्थामा रहेको जनाइएको छ । गत दुई वर्षमा कोरोना कहरका कारण थलिएको ब्यबसाय उकास्नका लागि ब्यबसाय प्रबद्र्धन र बजारीकरणको लागि राज्यको सहयोग आवश्यक रहेकोले यस्ता उद्यमशील सहगोग अनुदानले सकारात्मक योगदान पुर्याउने पुरस्कृत उद्यमीहरुले बताएका छन् । पोखरा महानगरपालिकाले पहिलो चरणमा ब्यबसाय गरिरहेका २४ जना उद्यमीलाई पुरस्कार स्वरुप रु ५०,००० का दरले प्रोत्साहन गरेको जनाइएको छ ।
आगामी दिनमा उद्यमशिलता बिकास सम्बन्धि थप प्रबद्र्धनात्मक कार्यक्रम, युवा स्वरोजगार, उत्पादनमुलक तथा रोजगारी सिर्जना गर्ने क्रियाकलापमा जोड दिदै जाने सो कार्यका लागि ब्यबसाय प्रबद्र्धन सम्बन्धि कार्यबिधी २०७९ स्वीकृत भइसकेको महानगरले जनाएको छ ।