• Aarsee Times
Saturday, April 1, 2023
  • Login
आरसी टाइम्स
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

अन्नपुर्णमा अर्गानीक खाद्य मेला

आरसी टाइम्स by आरसी टाइम्स
२ फाल्गुन २०७९, मंगलवार १८:२८
in ऋषिकृषि, कृषि बजार, के भैइरहेछ, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
अन्नपुर्णमा अर्गानीक खाद्य मेला
0
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, फागुन १,
कास्कीको अन्नपुर्ण गाउँपालिकाका कृषि सहकारीहरुको सक्रियतामा प्राङ्गारिक उन्मुख खाद्य चेतना सहजीकरणका लागि खाद्यमेला र कृषि प्रदर्शनी गरेका छन् । गत शनिबार अन्नपूर्ण गाउँपालिका परिसर ढिकुर पोखरीमा भएको समारोहमा लेवाडे अर्गानकि कृषि सहकारी र फल्लापानकिो सृजनशिल कृषि सहकारीका सदस्य परिवारहरुको सक्रियतामा गरिएको कृषि प्रदर्शनी तथा खाद्य परिकार मेलामा गाउँ पालिका र चिल्ड्रेन नेपालका प्रतिनिधिहरुले पनि सम्बोधन गरे । पालिका अध्यक्ष विष्णु बहादुर केसीले गाउँको समृद्धिका लागि कृषि उद्यम नै प्राथमिकतामा रहेको र पालिकाले अर्गानिक उन्मुख कृषि उद्यमलाई सक्दो सहयोग गर्ने प्रतिवद्दता जनाए ।

कृषिका माध्यमबाट दिगो विकासका लागि महिला र सिमान्तकृत समुदायमा समृद्धिको पहल गर्ने परियोजनाको सक्रियतामा स्थानीय कृषि सहकारी संस्थाहरुको सक्रियतामा खाद्य मेला आयोजना गरेर रैथाने कृषि उपजमा खाद्य पोषण र बजार पहुँचको चेतना विस्तारका लागि सहजिकरणको पहल गरिएको चिल्ड्रेन नेपालका प्रतिनिधिहरुले जनाएका छन् । डिव डेनमार्कको सहयोगमा परियोजना सञ्चालन गर्दै आएको चिल्ड्रेन नेपालले समुदायमा लोपोन्मुख खाद्य परिकार र कृषि उपजको दिगो उपयोगका जुक्तिहरु प्रदर्शनी गरेको परियोजना सहायक दुमनाथ चापागाइले जनाएका छन् ।

विद्यालयका बालवालिकाहरुमा वाल शिक्षा र वाल अधिकारका क्षेत्रमा काम गर्दै आएको चिल्ड्रेन नेपाल नामको गैरसरकारी संस्थाले वालबालिकाहरुको स्वास्थ्यका लागि स्वस्थकर भोजनको अभियान संचालन गर्ने क्रममा अभिभावक किसानहरुलाई स्वस्थकर कृषि उत्पादनमा सहजिकरण गर्ने हेतुले कास्की र तनहुँका ग्रामीण वस्तीमा नमुना प्राङ्गारिक खेति अभियान थालनी गरेको जनाएको छ । कास्कीको अन्नपुर्ण गाउँपालिकाको फल्लापानी र लेवाडे तथा तनहुँको म्याग्दे गाउँमा अर्गानिक कृषि समूह र सहकारी मार्फत यो अभियान संचालन गरेको चिल्ड्रेन नेपालका प्रतिनिधिहरुले जनाएका छन् ।

विद्यालयको अभिलेख अनुसार बालवालिकाको खाजामा पत्रु भोजनको मात्रा बढन थालेकाले बाल स्वास्थ्यबारे चेतना जगाउन प्राङ्गारिक कृषिका माध्यमबाट बालवालिकाहरुको स्वास्थ्य र अभिभावकहरुको आर्थिक हैसीयत सुधार गर्न प्रयोगात्मक अनुसन्धानका लागि तीनवटा समुदायमा प्राङ्गारिक कृषि अभियान संचालन गरिएको चिल्ड्रेन नेपालको कृषि परियोजनामा कार्यरत कृषि प्राविधिक सरस्वती कुँवर कठायतले जनाएकी छन् ।

यसका लागि अन्नपुर्णको फल्लापानीका ६८ र लेवाडेका ४३ तथा म्याग्दे तनहुँका ६३ घरधुरीलाई समेटेर प्राङ्गारिक उन्मुख कृषि उत्पादन गरि स्वस्थकर कृषि उपजको पहुँच बढाउने, वालबालिकालाई स्वस्थकर तरकारी तथा खाद्यन्नको सहजता बढाउने र विपन्न परिवारका लागि कृषिका माध्यमबाट पारिवारिक समृद्धिमा योगदान पुयाउने ध्येय राखिएको प्राविधिक सरस्वतीले जनाएकी छन् ।

अर्गानिक खाद्य मेलाले रैथाने कृषिका विज र परिकार संरक्षणमा नागरिक चेतना बढाउन र नयाँ पुस्तामा विस्तार गर्न योगदान गरेको तथा आगामी दिनमा बनमा पाइने वैकल्पीक खाद्य वस्तुहरुको पनि परिकार संकलन र प्रशोधनका लागि प्रेरणा गरिने अन्नपूर्णका कृषि प्राविधिक मनोज कठायतले जनाएका छन् ।

Previous Post

महानगर कृषि प्रमुखलाई कृषि इलमीको खुला पत्र

Next Post

उखु पकेट क्षेत्रमा लागत खर्चमा अनुदान

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
उखु पकेट क्षेत्रमा लागत खर्चमा अनुदान

उखु पकेट क्षेत्रमा लागत खर्चमा अनुदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • Bishnu prasad kohar on कृषिमा जैविक विविधता किन आवश्यक ?
  • Shant Raj Gautam (Natural Famer) on रैथानेबालीको संरक्षणमा कृषि समाजशास्त्रको भूमिका
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In