आरसी टाइम्स व्युरो
पोखरा, मंसिर १९
आज नवौं अन्तराष्ट्रिय माटो दिवस, कृषि र माटोको सजिवता सम्बन्धमा क्रियाशील निकायहरुले माटो संरक्षण र सुरक्षित उपयोगका बारेमा चर्चा गरेका छन् । वर्षेनी माटोको स्वस्थ्य र अन्य जीव वनस्पतिको स्वास्थ्यलाई एकिकृतरुपमा विवेचना गर्ने गरि एक विश्व एक स्वास्थ्यको मान्यतामा पश्चिमा जगतले चर्चा गर्न थालेपछि माटोको सवस्थ्यसँगै जोडिएका कृषिकर्मको पनि स्वास्थ्यको चर्चा हुने गरेको छ । थाइलेण्डका नेता भूमिबोलको माटो संरक्षण अभियानलाई सम्मानगर्दै विश्व माटो वैज्ञानिक संगठनको सिफारिसमा सन २०१३मा संयुक्त राष्ट्रसंघले भूमिबोलको जन्मदिवस डिसेम्बर ५ लाई विश्व माटोदिवसका रुपमा मनाउने घोषण गरे अनुसार सन् २०१४ बाट मनाउन थालिएको हो ।
पुर्विय चिन्तन अनुसार माटाको सजीवतासँग बसुधाका तमाम कुटुम्बहरुको सम्बन्ध जोडिएको र हरेक यज्ञ कर्ममा पृथ्वी शान्ति, नव ग्रह शान्ति, जीवात्मा शान्ति,वायु शान्ति, वनस्पति शान्ति लगायतका मन्त्रको उपासना तथा होमादी गर्ने चलन छ । पूर्वीय दर्शनको यो व्रम्हाण्डीय स्वस्थताको चेतनालाई आंशिकरुपमा भएपनि विश्वव्यापी रुपमा माटोको स्वास्थ्यका बारेमा चिन्ता र समिक्षा हुदै आएको छ ।
यो वर्ष स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवातू भन्ने मूल नाराका साथ मनाउन लागिएको छ । माटोको खस्किँदो अवस्थालाई पुनः सबल, सक्षम, स्वस्थ र सुदृढ अवस्थामा ल्याई भावी पुस्तालाई स्वस्थ माटो हस्तान्तरण गर्न माटो व्यवस्थापनका चुनौतीहरुको सम्बोधन गर्न आम कृषक, समाजका सबै वर्ग, तह र तप्कालाई उत्प्रेरित र प्रोत्साहित गर्न माटो दिवश मनाउँदै आएको बताइन्छ ।
आज पोखरामा माटो तथा मल परिक्षण प्रयोगशालाले प्रभातफेरी रैली तथा अन्तरक्रिया सभा आयोजना गरेर माटो दिवस मनाउको छ । कृषि विकास निर्देशनालयको सभाकक्षमा आयोजित सभामा कृषि निर्देशक बासुदेव रेग्मी , कृषि मन्त्रालयका प्रतिनिधि बालकृष्ण अधिकारी, आइपीएम कृषक सहजकर्ता मुक्तिनाथ अधिकारी र माटो परिक्षण प्रयोगशाला प्रमुख सुनिल पाण्डे लगायतले सम्बोधन गरेका थिए ।