• Aarsee Times
Friday, May 9, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कन्दमुल सखरखन्ड खेतीका जुक्तीहरु

आरसी टाइम्स by आरसी टाइम्स
१ असार २०७९, बुधबार १३:२७
in Uncategorized
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

रामबहादुर केसी


सखरखन्ड बानस्पतिक प्रसारण गरिने बाली हो । सखरखन्ड दुई प्रकारले प्रसारण गर्न सकिन्छ, प्रथम टुसा पलाएका जरा र अर्काे छिप्पिएका लहराबाट कटिङ्ग काटेर ।


१. टुसा पलाएका जराहरूः यसलाई १० देखि १५ से.मी. गहिरो नाली खनि नालीमा लगाइन्छ ।
२. लहराबाटः छिप्पिएका लहरा कटिङ गरी तुरुन्त लगाउने वा केही दिन चिसो बालुवामा
राखी लगाउन सकिन्छ । लहरबाट कटिङ काट्दा २ देखि ३ आख्ला भएको हुनु पर्दछ । अर्थात् २० देखि २५ से.मी. लामो कटिङ्ग काट्नु पर्दछ । कटिङ्गलाई २ आख्ला ५ से.मि. पुर्ने र केही भाग देखाइ नालीमा सार्नुपर्दछ ।


वीउ दर ः २५ देखी ३० वर्गमिटर क्षेत्रफलमा उत्पादन गरिएका लहराहरूको कटिङ्गले १ रोपनीमा पु¥याउन सकिन्छ ।


जमिनको तयारी दुरी ः दुई तिन पटकराम्ररी खनजोत र पानीको निकासा मिलाउनु पर्दछ । र माटो धुलो पारी सम्याउन पर्दछ । एक हार देखि अर्को हारको दुरी ६० से.मी.र एक बोट देखि अर्को बोटको दुरी २५ देखि ३० से.मी. हुनु पर्दछ ।


लगाउने समयः मध्य पहाडमा फागुन देखि साउन र तराईमा चैत देखि भदौसम्म लगाउन सकिन्छ ।


सिंचाइ ः बर्षे बाली भएको हुनाले सिंचाइको त्यति जरुरत पर्दैन । तर पानी नजम्नको लागि निकासा राम्रो हुनु पर्दछ । असोज देखि मङ्सिरसम्म सुख्खा हुने हुनाले दुई तीन पटक सिंचाइ गरि दिएमा जरा बढ्न र मुसा लाग्न कम हुन्छ ।


गोडमेल ः जुन सुकै बालीमा पनि झारपात आउन दिनु हँुदैन । झारपात आएमा बालीलाई दिएको खाद्य तत्व सबै झारपातले लिन्छ र रोग कीराको पनि आश्रय हुने हुनाले उत्पादन घट्न जान्छ र त्यसैले गोडमेल गर्नु जरुरत पर्दछ र बिरुवा सारेको वा लगाएको ३०, ४० दिन पछि जरामा उकेरा दिनुपर्दछ । बिरुवा बढ्न र जरा बढ्नको लागि माटो खुकुलो चाहिन्छ । त्यसैले गोडमेल गर्नु जरुरी हुन्छ ।


बाली संरक्षण ः सखरखन्ड बालीमा मुसाले जरा मन पराउने हुनाले दुख दिन्छ । मुसाले माटो निकालेको देख्ना साथ त्यस्ता प्वालहरूमा सेलफस चक्की राखी प्वाल बन्द गरिदिनु पर्दछ र सरसफाइ र सिंचाइमा विशेष ध्यान प¥याउनु पर्दछ । त्यसो गरिएन भने मुसाले उत्पादनमा ठूलो नोक्सानी गरिदिन्छ ।


बाली खन्ने ः बोटका पातहरू पहेंलिए पछि १२० दिन देखि १५० दिन भित्र बजार अवस्था हेरेर बाली खन्नु पर्दछ । बाली खन्नु भन्दा पहिला हल्का सिंचाइ गरिदियो भने जरा निकाल्न वा खन्न सजिलो हुन्छ र खन्दा घाउ चोट लगाउनु हुँदैन । घाउ चोट लागेमा बजार अयोग्य हुन्छ ।


उत्पादन ः सरदर उत्पादन ५०० देखि १००० के.जी प्रति रोपनी लिन सकिन्छ ।


क्यूरिङ्ग ः सखरखन्ड खने लगत्तै त्यसमा कोरिएको वा अन्य घाउ चोटपटकमा खाटा बस्न लगाउन तथा चिनी उत्पादन गर्ने एन्जाइमहरू विकासमा बढावा दिन क्युरिङ्ग गर्नु अत्यावस्यक छ । परम्परागत रुपमा सखरखन्डलाई केही हप्तासम्म खेत वा बारीमा थुप्रो लगाएर अथवा बालुवाले छोपेर क्युरिङ्ग गरिन्छ । व्यावसायिक खेती गरिने ठाउँहरूमा सखरखन्डलाई ७५–८०% सापेक्षिक आद्रता तथा २७–३०० सेल्सियस तापक्रम भएको न्यानो तथा अँध्यारो कोठामा १०–१४ दिनसम्म राखेर क्युरिङ्ग गरिन्छ । क्युरिङ्गले जरामा लागेको चोटपटकमा खाटा बस्न दिने, भन्डारणमा कुहिने तथा चाउरिने समस्या घटाउने र स्टार्चलाई चिनीमा परिवर्तन गरेर सखरखन्डको सुवासना बढाउन मद्दत गर्दछ ।


भन्डारण ः क्युरिङ्ग गरिएपश्चात सखरखन्डलाई केही महिनासम्म भन्डारण गर्न सकिन्छ । सेतो भित्रि भाग भएको जातहरू दश महिनासम्म पनि भन्डारण गर्न सकिन्छ । भन्डारण गर्दा ७५ देखि ८० प्रतिसत सापेक्षित आद्रता तथा १३–१६० सेल्सियस तापक्रम भएको सुख्खा तथा राम्रो हावा सञ्चार भएको ठाउँमा भन्डारण गर्नुपर्दछ । न्युन तापक्रम भएको ठाउँमा धेरै दिन भन्डारण गर्दा सखरखन्डको जरामा कडा केन्द्रको विकास भइ खायन गुणस्तर खस्किने हुन्छ । त्यस्तै बढी तापक्रम हुने स्थानमा धेरै समयसम्म भन्डारण गर्दा टुसाउन सुरु गर्ने, चाउरिने र धेरै सुख्खा तथा सुस्क हुन जान्छ ।

Previous Post

शत्रु जीव व्यवस् थापनमा वनस् पतिजन्य पदार्थको  प्रयो गका तरिका

Next Post

लसुन खेति गर्ने किफायति तरिका

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post

लसुन खेति गर्ने किफायति तरिका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In