• Aarsee Times
Monday, May 12, 2025
  • Login
आरसी टाइम्स
Advertisement
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ
No Result
View All Result
आरसी टाइम्स
No Result
View All Result

कर्षणयोगी राजर्षि जनकको कृषिबाट पाठ सिकौं

आरसी टाइम्स by आरसी टाइम्स
७ कार्तिक २०७९, सोमबार २०:३१
in ऋषिकृषि, कृषि बजार, गण्डकी गौरव, फिचर, विकल्पको बाटो
0
कर्षणयोगी राजर्षि जनकको कृषिबाट पाठ सिकौं
0
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

 

कुलराज चालिसे

शास्त्रले राजा नभएको देशमा अराजकता फैलिएको हुन्छ भन्ने मान्छ  ।
शास्त्रले राजा भनेको कुनै वंशको प्रतिनिधि नभएर धर्मयुक्त शासन गर्ने सरकार प्रमुख हो  । नेपालमा पृथ्वीनारायण शाहको कार्यकाल पछि शासकहरू राजधर्मबाट च्युत भएकोले राजाको पापकर्मको भोग जनताले व्यहोर्नु परेको थियो  । दरवार हत्याकाण्ड र गणतन्त्रको प्रकरण दृष्यको नतिजा मात्र हो यस्को जग धेरै अगाडि देखि विस्तारित भएको हुनुपर्छ  । लेखक राजधर्मको पक्षपाती हो हरेक राजाको होइन  । त्यसैले यस लेखमा व्यक्त विचारलाई पूर्वराजाको पक्षमा लिन मिल्दैन ।

देशको श्रीवृद्धि वा श्रीहिन हुनुमा शासकको अहम् भूमिका हुन्छ । शासक स्वयंको आचरण चोरको जस्तो भएमा श्रीलक्ष्मीको बदला अलक्ष्मीको प्राप्ति हुन्छ । नेपाल धेरै अगाडि देखि नै त्यस्तै शासकको नेतृत्वमा चलेको छ । त्यसैको कारणले राणाशासनको उदय भएको थियो  । सात, सत्र, सत्ताइस, सडतिस, सडचालिस, सन्तावन्न, सडसठ्ठी, सतहत्तर मा भएका परिवर्तनको जरा पनि शासकवर्गले राजधर्मको पालना नगर्नु नै हो । यसलाई राजतन्त्र र गणतन्त्रमा विभक्त गरेर हेर्नु वेक्कारको तर्क हो । नतिजा सामुन्यमा हुन्छ भने अनेक तर्कको अर्थ रहदैन  । नेपालका पूर्वराजाहरूले राजधर्मको पालना नगरेकै कारणले सन्ताउन्न र त्रिसठ्ठीको परिवर्तन भएको हो  ।

शासक आँफैले पापकर्म गर्न पर्दैन । शासन व्यवस्था दुरुस्त छैन भने प्रजाहरू पापकर्ममा प्रेरित हुन्छन् र प्रजाले गरेको पापको एकचौथाई शासकले भोग्नु पर्ने शास्त्रको वचन नै छ । जुन देशमा आध्यात्मको नेतृत्व गर्ने सन्त समाज नै भगवानमा भन्दा पापकर्मबाट धन आर्जन गरेका वर्गबाट दक्षिणाको अपेक्षा गरेर आश्रम संचालन गर्ने लक्ष राख्छन भने त्याहाँका शासकहरूले धर्मको मार्गलाई उपेक्षा गर्नु स्वभाविक हो  । राजाको पालासम्म सम्बिधानमा श्री ६ बडागुरुज्यूको व्यवस्था भएपनि, राजपरीवारलाई मार्गदर्शन गर्ने क्षमता बडागुरुज्यूहरूले गर्नसक्नुभएन । दरबारको गुरु बनेर जनताको आँखामा छारो हाल्ने कामले बडागुरुज्यूको भूमिका निर्वाह हुदैनथ्यो  । तैपनि बडागुरु पदवी पाउन अनेक चाकडी गर्ने रोग फैलिएको थियो । दरबारलाई मार्ग देखाउने गुरुले नै बाटो विराएर संसारी बन्दा राज्यव्यवस्थामा अराजकताको प्रवेश हुने नै भयो  । हामी अहिलेसम्म त्यही समस्या भोगी रहेका छौ  । फरक संख्यामा मात्र छ  । पहिला एउटा राजा र एउटै गुरु हुन्थे, अहिले राजा नै धेरै छन् , राजगुरु त बग्रेल्ती छन्  ।

अन्नमा दोष भएमा प्रजापति अङ्गको वंशमा पनि वेनको विकास हुन्छ । त्यसो भन्दैमा वेनमय सस्कृतिको विजय सधै हुन्छ भन्न सकिदैन, भौमतीर्थको रक्षाको निमित्त वेनको अन्त गरेर पृथुको जन्म हुन्छ हुन्छ  । अन्नसस्कृति भत्किन जत्ति सजिलो हुन्छ, पूनस्थापन गर्न त्यत्तिनै कठिन हुन्छ  । त्यस्तो दुस्कर कार्य अकल्क राजगुरुहरूको समाजले निरन्तर र घनिभूत परामर्श गरेर गर्थे । अन्नदोष प्रभाव वंशदोषमा रूपान्तरण हुन तीनचार पुस्ताको चक्र पूर्ण हुनुपर्छ  । वंशदोषबाट वंशनाशको परिणाम निस्कन थप तीनचार पुस्ता पार गर्नु पर्छ । त्यसको निमित्त विधाताले कुनै न कुनै निमित्त तयार गर्नुपर्छ उस्ले पनि पाँचसात पुस्ता कटाउनु पर्छ । भगवानको अंश मानिएका राजाको वंशनास गर्न भगवान स्वयंले अवतार लिन पर्छ  । रावण, जरासन्ध, कंश आदि शक्तिशाली राजा थिए । तिनको वंशनाश गर्न भगवान स्वयंले अवतार लिनुभएको थियो  । नेपालको इतिहाँसमा पनि धेरै वंशहरूले राज गरे । राज्यको आकार हेरेर मात्र हुदैन ।

शास्त्रले राष्ट्रिय एकीकरण पछिको राजवंश मात्र हेर्दैन । राज्य सानो होस् वा ठूलो, शास्त्र विहित् राजधर्मको सिद्धान्त एउटै हुन्छ । राजाको अर्थ गद्दी होइन, शासनको अन्तिम अधिकारी हो । यस मानेमा हालका सरकार प्रमुखहरू पनि एक प्रकारले राजा सरह नै हुन् । उनिहरूले पालन गर्ने धर्म नै राजधर्म हो । नयाँ सम्बिधानले पालिका सरकारलाई पनि कानुन बनाउने व्यवस्था गरेको छ  । उनिहरू पनि एक प्रकारले राजा नै हुन्  । राजधर्मको इमान्दारीपूर्वक पालन गरेर प्रजाको मन जितेमा आगामी दिनमा पनि उनिहरू नै राजा हुनेहुन् । राजा भन्दैमा जन्मसिद्ध हुनुपर्छ भन्ने हुँदैन । आवधिक निर्वाचनबाट राजा चयन गर्ने प्रावधान भएको राज्यमा गोल्छेसार्की, नानीमैया, हर्क, बालेन्द्र पनि राजा बन्ने सम्भावना हुन्छ ।


शास्त्रले सकृय राजतन्त्रको कल्पना गर्छ । उनीसंग सम्बिधान बनाउने अधिकार हुन्छ  । उ सैन्यशक्तिको शिरोभागमा हुन्छ  । उ आँफैमा न्यायको पर्याय हो  । उस्को नाममा व्यक्तिगत लालपुर्जा हुँदैन  । किनभने सम्पूर्ण राज्य नै उस्को हुन्छ  । राज्य भित्र हुने सम्पूर्ण व्यापारको उ मालिक हुन्छ  । उ प्रजाले भूउपयोग गरेवापत भागदिने बलिमा निर्भर हुन्छ  । त्यसैले प्रजाले गर्ने एकचौथाई पाप राजालाई लाग्छ भनेर शास्त्रले उपदेश दिन्छन्  । त्यसैले उ शास्त्रसम्मत न्याय र दण्ड व्यवस्थामा कठोर हुन्छन्  । उस्लाई धर्माधिकारीले मात्र मार्ग निर्देशन गर्न सक्छन्  । राज्यव्यवस्थाको सम्पूर्ण अधिकार राजामा केन्द्रित हुने भएकोले राजकाजका निर्देशक सिद्धान्त कार्यान्वयन गर्न अत्यन्त सम्वेदनशील हुन्छन् । शास्त्रमा राजाले गल्ति गर्दैनन् भन्ने मान्यता राख्छ  । राजाले गल्ति गरेमा प्रजाले पनि भोग्न पर्छ । शास्त्रले आदर्श राजाको कल्पना गर्छ  । जनक त्यस्तै आदर्श राजा मध्यका थिए  । उनले राज्यको खाद्य सुरक्षा बनाई राख्न शास्त्रसम्मत कर्षणयज्ञको आयोजना पनि गर्थे  । हामीले सीतायण वहसको क्रममा यो विषयलाई चुनेका छौ  । किनभने हामी आँफैलाई शासन गर्ने राजाहरूको निर्वाचन गर्ने क्रममा छौ  । निर्वाचनमा जनक (कर्षण योगी) को गुण छान्ने कि रावण (वतासे सुन) हाम्रो हातमा छ ।

खाद्य सुरक्षाको दृष्टिमा अहिले हरेक निर्वाचन क्षेत्र असुरक्षित छ  । देशमा एक महिनालाई पुग्ने अन्न पनि भण्डारमा छैन  । आयात रोकिदा एक हप्तामै हाहाकार हुन्छ  । गुणस्तरीय अन्न उत्पादन गर्ने भूमि छ, वर्षाको वरदान पाईएको छ  । सीताआमाको वरदान छ, जनक सस्कृति छ  । तर त्यो वरदानलाई अन्नको दानामा रूपान्तरण गर्न सकेका छैनौ  । श्रम गर्ने पाखुरा छैनन् भन्ने हो भने विदेशमा समेत नेपालीले पाखुरा बजारेका छन् । तैपनि खाद्यान्नमा आत्मनिर्भर हुन सकेका छैनौ  । यस्को मूलकारण, याहाँका शासकहरूमा कर्षणयज्ञको चेष्टा नै छैन  । उनिहरूकै प्रभावमा हामीले स्वदेश भन्दा परदेशको भूमिलाई प्राथमिकता दिएका छौ र श्रम बेचेर प्राप्त धन मन्दवीष किनेर खान तल्लिन छौ । जमिन र पानी खेर जानुलाई अलक्षिन मानिन्छ । शासकको प्राथमिकतामा नपरेकोले हामीलाई त्यस्तै अलक्षिनले घेरेको छ । नेताले वतासे सुनको सपना देखाएका छन् । हामी त्यसैको पछि पछि कुदेका छौ  ।

यो रोगको फैलावट हालको नतिजा मात्र होइन । राणाकालबाट फैलिएको यो रोग अहिले आएर झाँंगीएको मात्र हो । व्यवस्था परिवर्तन वा सरकार परिवर्तनले यो समस्याको समाधान हुन सक्दैन  । यस्को निमित्त प्रजामा सीता सस्कृति र शासकमा जनक संस्कृतिको पूनस्थापन हुन आवस्यक हुन्छ । सस्कृतिको पूनस्थापन गर्न सन्त महन्त र गुरुकुलको अहम् भूमिका हुन्छ । भारतीय मैदानमा दिक्षित् सन्तले त्याहा प्राप्त शिक्षालाई स्थानीय हावापानीमा परिक्षण गरेर परिमार्जित गर्न नसक्दा त्यस्तो उद्देश्य प्राप्त हुन सक्दैन । नेपालको भूमि उर्वरक बनाउने सस्कृति अयोध्याबाट सिक्न सकिदैन । त्यसैले आसन्न निर्वाचनमा राजर्षि जनकले स्थापना गर्नुभएको मिथिलाको भूमि सुहाउदो उपयुक्त प्रविधि मात्र नभई वेदवती सस्कृतिको मर्म बुभ्mने राजाको छनोट गर्न आवस्यक छ । आसन्न निर्वाचनमा दशानन रावणको प्रभावबाट सीताआमाको भूमिलाई जोगाउन स्थानीय हावापानी चिनेको सन्त महन्त विकास गर्ने राजर्षि छनौट गर्न परेको छ ।

Previous Post

तिहारे फुल खेतिमा किसानहरु उत्साहित : बाहिरको फुल आयातमा प्रतिबन्ध लगाएपछि स्थानीयकोे बजार मुल्य उकालो

Next Post

कोदो बालीमा गवारो प्रकोप : कपनी नलाग्दा किसान चिन्तित

आरसी टाइम्स

आरसी टाइम्स

गण्डकी प्रदेशमा कृषि पत्रकारिताको पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।

Next Post
कोदो बालीमा  गवारो प्रकोप : कपनी नलाग्दा किसान चिन्तित

कोदो बालीमा गवारो प्रकोप : कपनी नलाग्दा किसान चिन्तित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter
हाम्रो बारेमा
 गण्डकी प्रदेशमा कृषि पत्रकारिताको  पहिचान बनाएको आरसी टाइम्स साप्ताहिकको डिजिटल प्रकाशनका रुपमा आरसी टाइम्स डट कम डट एनपी कृषि वीटमा पत्रकारिता गर्नमा प्रतिवद्ध छ। सनातन हिन्दु दर्शनमा यज्ञ, साधना र दिक्षाका लागि विकास भएको आरसी यन्त्रका झै केन्द्रमा ओमकार शक्ति र यसका बहुआयामिक आठ दिशामा सकारात्मक धुन संचारिकरण गर्ने धर्मलाई आत्मसात गर्दै कृषि पत्रकारिताको गौरवमय यात्रामा निरन्तर रहने छौं ।
संचालक संस्था  आरसी टाइम्स साप्ताहिक
मुख्य सञ्चालक/सम्पादकः रामचन्द्र बराल
कृषि अनुसन्धान विज्ञ:
डा. अनिल सुवेदी
कृषि वित्त विज्ञ:
 डा. कुलराज चालिसे
सूचना तथा प्रसारण बिभाग दर्ता नं: ३४५६—२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचीकरण नं.: ३४६७
कार्यालय:  पोखरा—८, नयाँबजार, कास्की, गण्डकी प्रदेश
सम्पर्क नं :  ९८४६०२७८४१
Email: arsi.times@gmail.com info@aarseetimes.com.np

ताजा प्रतिक्रिया

  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • कुलराज चालिसे on अब हाम्रो डिजिटल यात्रा
  • Pramod Parajuli on अब हाम्रो डिजिटल यात्रा
  • Nau bahadur gurung on कृषि पर्यटनको उर्वर भुमी घाम्राङ सेरोफेरो
  • Jhalak on गण्डकी प्रदेश सभालाई नीतिगत सबाल

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

No Result
View All Result
  • गृहपृष्‍ठ
  • विचार
  • कृषि बजार
  • गण्डकी गौरव
  • विकल्पको बाटो
  • पर्यटन
  • ऋषिकृषि
  • भिडियो
  • फोटो
  • के भैइरहेछ
  • के हुँदैछ

© 2022 AarseeTimes ll Website Crafted By ITSATHI Hosted at ResellerYet.Com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In